20241224

अव राजनीतिक दलहरूले भ्रष्ट वा अपराधी जो सुकैसँग पनि अर्बौं खर्बौं पर्ने जग्गा जमिनको लेनदेन गर्न सक्ने बाटो खुलाउनु भएछ सर्बोच्चका एक श्रीमानले !

 वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ लेख्नुहुन्छ : "विशेष अदालतबाट ललिता निवास जग्गा अपचलनमा भ्रष्टाचारी ठहर भएका मीन बहादुर गुरुङ र एमाले नेता प्रधानमन्त्री खड्ग प्रसाद ओली बिच भएको जग्गा दान दिने र लिने भनिएको कार्य विरुद्ध दायर भएको रिट निवेदनमा एकल इजलासबाट अल्पकालीन आदेश समेत जारी भइरहेकोमा शुक्रवार बहस सुरु भएको थियो र समय हुँदै नभ्याउने भनेर सोमवारको लागि हेर्दा हेर्दैमा राखिएको थियो ।आज भएको अन्तिम सुनुवाइमा रिट निवेदन खारेज भएको छ।

रिट खारेज भए सँगै अव राजनीतिक दलहरूले भ्रष्ट वा अपराधी जो सुकैसँग पनि अरबौँ खरबौँ पर्ने जग्गा जमिनको लेनदेन गर्न सक्ने बाटो खुलेको छ। कानुन अनुसार राजनीतिक दलले २५००० भन्दा बढी आर्थिक सहयोग वैंकिंग चेक वा वैंकिंग ट्रान्सफर मार्फत मात्र गर्न सकिने व्यवस्था छ।

राजनीतिक दलका नेताहरूलाई यस्तो आर्थिक कारोबारको स्वतन्त्रता दिने आदेश मा. न्या. अब्दुल अजिज मुसलमान र मा. न्या. वाल कृष्ण ढकालको संयुक्त इजलासबाट भएको हो ।

हामी कहां छौँ, यहाँ के भइरहेको छ भन्ने कुराको थप जानकारी आम नेपालीहरूलाई आदेशको पूर्ण पाठ प्राप्त भएसँगै संलग्न वकिलहरूको नामावली सहित गराउने छौँ । -सत्य र न्यायको खोजी अभियान" 

December 16, 2024



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक