20250109

अमेरिकाको भर्जिनियामा फेरी दुई जना नेपालीको ज्यान गयो


अमेरिकाको भर्जिनियामा फेरी दुई जना नेपालीको ज्यान गएको छ । कार चलाऊने क्रममा दुई नेपाली हिउँमा लर्किँदा उनीहरु सवार कार स्यान्टिली को एउटा विनगेट वैन्धाम होटल नजिकै पार्किङ लटबाट पोखरीमा डुब्न पुगेको थियो । मृत्‍यु हुनेमा ५० बर्षका कर्ण खड्का र २० बर्षका निश्चल भट्ट रहेको समाजसेवी युवा तथा NRNA भर्जिनिया च्याप्टरका अध्यक्ष बिशाल कार्कीले नेपाल मदरलाई बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । नेपाल हुने आफन्तजनहरुलाई खबर भैसकेको छ भने क्यानाडामा रहेका खड्काका आफन्तजन आउने क्रममा छन । पार्किङ् लटमा ब्रेक लगाउन खोज्दा एक्सिलेटर दबेर यस्तो दुर्घटना भयो कि भन्ने अनुमान गरिएको छ तर पुस्टि भएको छैन । अमेरिकामा नेपालीहरुको सँख्या बढे सङसंगै बिभिन्न घटनाहरु पनि बढेका छन र यो घटनाले नेपाली समुदायलाई आज फेरी एक पटक स्तब्ध बनाएको छ । स्मरन रहोस केही समय अगाडि यसै ठाउँँमा भएको अर्को कार दुर्घटनामा दुई नेपालीको ज्यान गएको थियो ।  
Dear Community Members,
It's time for us to join together to support the families in this difficult time. May the Departed Soul Rest in Peace! 
Support Nishchal and Karna's Farewell organized by NRNA VA

https://www.gofundme.com/f/support-nishchal-and-karnas-final-farewell?attribution_id=sl:3d677496-a9cc-4521-9628-61b4441fcbdd&utm_campaign=pd_ss_icons&utm_medium=customer&utm_source=copy_link    

त्यो यही कार हो जुन पोखरीमा डुब्दा आज २ जनाको ज्यान गएको थियो, निकाल्ने क्रममा लिएको तस्विर ।  

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक