20101117

भिडियो समाचार !

बहु प्रतिभाशाली कलाकार रामप्रसाद पाठकले ल्याए नयाँ तीजको गीत, ‘मुसु मुसु मुस्काउँदै’ गाइन राधिका हमालले पनि !  काठमाडौं / विगत लामो समयदेखि नेपाली लोकदोहोरी गीत गायन तथा सृजनामा संघर्षरत बहु प्रतिभाशाली कलाकार, गायक,सर्जक तथा पत्रकार रामप्रसाद पाठकको यस वर्षको नयाँ तीजगीत ‘मुसु मुसु मुस्काउँदै’ हाँस सार्वजनिक गरेका छन ।


 गायक पाठककै लय तथा शब्द रहेको यो गीतमा महिला आवाज चर्चित लोकदोहोरी गायिका राधिका हमालको रहेको छ । लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको यो गीत म्युजिक बैङ्क रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने यस गीतमा रेकर्डिङ तथा मिक्सिङ विजय बुढाको रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो निर्देशन गायक पाठककै रहेको छ ।मनबहादुर पुनको क्यामेरा तथा समपादन रहेको यस गीतमा रामप्रसाद पाठक,प्रिया मगर,अनिता श्रेष्ठ ,दृष्टि पाठक,कृष्टि पाठक,मेख गुरुङ,निर्मल कार्की,रिदिमा पुन,रविना कार्की,धनमाया आले,दिप्सन पाठक,एलिसा पराजुलीलगायतका कलाकारहरुको अभिनय रहेको छ । 

यस्तै यस गीतको कोरियोग्राफी प्यिा मगरको रहेको छ । सामाजिक परिवेश र मौलिकता समावेश गरेर प्रस्तुत गरिएको यस गीतलाई गायक स्वयं रामप्रसाद पाठककै युट्युव चयानल नमुना नेपाल डट कमबाट बजारमा सार्वजनिक भएको हो । 

नेपाल मदर पाठक र उनको सम्पूर्ण टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक