Washington DC, US : October 15, 2026, Thursday 01:42 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|दिल्लीमा बिमस्टेक गृहमन्त्रीहरूको ऐतिहासिक बैठक, ‘दिल्ली घोषणापत्र’ पारित, क्षेत्रीय सुरक्षामा साझा प्रतिबद्धता|अमेरिकामा महँगी फेरि उकालो, मुद्रास्फीति ३.७ प्रतिशत पुग्यो|अमेरिकाको सिक्स फ्ल्याग्समा भयानक दुर्घटना|सातै प्रदेशका मुख्यमन्त्रीको साझा घोषणा|घिनलाग्दो अडियो काण्ड|साउदी अरबमा हुथी विद्रोहीको व्यापक मिसाइल आक्रमण|एकै छिनमा मान्छे भगवान र एकै छिनमा राक्षस बनाउने प्रबृत्ति !|राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नेतृत्वमा पशुपति शर्मा, बधाई सबै निर्वाचितहरुलाई|साउदी अरबका विमानस्थल प्रयोग नगर्न हुथी विद्रोहीको चेतावनी|बूढीगण्डकीमा विनाशकारी बाढीको पछिल्लो अपडेट : पाँच जना बेपत्ता, ४९ जनाको उद्धार, घरबस्ती र पुलहरू बगे, जलविद्युत् आयोजनामा ठूलो क्षति

दिल्लीमा बिमस्टेक गृहमन्त्रीहरूको ऐतिहासिक बैठक, ‘दिल्ली घोषणापत्र’ पारित, क्षेत्रीय सुरक्षामा साझा प्रतिबद्धता

आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी र साइबर अपराधविरुद्ध सात राष्ट्र एकजुट, नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच पनि महत्त्वपूर्ण भेटवार्ता

नयाँदिल्ली, १४ अक्टोबर २०२६। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरूको पहिलो गृहमन्त्रीस्तरीय बैठक भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न भएको छ। भारतीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा मंगलबार, १३ अक्टोबरमा आयोजित बैठकले क्षेत्रीय शान्ति, सुरक्षा, स्थायित्व र समृद्धिका..

अमेरिकामा महँगी फेरि उकालो, मुद्रास्फीति ३.७ प्रतिशत पुग्यो

वासिङ्टन डीसी, अक्टोबर १४। अमेरिकामा महँगी पुनः बढेको छ। अमेरिकी श्रम मन्त्रालयअन्तर्गतको ब्युरो अफ लेबर स्टाटिस्टिक्सले सार्वजनिक गरेको भनिएको सेप्टेम्बर महिनाको विवरणअनुसार वार्षिक मुद्रास्फीति दर अगस्टको ३.४ प्रतिशतबाट बढेर ३.७ प्रतिशत पुगेको छ। विवरणअनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य सूचकांक मासिक रूपमा ०.६ प्रतिशतले वृद्धि..

अमेरिकाको सिक्स फ्ल्याग्समा भयानक दुर्घटना

रोलर कोस्टरबाट खसेर शिक्षकको मृत्यु, अन्य चार घाइते, अमेरिका र क्यानडाका विभिन्न पार्कमा खेल बन्द

जर्जिया, अमेरिका, अक्टोबर १४। अमेरिकाको जर्जिया राज्यस्थित प्रसिद्ध मनोरञ्जन पार्क ‘सिक्स फ्ल्याग्स ओभर जर्जिया’मा तीव्र गतिमा गुडिरहेको रोलर कोस्टरबाट खसेर एक शिक्षकको मृत्यु भएको छ। सोमबार दिउँसो भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घटनापछि अमेरिका र क्यानडाका विभिन्न मनोरञ्जन पार्कमा समान प्रकृतिका रोलर कोस्टरहरू..

सातै प्रदेशका मुख्यमन्त्रीको साझा घोषणा

अधिकार, बजेट र प्रहरी प्रशासन प्रदेशलाई हस्तान्तरण गर्न संघीय सरकारसँग माग

विराटनगर। नेपालको संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउने, प्रदेशका संवैधानिक अधिकार सुनिश्चित गर्ने र आर्थिक तथा प्रशासनिक स्वायत्तता सुदृढ गर्ने साझा प्रतिबद्धतासहित विराटनगरमा आयोजित दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले नौबुँदे साझा प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरेको छ। कोशी प्रदेश..

साउदी अरबमा हुथी विद्रोहीको व्यापक मिसाइल आक्रमण

यमनका तेल भण्डारण केन्द्रमा साउदी नेतृत्वको गठबन्धनद्वारा हवाई हमला, मध्यपूर्वमा युद्ध थप चर्कियो, विमानस्थलहरूमा उच्च सुरक्षा सतर्कता

रियाद, साउदी अरब, अक्टोबर १३। मध्यपूर्वमा जारी सैन्य तनाव थप चर्किँदै जाँदा यमनका इरान समर्थित हुथी विद्रोहीले मंगलबार साउदी अरबका विभिन्न सहरलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण गरेका छन्। साउदी सुरक्षा निकायले धेरै मिसाइल आकाशमै नष्ट गरेको जनाए पनि तिनका भग्नावशेष विभिन्न स्थानमा खसेका छन्। राजधानी रियादमा कम्तीमा चार जना घाइते..

एकै छिनमा मान्छे भगवान र एकै छिनमा राक्षस बनाउने प्रबृत्ति !

पत्रकार पत्रकार नै बन्नुपर्छ। पत्रकार आफै प्रहरी, आफै अनुसन्धानकर्ता, आफै अभियोजनकर्ता, आफै वकिल र आफै न्यायाधीश बन्न हुँदैन।

- रामप्रसाद खनाल करिब चार दशकको पत्रकारिता यात्रामा मैले अनेकौँ आरोह, अवरोह, परिवर्तन, चुनौती र अनुभवहरू सँगालेको छु। यो लामो यात्राले मलाई सिकाएको सबैभन्दा महत्त्वपूर्ण पाठ के हो भने पत्रकारिता हतारमा गरिने काम होइन। अनुमानका भरमा, एकतर्फी कुरा सुनेर, कसैको आरोपलाई नै अन्तिम सत्य मानेर वा भावनामा बगेर समाचार लेख्नु हुँदैन। त्यस्तै,..

साउदी अरबका विमानस्थल प्रयोग नगर्न हुथी विद्रोहीको चेतावनी

रियाद आक्रमणमा १२ को मृत्यु, ३०९ घाइते, अमेरिकाले सैन्य कारबाहीमा सहभागी हुन सक्ने संकेत, मध्यपूर्वमा थप युद्ध चर्किने चिन्ता

Updated .... रियाद, साउदी अरब, अक्टोबर ११। साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणपछि यमनका इरान समर्थित हुथी विद्रोहीले साउदी अरबका विमानस्थल तथा हवाई क्षेत्र प्रयोग नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनी र यात्रुहरूलाई चेतावनी दिएका छन्। शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु र ३०९ जना घाइते भएपछि..

लेख / रचना

अमेरिका

नेपाल

कार्टुन कर्नर

अन्तर्राष्ट्रिय

कला / मनोरञ्जन

भिडियो

साहित्य

खेलकुद

 

 

बिबिध