सहकारी ठगी सम्बन्धमा मुद्दा चल्दै गर्ला तर बिरामी भएर औषधी समेत खान नपाएर मरेका सहकारी ठगी पीडितका विषयमा समाधान के निकाल्ने ? यस बारेमा बचत गर्नेको औषधोपचार नपाई मर्ने अवस्थामा परेका व्यक्ति र बृद्धबृद्धालाई तत्कालै राहत रकम १० लाखसम्म तर बचत नै कम गरेको छ भने सो बचत रकममा नबढाई राहत दिने विश्वका अभ्यासहरूजस्तै नेपालमा पनि गरियोस्, सम्पत्ति रोक्का गरेर पछि त्यसबाट कोषमा असुल उपर गरियोस्, मानवीय हिसाबले राज्यले त्यति काम तीव्र रूपमा गरोस् भन्ने लगायतका माग सहित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ता अमृत खरेल, स्वागत नेपाल र नेपाली सेनाका पूर्व रथी भरत रायमाझी समेतले दायर गरेको रिट निवेदनलाई हेर्दाहेर्दैमा राखेर पनि केही महत्त्वपूर्ण आदेश भएको अधिवक्ता एवम् अभियन्ता स्वागत नेपालले बताएका छन् ।
आदेशमा प्रधानमन्त्री कार्यालयका सहकारी हेर्ने सचिव अर्थ मन्त्रालयका सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, सहकारी विभागका रजिस्ट्रार र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य-सचिव समेतलाई पेसीका दिन छलफलका लागि स्वयम उपस्थित हुन आदेश दिइएको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक