( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20120127

उडिरहेको जहाज भित्र जब भारतीय धोतीभाइहरुको डिजाइन अनुसार एकाएक अमेरिकन गोरी देखी भारतीय काली सम्म जहाजै हल्लिने गरी यसरी नाच्न थाले तब ....!

प्रधानमन्त्री बाबुराम भट्टराई खासमा अध्यक्ष पुष्पकमल दाहालको चक्रब्यूहमा परे, प्रचण्डको दोहोरो रोल !

- माधव ढुङ्गेल
सतहमा हेर्दा प्रधानमन्त्री बाबुराम भट्टराई संसद र सडकको घेराबन्दीमा परेका छन्। खासमा उनी अध्यक्ष पुष्पकमल दाहालको चक्रब्यूहमा परेको देखिँदैछ। प्रधानमन्त्री बनेलगत्तै 'शान्ति, संविधान, सुशासन र समृद्धि' (चार स) आफ्नो मार्गदर्शक सिद्धान्त बताउने उनका लागि अहिले 'चारै स' मा गतिरोध हुन थालेको छ। संसद्मा कांग्रेस-एमालेले घेराबन्दी गरेका छन्। 'जनसत्ताका निर्णयलाई मान्यता दिने' भूमिसम्बन्धी मन्त्रिपरिषद्को निर्णय फिर्ता नगरेसम्म उनीहरूले सदन ठाप्प पारिरहने भएका छन्। त्यो निर्णय अध्यक्ष दाहालकै निर्देशनमा मन्त्रिपरिषद्ले गरेको थियो। सशस्त्र द्वन्द्वका बेला माओवादीका 'स्थानीय जनसत्ताद्वारा

मूल्यवृद्धि फिर्ता नभए आत्मदाह गर्ने भन्दै धर्नामा बसेका १० जना युवा विद्यार्थीलाई प्रहरीले पक्रेको छ !

मूल्यवृद्धि फिर्ता नभए आत्मदाह गर्ने भन्दै काठमाण्डौंको बबरमहलमा धर्नामा बसेका १० जना युवा विद्यार्थीलाई प्रहरीले पक्रेको छ । मूल्वयवृद्धि फिर्ता नभए शनिवार बेलुकी आत्मदाह गर्ने भन्दै काठमाण्डौंका बिभिन्न क्याम्पसका विद्यार्थी नेपाल आयल निगमको कार्यालय अघि धर्नाम बसेका थिए । उनीहरुलाई प्रहरीले धर्नास्थलबाटै नियन्त्रणमा लिएर नेपाल पुलिस क्लव प्रदर्शनी मार्ग लगेको नेविसंघका नेता यूवराज पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई  भेट्न समेत नदिइएको पाण्डेले बताउनुभयो । थापाथली इन्जिनियरिङ्ग, क्यारेवियन क्याम्पस, ह्वाइट हाउस कलेज, आर्यन स्कूल अफ इन्जिनियरिङ्ग र इष्ट कलेजका बिद्यार्थी धर्नामा बसेका थिए । उनीहरुले केही दिनअघि काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर मुल्यवृद्धि फिर्ता नभए आत्मदाह गर्ने घोषणा गरेका थिए ।
मूल्यवृद्धि फिर्ता नभए आत्मदाह गर्ने १० युवाको चेतावनी

दश जना युवाले सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए आत्मदाह गर्ने घोषणा गरेका छन् । काठमाडौंको रिपोर्टस क्लबमा मंगलबार पत्रकार सम्मेलन गरि उनीहरुले मुल्यवृद्धि फिर्ता नभए माघ १४ गते नेपाल आयल निगम अगाडी आत्मदाह गर्ने उनीहरुले चेतावनी

20120126

माओवादी बैठकले 'जनयुद्ध’का समयमा स्थानीय जनसत्ताले गरेको घरजग्गा किनबेच अंशबन्डा तथा बकसपत्रलाई मान्यता दिने निर्णयबाट पछि नहट्ने निर्णय, बल्ल ट्वाँ पर्दैछन कङ्रेस एमालेहरु !

माओवादी कुनै हालत मा पनि शान्ती र संबिधान बहाल हुन दिने पक्षमा देखिएन, जसरी हुन्छ सत्ता कब्जा, माओवादी अधिनायकबाद लाद्न चाहन्छ शक्तिखोरको प्रचण्डको भिडियोमा भनिए झै ! हेर्दै जानुस् नेपाल र नेपालीले अझै दुर्दशा भोग्ने दिन आउँदैछन ।
Breaking News......
माओवादीले सशस्त्र युद्धकालीन समयमा 'जनसत्ता’ले गरेका लिखतलाई मान्यता दिने सरकारी निर्णय कुनै पनि हालतमा फिर्ता नलिने अडान दोहोर्याएको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’को लाजिम्पाटस्थित निवासमा बिहीबार बसेको पदाधिकारी बैठकले 'जनयुद्ध’का समयमा स्थानीय जनसत्ताले गरेको घरजग्गा किनबेच अंशबन्डा तथा बकसपत्रलाई मान्यता दिने निर्णयबाट पछि नहट्ने निर्णय गरेको हो। नेपाली कांग्रेस र नेकपा एमालेलगायतका प्रतिपक्षी दलहरुले जनसत्ताको लिखतलाई वैधानिकता दिने निर्णय विस्तृत शान्तिसम्झौता अन्तरिम संविधान तथा प्रचलित ऐन-कानुनविपरीत रहेको भन्दै खारेज गर्न दबाब दिइरहेका बेला माओवादीले निर्णयबारे पुनर्विचार गर्न नसकिने स्पष्ट गरेको हो। सरकारको निर्णय खारेजीको माग गर्दै विपक्षीले बिहीबारसमेत गरेर चार पटकसम्म व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरिसकेका छन् भने सर्वोच्च अदालतले समेत उक्त निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सरकारका नाममा आदेश जारी गरिसकेको छ। 'हामी कुनै पनि हालतमा जनसत्ताको लिखतलाई मान्यता दिने सरकारको निर्णयमा पुनर्विचार गर्ने पक्षमा छैनौं’ सचिव सीपी गजुरेलले भन्नुभयो- ''कांग्रेस एमालेले भनेजस्तो सो निर्णय शान्तिसम्झौता विपरीत होइन बरु यसले शान्तिप्रक्रिया अगाडि बढाउन सहज वातावरण तयार गर्न सहयोग पुर्याउँछ भन्ने हाम्रो ठहर छ।’ वर्षौं पहिले किन्ने र बेच्ने मिलेर लेनदेन गरिसकेकाले त्यसलाई कानुनी वैधता दिनु शान्तिसम्झौता विपरीत नहुने गजुरेलको तर्क छ। गजुरेलले आफ्नो पार्टीले शान्ति र संविधानका नाममा

सुप्रसिद्ध अभिनेत्री सुशीला रायमाझीको निधन, अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट स्वर्गिय बरिस्ठ कलाकार शुशिला रायमाझी प्रती हार्दिक श्रद्धान्जली अर्पण

अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले अमेरिकामा एक शोक बक्तब्य जारी गर्दै  मँच समस्त परिवारका तर्फबाट स्वर्गिय बरिस्ठ कलाकार शुशिला रायमाझी प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्नुभएको छ । वहाँको निधनले नेपाली चलचित्र र कलाको क्षेत्रमा ठुलो क्षती भएको छ भन्दै शोक सन्तप्त परिवार जनमा समबेदना समेत प्रकट गरिएको छ । "तपाईं हामी बिच नरहनुभए पनि तपाईंको कला र संस्कृति प्रतिको योगदान हामी सँग सधैं जिबित रहने छ।" शोक बक्तब्यमा  उल्लेख छ । 
     दुई दशकभन्दा लामो समयदेखि नेपाली रेडियो नाटक रंगमचीय नाटक टेलिचलचित्र तथा ठूलो पर्दाको चलचित्रमार्पुत नेपाली स्रोता र दर्शकको मन जित्दै आएकी सुप्रसिद्ध अभिनेत्री सुशीला रायमाझीको निधन भएको छ। बुधबार बेलुकी साढे ५ बजे उपचारका क्रममा बीएनबी अस्पतालमा उनको निधन भए पनि बिहीबार राति ढीलो मात्र उनको निधनको खबर बाहिर आएकाले यो निधन अज्ञात सरह हुन गएको छ। पाठेघर क्यान्सरबाट पीडित भई करिब डेढ वर्षदेखि काठमाडौं तथा भारतका अस्पतालमा उपचार गर्दै आएकी दुई छोरीकी आमाको निधन भए पनि बहिनी अमेरिकामा रहेका

प्रधानमन्त्री कामरेड बाबुराम भट्टराईले फेरी जनता यसरी जिल्ल पार्दै हुनुहुन्छ, हाँस्य कलाकारहरु फ्लप बनाउनेहुनु भो बा !

 प्रधानमन्त्री बाबुराम भट्टराईले सुशासन र आर्थिक विकास र समृद्धिको कार्ययोजना घोषणा गरेका छन्। सरकारको नेतृत्व गरेको पाँच महिनापछि भट्टराईले योजना आयोगको कार्यकक्षबाट सुशासन र समृद्धिका दुई कार्यक्रमका कार्ययोजनाहरु घोषणा गरेका हुन्। के के छ कार्ययोजनामा ? विस्तृत विवरण-

अमेरिकामा रहेका नेपाली दर्शक एवं संगीत पारखीहरुलाई मनोरञ्जन दिलाउन नेपालबाट कलाकारहरुको समुह अमेरिका

अमेरिकामा रहेका नेपाली दर्शक एवं संगीत पारखीहरुलाई रोचक कार्यक्रम गरेर मनोरञ्जन दिलाउने उद्देश्यसहित नेपालबाट कलाकारहरुको समुह अमेरिका आईपुगेको छ । एक महिने सांगीतिक यात्राको कार्यक्रम लिएर आएको यो टोलीले अमेरिकाका विभिन्न शहरमा

20120125

कान्तिपुर लेख्छ : बाबुराम लाई काम गर्न देउ भन्दै नारा जुलुश गर्ने हरुले नै अहिले नारा जुलुश बाटै भन्न थाले "अहिलेको हैजा बाबुरामलाई लैजा"

आजको कान्तिपुरमा दुर्गा खनालको यो समाचार यहाँ हामीले जस्ताको तस्तै साभार गरेका छौं, यो समाचारले माओवादीका अन्धभक्त हरुलाई पनि केही हद सम्म आँखा खोल्न मद्दत पुग्ने छ । यो समाचार को ठीक तल पत्रकार कपिल काफ्लेको अत्यन्त सान्दर्भिक छोटो लेख छ त्यो झन मन छुने खालको छ अल्छि नमानी पढ्नु होला है त !  
प्रधानमन्त्रीको समर्थनमा एक महिनाअघिसम्म 'बाबुरामलाई काम गर्न देऊ' नाराका टिसर्टधारी युवा सडक-सडकमा हिँडेका भेटिन्थे । तिनीहरू प्रधानमन्त्रीसँगै ठूलै आशा गर्थे । तर कुर्सीमा बसेको पाँच महिना नबित्दै तिनै युवा भट्टराईको पुत्ला बाल्दै सडकमा आए । तिनै युवाले बुधबार बन्द गरे । अनि आपत्तिजनक नारा

हाम्रा बहुरुपी नाटककार कामरेड प्रचन्डलाई फेरी फुलमालाले यसरी ढाकिन मन लागेपछी अर्को नाटक शुरु, वाह यस्तो पो नेता !

बोलिको र रुपको कुनै ठेगाना नभएका भनी चिनिने,  ‘म अहिलेपनि राष्ट्रपतिभन्दा कम छैन’ भन्दै राष्ट्रपतिका लागि लोभ नगरेको बताएका माओवादी अध्यक्ष प्रचण्ड बाबुरामको सरकार ढाल्न लागि परेका छन् । बाबुरामलाई प्रधानमन्त्री बनाउनु आफ्नो बाध्यता भएको सार्वजनिकरुपमै स्वीकार्दै आएका प्रचण्डले मोहन वैद्य पक्षसँगको मिलनसँगै दुई महिनालाई भएपनि आफैं प्रधानमन्त्री बन्ने अभियानसहित राजनीतिक चेस खेल्न थालेका हुन् । हालै एमाले नेता माधवकुमार नेपालसँगको भेटमा अध्यक्ष प्रचण्डले सरकारको राजीनामा मागिदिन आग्रह गरेका छन् । नेता नेपालले प्रचण्डसँगको भेटपछि आफु निकटवर्तीसँग अब बाबुराम प्रधानमन्त्रीबाट हट्ने ठोकुवा गर्न थालेका छन् । नेपालसँग प्रचण्डको आग्रह थियो( ‘मैले बनाएको सरकार मैले नै ढाल्न अलिक गाह्रो भयो, जग्गाको बिषयलाई चर्काएर राजीनामा मागिदिनुपर्‍यो, त्यसका

पूर्व प्रधानसेनापति रुक्मागत कटवालका कुरा कसले सुनिदिने ? उनले फेरी यसो भने ल हेर्नुस्

पूर्व प्रधानसेनापति रुक्मागत कटवालले नेपालको इतिहासमै अहिलेका प्रधानमन्त्री कमजोर देखिएको आरोप लगाउनु भएको छ । राष्ट्रियताको विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिलेसम्मका प्रधानमन्त्री मध्ये सबैभन्दा कमजोर देखिएको कटवालको भनाई छ ।बुधबार पोखरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्व प्रधानसेनापति कटवालले भारत र चीनको सम्बन्ध बलियो बनाएर नेपालले फाइदा लिने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियताको सवालमा निकै कमजोर भएको तर्क गर्नुभयो । चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण पछि प्रधानमन्त्री भट्टराईले भारत र चीनको सम्बन्ध बलियो बनाएर नेपालले फाइदा लिनुपर्ने नत्र नेपाल कुनै एकदेशमा मर्ज हुनसक्ने अभिव्यक्ति दिनुएको थियो । कटवालले वार्गेनिङ गरेर माओवादी लडाकु नेपाली सेनामा समायोजन गर्न नहुने बताउनु भयो । ‘सेना कसैको पेवा र दाइजो होइन’, कटवालले भन्नुभयो, ‘लडाकुले माग्दैमा जर्नेल कर्नेलको पद दिन सक्ने व्यवस्था छैन ।’ कटवालले

संबिधानसभाको म्याद सकिएपछि सडकबाटै संबिधान घोषणा गर्ने माओवादी तयारी, "त्यसलाई लागू गराउन जनबिद्रोह गर्ने"

 "माओवादी १० वर्षे सशस्त्र युद्ध समाजको अग्रगामी रूपान्तरणका लागि नभएर आफ्नो भुँडी सुधारका लागि"
जारीछ प्रचण्ड, बाबुराम र हिसिला रामराज्य अनी नग्न नाँच नेपालमा !!!
 माओवादीले अहिलेको संबिधानसभाबाट संबिधान बन्न नसक्ने निष्कर्ष निकाल्दै संबिधानसभाको म्याद सकिएपछि सडकबाटै संबिधान घोषणा गर्ने तयारी गरेको छ । मंगलबार ललितपुरमा कार्यकर्तालाई प्रशिक्षण दिंदै माओवादी महासचिव रामबहादुर थापाले संबिधानसभाबाट संबिधान नबन्ने पक्का

20120124

नाइजेरियामा दुई नेपाली सहित १ सय ८० जनाकोको गोली हानी हत्या, आक्रमणमा सयौं घाइते, मुस्लिम अतिवादी समूह बोको हरामले श्रृखलाबद्ध आक्रमण !

नाइजेरियामा शुक्रबार भएको श्रृखलाबद्ध आक्रमणमा दुई नेपालीको गोली हानी हत्या भएको छ।  हत्या हुने नेपाली हरिप्रसाद भुसाल र राज सिंह भएको नाइजेरियाको अबुजास्थित भारतीय काउन्सिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  दुवैको नेपाली ठेगाना खुलेको छैन। मुस्लिम अतिवादी

20120123

यस्तो दु:खद समाचार कहिलै सुन्नु नपरोस कसैले पनि !

ट्रकले किच्दा बस कुरिरहेका राउत परिवारका छजनाको मृत्यु, एक दुर्घटनामा आमा, बाबु, दाजु, भाउजू, दिदी र भान्जी गरी परिवारका छ जना !
अमर खड्का/ सुनसरी पकलीका सीताराम राउत 'अब म कसरी बाँच्नू' भन्दै घरिघरि बर्बराउँछन्, भगवानको नाम लिन्छन् र छिनछिनमा बेहोसझैं हुन्छन्। सोमबार बिहान एक दुर्घटनामा आमा, बाबु, दाजु, भाउजू, दिदी र भान्जी गरी परिवारका छजनालाई एकैचोटि गुमाएपछि उनलाई
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________