20241225

सरस्वती क्याम्पस ६६ वर्षमा प्रवेश : ज्ञान प्राप्तिका लागि विश्वविद्यालय जानुपर्ने


काठमाडौं । त्रिभुवन विश्वविद्यालय -त्रिवि_ को संस्थापक आङ्गिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसको ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । पानसमा बत्ती बाली शुरु भएको कार्यक्रममा प्रमुख अतिथि त्रिवि शिक्षाध्यक्ष प्राडा खड्ग केसीले “ज्ञान प्राप्तिका लागि विश्वविद्यालयको कक्षाकोठामा नै जानुपर्ने, तर सीप डिग्री प्राप्त गरेपछि पनि सिक्न सकिने” कुरामा जोड दिनुभयो । सीप सिकाईका लागि राज्यको भूमिका महत्वपूर्ण रहने शिक्षाध्यक्षको भनाई थियो । नैतिक शिक्षामा प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले राजनीतिले गर्दा प्रणालीहरु बिग्रिएको बताउनुभयो । क्याम्पस प्रमुख डा. गोलमान गुरुङको सभापतित्वमा भएको कार्यक्रममा पूर्व क्याम्पस प्रमुख प्राडा हेमराज सुवेदीले त्रिविलाई प्रविधिमूलक शैक्षिक प्रणालीमा लैजानुपर्छ भन्नुभयो । प्राध्यापक संघ इकाई अध्यक्ष डा. कल्पना लुँइटेल, प्राडा राजेन्द्र चापागाई, एकीकृत प्रगतिशील प्राध्यापक संगठन इकाई अध्यक्ष चन्द्रबहादुर केसी, प्रजातन्त्रवादी प्राध्यापक संघ इकाई सभापति नरेन्द्रराज सुवेदी तथा स्ववियु सभापति मुस्कानराज गौतमले शुभकामना मन्तव्य दिनुहुँदै सरस्वती बहुमुखी क्याम्पस देशकै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा रहेको बताउनुभयो । त्यसैगरी नेविसंघका मनिषराज बस्नेत, अनेरास्ववियू -समाजवादी_ का आरबी मल्ल, अनेरास्ववियूका केशव सापकोटा, अनेरास्ववियू -क्रान्तिकारी_ का राजेशबाबु बगाले, अनेरास्ववियू -छैठौं_ का मदन भुषालले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख जमुना श्रेष्ठले स्वागत मन्तव्य तथा विद्यार्थी कल्याण प्रमुख बाबुराम चापागाईले धन्यवाद ज्ञापन गर्नुभएको थियो । विभिन्न शैक्षिक कार्यक्रमहरुमा सर्वोत्कृष्ट नजिता प्राप्त गर्ने छात्रछात्राहरुलाई नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको समारोहमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै इस्कोन समूहले समेत आफ्नो झाँकी प्रस्तुत गरेको थियो । यसैगरी विभिन्न १० विधामा सञ्चालित खेलकुद प्रतियोगिताका विजयी छात्रछात्राहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । करिब आठ हजार विद्यार्थी अध्ययनरत सरस्वती बहुमुखी क्याम्पसमा व्यवस्थापन र मानविकीतर्फ विभिन्न १४ वटा शैक्षिक कार्यक्रमहरु रहेको क्याम्पस प्रमुख डा. गोलमान गुरुङले बताउनुभयो । विसं. २०१६ पुष १० गते स्थापित क्याम्पसमा हाल व्यवस्थापनतर्फ स्नातकोत्तर तहमा एम्बीएम् र एम्बीएस्, स्नातक तहमा बीबीए, बीबीएम्, बीबीएस् र बीएच्एम् तथा मानविकीतर्फ स्नातकोत्तर तहमा अङ्ग्रेजी, नेपाली, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्र, स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, गणित, इतिहास, ग्रामीण विकास, नेपाली, राजनीतिशास्त्र, समाजशास्त्र, आमसञ्चार, मनोविज्ञान, संस्कृति, बीसीए, बीएस्डब्लू समेतका विषयहरुमा अध्ययन–अध्यापन हुने गरेको छ । - डा. अश्वस्थामा भक्त खरेल 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक