20220526
भेलु बाजे र मेरी बुढी माउँ !
प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार ५८ हजार रुपैयाँ , नेपालको अर्थतन्त्रमा कुल ऋणको हिस्सा १८ खर्ब, नेपाली अर्थतन्त्रले खतराको रेखा पार गरिसकेको छ !
अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अहिले नेपालको अर्थतन्त्रमा कुल ऋणको हिस्सा १८ खर्ब नजिक पुगेको छ। यसमा आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) ऋण भार छ। चालु वर्षको समीक्षा अवधिमा यो हिस्सा अरु उकालो लागेको छ। अर्थात् अहिले प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार ५८ हजार रुपैयाँ हाराहारी पुगेको छ। यसको अर्थ वैदेशिक ऋणको हिस्सा मुलुकको कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत भन्दा माथि छ।
अर्थविद् डाक्टर चन्द्रमणि अधिकारी भन्नुहुन्छ - अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाल जस्तो आर्थिक चरित्रयुक्त मुलुकले वैदेशिक ऋणभार कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशतभन्दा माथि जान नहुनेमा सचेत पार्ने गरेको छ। यसको अर्थ नेपाली अर्थतन्त्रले खतराको रेखा पार गरिसकेको छ। किनभने नेपालको भन्दा समग्र सबै आर्थिक परिसूचक सकरात्मक रहेको दक्षिण एसियाली मुलुक श्रीलंका सन् २०१९ मा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत वैदेशिक ऋणमा चलिरहेको थियो। जो अहिले सम्हाल्नै नसकिने
७० वर्षीया आफ्नै हजुरआमा मनमाया दनुवारको हत्या गरेको अभियोगमा २६ वर्षीय रोहित दनुवार पक्राउ, अनुसन्धान गर्दै प्रहरी
उदयपुर / ७० वर्षीया आफ्नै हजुरआमा मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका-७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा रिस आवेगमा रोहितले खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले रोहितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ : भारतीय गायिका नेहाको स्वरमा नेपाली गजल
तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ
टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ
- करुण थापा
नेपाली गजल विधामा सशक्त भाव तथा गजलको नीति नियममा बाँधिएर कलम चलाउने अग्रणी स्रष्टाको रूपमा चिनिनुहुने गजलकार करुण थापाद्वारा कलमवद्ध गरिएको तथा अति मनपराइएको गजल "बतासले चोट लाग्छ" को
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सर्वोच्च अदालतले रोके पछि एमालेमा रुवाबासी, किन आयो यस्तो फैसला ?
सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिए पछि अहिले यसका पक्ष बिपक्षमा बहस शुरु भएको छ । यसलाई राजनीतिकरण गर्न एमाले बढी अग्रसर देखिएको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण
आफ्नै गलत भनी आलोचित फैसला उल्टायो सर्बोच्च अदालतले
सशस्त्र प्रहरी बलका तत्काली नायव महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले उल्टाउने फैसला गरेको हो ।महाअभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले जन्मकैदको सजायमा छुट दिन फैसला गरेको थियो ।
20220525
स्थानीय निर्वाचनका एकजना वास्तविक हिरो हर्क साम्पाङ राइसँगको यो अन्तर्वार्ता हेर्न लायक छ है !
बालेन्द्र साहले बिजयी हुँदै गर्दा यसो भने आज
धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।
रवीन्द्र मिश्र, अनैतिक भिड र वास्तविकता : विवेकशील साझा पार्टी भित्र विवेक भएका यदि कोही हुनुहुन्छ भने... !
- रामप्रसाद खनाल
रवीन्द्र मिश्रले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै पार्टी अध्यक्षबाट राजीनामा दिए । अनैतिकहरूको भिडमा उनको नैतिकताको मूल्य कसैले बुझ्लान् नबुझ्लान् तर म भने एउटा स्वतन्त्र र सचेत नागरिकका हैसियतले उनको नैतिक आचरण र उनले राम्रो गर्न जुन प्रयास गरे त्यसको खुलेर प्रशंसा र सम्मान गर्दछु ।
उनको पार्टी भित्रैबाट केही छेस्के प्रवृत्तिले उनलाई सुरु देखी नै असहयोग गर्दै आए तर उनको भिजन र देशमा उनले गर्न खोजेको राजनीति प्रति मैले खोट लगाउनै पर्ने ठाउँ देखेको छैन भलै उनमा पनि मान्छे चिन्न नसक्नु, बहकिनु, अलिकति राजनीतिको जरो सम्म पुगेर राजनीतिक संस्कारलाई बुझ्न नसक्नु जस्ता केही कमजोरी अवश्य देखिए ।
रवीन्द्र मिश्रले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने अवस्था आउनु नै देशको लागि एउटा ठुलो दुर्भाग्य हो । देशको लागि केही गर्छु भनेर आफ्नो आकर्षक जीवनशैली बाट अलग भएर रवीन्द्रले जे जति गर्ने प्रयास गरे, अपराधी र राक्षसी राजमा त्यसको कुनै मूल्य नहोला तर बुझ्नेहरूको देशमा भएको भए उनको उच्च मूल्याङ्कन हुने थियो ।
20220524
Breaking News : अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले प्राथमिक विद्यालयमा मंगलबार गोली हानेर कम्तिमा १८ बालबालिका र एक शिक्षकको हत्या गरे, मृत्यु हुनेको सँख्या बढ्दै !
वरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपाने भन्छन - यो पैसा, रक्सी, मासु र गुण्डाको चुनाव हो, हेर्दै जानुस अब के के हुन्छ !
जगन्नाथ पौडेल प्राबिधिक रुपमा चुनाव हारे तर नेपाली जनताको नजरमा उनले भरतपुर मात्र होइन नेपालभर नैतिक रुपमा बिजय हासिल गरे
नेपालको सिन्धुली जिल्लाका डोरबहादुर खपाङ्गी विश्वका सबै भन्दा होचा टिनएजर, उनको उचाई २ फिट ४.९ इन्च
नेपालको सिन्धुली जिल्लाका डोरबहादुर विश्वका सबै भन्दा होचा टिनएजरका रुपमा दर्ता भएका छन् । गिनिज व्लर्ड रेर्कडसमा उनले विश्वको सबैभन्दा होचो टिनेजरमा आफ्नो नाम लेखाएका हुन् । सिन्धुली तिनकन्याका डोर बहादुर खपाङ्गी हाल १८ वर्षका भए । उनको उचाई २ फिट ४.९ इन्च रहेको छ ।
20220523
कति सरल जीवन शैली, तिमीबाट हामीले सिक्नु पर्ने धेरै कुरा रहेछन साम्पाङ राई, दुनियाँले तिमीबाट पाठ सिकोस्
नढाँटी भन्नु पर्छ - म परदेशमा भएकोले हो या के हो, मैले यो निर्वाचन भन्दा अघि धरानका हर्क साम्पाङ राईको न नाम सुनेको थिएँ न चिनेको । निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जालबाट चिनेँ । हर्क साम्पाङ राईको जति वटा क्लिप हेर्छु, जति वटा भाषण सुन्छु, फोटोहरू र वास्तविक जीवन शैली देख्छु उनी मेरो मुटु भित्र पस्दै गए, बास