पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा कुर्रम जिल्लामा बिहीबारदेखि जारी हिंसामा मृत्यु ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । अन्य १५६ जना घाइते भएका छन् । मारिनेमा १६ सुन्नी र ६६ शिया समुदायका छन् । आक्रमणकारीले महिला र बालबालिकासहित धेरैलाई बन्धक बनाएका छन् भने शव हस्तान्तरण गर्न अस्वीकार गरिरहेका छन् । खैबर पख्तुनख्वाका मन्त्री अफताब आलमले युद्धविरामको प्रयास गरिरहे पनि सफल हुन नसकेको बताएका छन् । गत बिहीबार कुर्रम जिल्लाको मन्डुरी र ओछाटमा ५० भन्दा बढी यात्रुवाहक भ्यानमा गोली प्रहार हुँदा ६ वटा भ्यानमा ठूलो क्षति पुगेको थियो । यी सबै गाडीहरू पर्चिनारबाट खैबर पख्तुनख्वाको राजधानी पेशावरतर्फ गइरहेका थिए ।
अफगानिस्तानसँग सीमा जोडिएको सिया बहुल कुर्रम जिल्लामा अलिजाई (सिया) र बागान (सुन्नी) जनजातिहरूबीच दशकौँदेखि द्वन्द्व चलिरहेको छ । सीमा विवादका कारण आतंकवादीको आश्रयस्थल बनेको खैबर पख्तुनख्वालाई लिएर पाकिस्तान र अफगानिस्तानबीच सधैँ तनाव रहँदै आएको छ । जसका कारण धेरै आतंककारी समूहले यसलाई आश्रयस्थलको रूपमा प्रयोग गर्छन् । यसबाहेक यहाँ बसोबास गर्ने जनजातिबीच लामो समयदेखि जग्गा विवाद छ । सीमा क्षेत्रका सम्बन्धमा दुई देशबीच आपसी सहमति नहुँदा आतंकवादी घटना घटिरहेको बताइन्छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक