20220526

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सर्वोच्च अदालतले रोके पछि एमालेमा रुवाबासी, किन आयो यस्तो फैसला ?


  सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिए पछि अहिले यसका पक्ष बिपक्षमा बहस शुरु भएको छ । यसलाई राजनीतिकरण गर्न एमाले बढी अग्रसर देखिएको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण

आफ्नै गलत भनी आलोचित फैसला उल्टायो सर्बोच्च अदालतले

सशस्त्र प्रहरी बलका तत्काली नायव महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले उल्टाउने फैसला गरेको हो ।महाअभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले जन्मकैदको सजायमा छुट दिन फैसला गरेको थियो ।

20220525

स्थानीय निर्वाचनका एकजना वास्तविक हिरो हर्क साम्पाङ राइसँगको यो अन्तर्वार्ता हेर्न लायक छ है !

- अन्तर्वार्ताकार टिकाराम यात्री / AP1 HD TV 

बालेन्द्र साहले बिजयी हुँदै गर्दा यसो भने आज

 स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई
धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।

रवीन्द्र मिश्र, अनैतिक भिड र वास्तविकता : विवेकशील साझा पार्टी भित्र विवेक भएका यदि कोही हुनुहुन्छ भने... !


 - रामप्रसाद खनाल 

रवीन्द्र मिश्रले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै पार्टी अध्यक्षबाट राजीनामा दिए । अनैतिकहरूको भिडमा उनको नैतिकताको मूल्य कसैले बुझ्लान् नबुझ्लान् तर म भने एउटा स्वतन्त्र र सचेत नागरिकका हैसियतले उनको नैतिक आचरण र उनले राम्रो गर्न जुन प्रयास गरे त्यसको खुलेर प्रशंसा र सम्मान गर्दछु ।

 उनको पार्टी भित्रैबाट केही छेस्के प्रवृत्तिले उनलाई सुरु देखी नै असहयोग गर्दै आए तर उनको भिजन र देशमा उनले गर्न खोजेको राजनीति प्रति मैले खोट लगाउनै पर्ने ठाउँ देखेको छैन भलै उनमा पनि मान्छे चिन्न नसक्नु, बहकिनु, अलिकति राजनीतिको जरो सम्म पुगेर राजनीतिक संस्कारलाई बुझ्न नसक्नु जस्ता केही कमजोरी अवश्य देखिए ।

 रवीन्द्र मिश्रले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने अवस्था आउनु नै देशको लागि एउटा ठुलो दुर्भाग्य हो । देशको लागि केही गर्छु भनेर आफ्नो आकर्षक जीवनशैली बाट अलग भएर रवीन्द्रले जे जति गर्ने प्रयास गरे, अपराधी र राक्षसी राजमा त्यसको कुनै मूल्य नहोला तर बुझ्नेहरूको देशमा भएको भए उनको उच्च मूल्याङ्कन हुने थियो ।

20220524

Breaking News : अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले प्राथमिक विद्यालयमा मंगलबार गोली हानेर कम्तिमा १८ बालबालिका र एक शिक्षकको हत्या गरे, मृत्‍यु हुनेको सँख्या बढ्दै !

  अमेरिका / टेक्सास - अमेरिकामा आज फेरी अर्को गोलीकाण्ड भएको छ । एक पछि अर्को गर्दै यसरी गोली काण्ड हुनुमा १८ बर्ष माथिका अमेरिकन जसले पनि बन्दुक, पेस्तोल किन्न र राख्न पाउने कानुनी ब्यबस्था भएकाले यहाँ गोली काण्ड बढिरहेको भन्दै चिन्ता गरिंदै आएको छ । यसै बिच आज एक बन्दुकधारीले टेक्सासको एक ग्रामीण प्राथमिक विद्यालयमा मंगलबार कम्तिमा १८ बालबालिका र एक शिक्षकको हत्या गरेको अधिकारीहरूले जनाएका छन्, एक दशकअघि स्यान्डी हुक इलिमेन्टरीमा भएको नरसंहारपछिको सबैभन्दा घातक अमेरिकी विद्यालयमा गोली हानाहान भएको छ। हत्याहरू रोब इलिमेन्टरी स्कूलमा दिउँसो भन्दा ठीक अघि भएको थियो, जहाँ सान एन्टोनियोको पश्चिममा रहेको सानो शहर उभाल्डेमा दोस्रोदेखि चौथो कक्षाका विद्यार्थीहरू यस हप्ता गर्मीको विश्राम सुरु गर्ने तयारी गरिरहेका थिए। बन्दुकधारी, जसलाई अधिकारीहरूले एक १८ वर्षीय व्यक्तिको रूपमा पहिचान गरे जसले नजिकैको हाई स्कूलमा पढेका थिए, धेरै हतियारहरूले सशस्त्र थिए, अधिकारीहरूले भने। उनको घटनास्थलमै मृत्यु भएको उनीहरुले बताए । गभर्नर ग्रेग एबोटले एक पत्रकार सम्मेलनमा भने, "उनले भयानक रूपमा गोली हानेर हत्या गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम यस्तो छ ! हेर्नुस् जस्ताको त्यस्तै


वरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपाने भन्छन - यो पैसा, रक्सी, मासु र गुण्डाको चुनाव हो, हेर्दै जानुस अब के के हुन्छ !

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

जगन्नाथ पौडेल प्राबिधिक रुपमा चुनाव हारे तर नेपाली जनताको नजरमा उनले भरतपुर मात्र होइन नेपालभर नैतिक रुपमा बिजय हासिल गरे

चुनाव अचम्मको हुन्छ । कोही भोट बढी ल्याएर जितेर पनि हार्छन भने कोही भोट कम ल्याएर प्राबिधिक रुपमा हारे पनि नैतिकरुपमा जित्दा रहेछन । यस पटक भरतपुरमा यस्तै भयो । जगन्नाथ पौडेल प्राबिधिक रुपमा चुनाव हारे तर नेपाली जनताको नजरमा उनले भरतपुर मात्र होइन नेपालभर नैतिक रुपमा बिजय हासिल गरे । उनलाई देउबा स्वयमले मन्त्री अफर गरे, उनले जबाफ फर्काए - मन्त्री त के तपाईं प्रधानमन्त्रीका   हैसियतले तपाईंले मलाई ६ महिना सम्म उप प्रधानमन्त्री पनि बनाउन सक्नुहुन्छ तर म बिक्ने वाला छैन । जनतालाई धोका दिने वाला छैन । नभन्दै उनले नैतिक अडान कायम राखे । सम्मानजनक भोट पनि पाए ।  भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय २८ मत ल्याएका छन् । गठबन्धनका सामु नेकपा एमाले दोस्रो शक्तिका रुपमा देखियो । एमाले मेयरमा पराजित हुनुमा मौन अवधिमा सत्ता र शक्तिको दुरुपयोग हुनु, तालमेल गरिएको दल राप्रपाले सहयोग नगर्नु र असन्तुष्ट

नेपालको सिन्धुली जिल्लाका डोरबहादुर खपाङ्गी विश्वका सबै भन्दा होचा टिनएजर, उनको उचाई २ फिट ४.९ इन्च

नेपालको सिन्धुली जिल्लाका डोरबहादुर विश्वका सबै भन्दा होचा टिनएजरका रुपमा दर्ता भएका छन् । गिनिज व्लर्ड रेर्कडसमा उनले विश्वको सबैभन्दा होचो टिनेजरमा आफ्नो नाम लेखाएका हुन् । सिन्धुली तिनकन्याका डोर बहादुर खपाङ्गी हाल १८ वर्षका भए । उनको उचाई २ फिट ४.९ इन्च रहेको छ ।

20220523

कति सरल जीवन शैली, तिमीबाट हामीले सिक्नु पर्ने धेरै कुरा रहेछन साम्पाङ राई, दुनियाँले तिमीबाट पाठ सिकोस्


नढाँटी भन्नु पर्छ - म परदेशमा भएकोले हो या के हो, मैले यो निर्वाचन भन्दा अघि धरानका हर्क साम्पाङ राईको न नाम सुनेको थिएँ न चिनेको । निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जालबाट चिनेँ । हर्क साम्पाङ राईको जति वटा क्लिप हेर्छु, जति वटा भाषण सुन्छु, फोटोहरू र वास्तविक जीवन शैली देख्छु उनी मेरो मुटु भित्र पस्दै गए, बास

20220522

कविता : आगो सल्किसकेको छ !

लुटको लङ्कामा 
अपराध र अनैतिकताको लङ्कामा 
आगो सल्किसकेको छ 
डढेलो सुरु भैसकेको छ 
नहोस् पनि कसरी ?
वैशाख जेठको धूपमा ! 
पूर्वको धरानबाट 
पश्चिमको धनगढीबाट
देशकै मुटु काठमाडौँबाट 
यसै गरी ठाउँ ठाउँ 
र, गाउँ गाउँबाट  
देखिइसकेको छ आगोको झिल्का
सल्किँदै छन् लुटेर बनाइएका,
परालका टौवाहरू
मकैका सुलीहरू
धन र धानका धनसारहरू 
सुन र चाँदीका बन्द बाकसहरू 
आगो पहिलै लागिसक्नु पर्ने थियो 
ढिलो भएकै हो शङ्कै छैन  
मौसम त्यति अनुकूल नभएर होला 
वा, 
सलाई कोर्नेहरूको ढङ्ग नपुगेर होला 

20220521

चट्याङ मास्टर भन्छन्:कोही उठ्न नसक्ने र्‍याल छोड्ने, कोही किड्नीको माला लाउने, देशले बालेन किन नखोज्ने ?

वरिष्ठ कलाकार सन्तोष पन्त यसो भन्नुहुन्छ !

प्रतिगामी केटो ! - रामप्रसाद खनाल

हो त्यो प्रतिगामी नै हुनु पर्छ
राजाकै मान्छे हुनु पर्छ
नभए शाह थर किन भयो उसको ?
कालो चस्मा लगाउँछ किन त्यसले ?
काठमाडौँ बनाउँछु भन्छ किन त्यसले ?
नेपालको झन्डा किन बोक्छ त्यसले ?
लौरो उठाउँछ र सेक्छ हरेक वडाहरूमा,
रैथाने भाउजू र दाइलाई लखेट्छ किन त्यसले ?
मलाई पनि शङ्का लागेको छ उ माथि
खान्न भन्छ, खान दिन्न भन्छ
यस्ताको पनि कहीँ भर गर्न हुन्छ ?
सेटिङमा चल्ने राजमा,
यो बबुराको कुरा कसले सुन्छ ?
मिटिङहरू पनि कहीँ लाइभ गर्न हुन्छ ?
खुबै जान्ने भएको दारी केटो !
न त कुनै मुद्दा लागेको छ
न त जेल बसेको छ
न त रेणुका बाउ छोरीहरू जस्तै,
कहिले यता, कहिले उता पसेको छ !
न त नातावाद र कृपावादमा विश्वास गर्छ
यस्तो बकम्फुसे पनि कहीँ मेयर हुन्छ ??
हो त्यो प्रतिगामी नै हुनु पर्छ
राजाकै मान्छे हुनु पर्छ
नत्र कालो चस्मा किन लाउनु पर्छ ?
मलाई पनि शङ्का जागेको छ
काङ्ग्रेस एमाले माओवादी वा कुनै दलबाट,
विश्वास लाग्थ्यो उठेको भए
तर उ स्वतन्त्र किन उठ्यो ?
लौरो लिएर किन उठ्यो ?
मलाई पुरै शङ्का लागेको छ
प्रतिगामी नै हो भन्ने शङ्का जागेको छ !

मारिऊपोलमा युक्रेनी सेनाले आत्मसमर्पण गरेसँगै पूर्ण जित हात पारेको रुसी दाबी, नेटोको पूर्ण साथ हुँदापनि रुसले युक्रेन खन्डहर बनाइ छाड्यो !

 अरु देशको बुइ चढेर राष्ट्र, राष्ट्रियता नबच्ने रहेछ, युक्रेन नजिर बन्यो, नेटोको पूर्णसाथ हुँदापनि रुसले युक्रेन खन्डहर बनाइछाड्यो । अमेरिका, बेलायत लगायतका महाशक्ति राष्ट्रले पनि युक्रेन प्रकरणबाट शिक्षा लिनु पर्ने देखियो । अनावश्यक हस्तक्षेप, डलरको खोलोले मात्र रोक्न सकिने रहेनछ देखियो । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको प्रशासनको अफगानिस्तान पछिको अर्को ठुलो हार हो यो भन्दै छन् अहिले अमेरिकीहरू स्वयम । तर यसको अर्थ रुसले जित्यो भन्ने होइन है । पुटिन कुनै पनि बेला कठघरामा उभिनु पर्ने छ । जीत त विनाशको भएको छ र हार मानवताको । साठी लाख भन्दा बढी युक्रेनका जनता युद्ध ले गर्दा देश छोडेर भागे, अर्काको देशमा शरण लिइरहेका छन् । कति मरे, कति घाइते भए, धन सम्पत्ति खरानी भयो । बस्तीहरू खण्डहरमा परिणत भए । देश ५० वर्ष पछाडि धकेलियो विनाशले । कोरा राष्ट्रवाद होइन कूटनीतिक क्षमताको खाँचो थियो यहाँ पनि ।

आत्मसमर्पण गरेका युक्रेनी फौज बोकेको बस

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,

आत्मसमर्पण गरेका युक्रेनी फौज बोकेको बस

रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ। उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा

कम्तीमा १२ वटा देशमा ८० जनाभन्दा बढीमा मङ्कीपक्स सरेको पुष्टि, के भन्छन् नेपाली अधिकारी ?

मङ्कीपक्स भएको बालक

 कम्तीमा १२ वटा देशमा ८० जनाभन्दा बढीमा मङ्कीपक्स सरेको पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ )ले थप ५० जनालाई बिफरजस्तो उक्त भाइरल सङ्क्रमण सरेको आशङ्कामा अनुसन्धान भइररहेको जनाको छ। तर उसले कुनै देशको पनि नाम उल्लेख गरेको छैन। ब्ल्यूएचओले अझ बढी मानिसमा मङ्कीपक्स सर्न सक्ने भन्दै चेतावनी दिएको छ। मङ्कीपक्स युरोपका नौ देश, संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियामा पनि पुष्टि भइसकेको छ। मङ्कीपक्स मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम भेगहरूमा सामान्य मानिन्छ।


20220520

हावाहुरीका कारण चितवनमा शुक्रबार साँझ तीन जनाको मृत्यु, क्षतिको पूर्ण विवरण आउन अझै बाँकी


 चितवनमा शुक्रबार साँझपख निकै दु:खद घटना भएको छ । यहाँ आएको हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । फरकफरक ठाउँमा भएको घटनामा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका