(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20101020

कबिता, गजल र गीतहरु

New Nepali Melodious Adhunik Song "Bachan Ka Tir" by Reema Gurung Hoda
ALBUM: SAKSHYAT
Vocal: Reema Gurung Hoda
Lyrics: Bikash Bista
Music: Santosh Shrestha
Model: Krish Thapa, Ambika Jnawali, Bikash Bista and Sushila KC Bista
Camera / Edit: Om Karmacharya
Direction: Om Karmacharya
Post Production: Om Mega Audio and Video Production - NewYork

**********************
:::: मान्छे ::: 
जन्मदा रूंदै जन्मेको मान्छे मृतुमा शान्त देखिन्छ किन सुखमा मदहोस हुने मान्छे दु:खमा निराश बन्छ किन सफलता चुम्न आतुर मान्छे असफलता बुझ्न चाहन्न किन जीन्दगीको महासागर तर्ने मान्छे आंधिबेहरी देखी डराउछ किन आफ्नो दु:खमा छटपटिने मान्छे अरूको पिडा बुझ्दैन किन सु:ख र दुखका सारथी मान्छे पटक्कै शान्त बस्दैन किन जन्मदा रित्तै जन्मेको मान्छे मर्दा रित्तै हो बुझ्दैन किन जीबनमा गल्ती गर्ने मान्छे पस्चाताप गर्न जान्दैन किन चेतनशिल भएर जन्मेको मान्छे परोपकारी बन्न जान्दैन किन आरोह अबरोह गरेको मान्छे प्रेमको सिलता बॉंडदैन किन - राजन अधिकारी (हाल क्यालिफोर्निया)
प्रमोदको जादुमय स्वर, उनको अभिनय को के कुरा गर्नु !
पछिल्लो पिँढीका, आधुनिक गायन क्षेत्रका हस्ती मेरो प्यारो भाई प्रमोद खरेलले आज एउटा भिडिओ पठाए मलाई इनबक्स गरेर । ३ तीन पटक दोहोर्याएर हेरेँ, मन पर्‍यो । लोक फ्लेबरको गीत, गीत लेखाइ, संगीत, भिडियोग्राफी, निर्देशन, कलाकारहरुको नाच्ने स्टाईल अनी अभिनय मन पर्‍यो, त्यस माथि भाई प्रमोदको जादुमय स्वर, उनको अभिनय को के कुरा गर्नु ! संगीतमा पुरा डुबेर गाउने प्रमोदको अभिनय पनि कस्तो राम्रो ! बधाई छ प्रमोद भाई अनी यसमा सँलग्न सबै सबैलाई । - रामप्रसाद खनाल

 

  ************************

 


 

 

पदको मद !

- विनोद रोका

 

हृामीमा छ एऊटा अनौठो मद।

सबैलाई चाहिन्छ संस्थामा पद।।

पद्दतीमा भन्दा सहमतीमा जाऊ।

बढाऊ पदहरु बाडीचृडी खाऊ।।

प्रवाशमा पनि भावनाको नेपाल।

खर्ृर्ृइले टाऊकोमा नक्कली कपाल।।

 

-यो कविता मार्च २० मा रचिएको र एनआरएन एनसीसी अफ अमेरीकाकाको तेश्रो सम्मेलन मार्च २१,२०१५ म्ाा बाचन गरिएको हो)

************************************

एउटा अनुतरित प्रश्न !


- ध्रुव थापा, क्यालिफोर्निया अमेरिका 

अहिले म प्रशान्त महासागरको किनारमा उभिएर
आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु
दिनभरी सबैलाई  भत भति पोलेको यो घाम
निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ
पारि क्षितिजमा माझीहरु आफ्नो डुंगा किनारा लाउदैछन
चरा चुरुंगी  गुडमा फर्कने हतारमा आकासिदै छन्
म भने चुपचाप समुन्द्रको  क्षालमा आफ्नो अस्तित्व खोज्दैछु
मार्टिन लुथरको जस्तै मेरो पनि " आइ हेब अ ड्रिम"  खोज्दैछु
मुटु चुडिने चिसो हावाको  बेगले ल्याएको क्षालभित्र
हरेक देशको नदि , नाला र ढल मिसिएको पानी छुट्याउने  
एउटा नया काम थालेको छु , 
यो पिउनै न सक्ने पानी भित्र जीव कसरि बाचेको छ 
त्यसको बारेमा जान्ने असफल प्रयास गरि रहेछु 

कहिँ कतै कुनै सामुन्द्रिक जीवले आफ्नो सिमाना तोकेको छैन
कसैले सानो भएकोमा र कसैले ठुलो भएकोमा 
संकुचित वा  दम्भमा एक अर्कासित जुधेको देखेको छुइन 
सबै एकसाथ  समुन्द्रमा  आत्म निर्भर भएर बाचेको छ
नकि कुनै देशको नदि नाला अलग भएरै बगेको छ 
समुन्द्र हो जब सबै मिसिन्छ एक रंगमा समाहित हुन्छ 
हिमाल , पहाड र  तराईको पानी जब समुन्द्र मिसिन्छ 
तब सब एक हुन्छ र त्यसैलाई  समुन्द्र भनिदो रहेछ 
हो हामि समुन्द्र नभएको तर हजारौ नाला नदिको बिचबाट
हजारौ मिलको दुरीसम्म ठक्कर खादै खारिएर आएको हौ
 कलकल निर्मल , निश्चल नदि नाला हुदै
बिशाल समुन्द्र हुनु पर्ने हाम्रो मन
किन संकुचित र सागुरो हुदैछ   ?

किन हामी यस्तो बिशाल समुन्द्रमा समाहित भएरपनि 
आफ्नो हृदयलाई फराकिलो  समुन्द्रजस्तै  पार्न सकेनौ  ?
किन हामि   मार्टिन लुथरले उखालेर फालिसकेको 
जात , जाति , बर्णभेदमा अल्झिएर एक अर्का देखि टाडीदैछौ?
बिभिद संकृति र जातीय पहिचान भएको हाम्रो अस्तित्व 
किन इन्द्र धनुष भएर आधा आकासलाई ढाक्न सकेनौ ?
किन इन्द्रधनुषको रंगलाई एक एक गर्दै छुट्याउन खोजिंदैछ ?
किन तिमि र म संगै उभिदा उसलाई  संका लाग्छ ?
किन हामि एक अर्काको बिश्वासको पात्र बन्न सकेनौ ?
किन हामी यहा आएर पनि एक हुन् सकेनौ  ?
किन आज हामि एउटा अनुतरित प्रश्न बनि रहेका छौ ?
आखिर किन ?
&&&&&&&&&&&&&&&&&&&&&&&&

त्यो दिन र यो दिन !
Ojaraj Upadhyaya Lohani 


गाढिएर जरा फैलिय लहर पलाउदै आँकुरा 
तराइसङ्गथ्यो पहाडर हिमाल् माथिथियो टाकुरा 
सिमान अघिथ्यो नेपालभुमिको टिष्टासङ्गै काङ्गडा
बनाय जसले दियर बलिदान बीरै थिए सब बढा 

बढलाधेर भनेर बैरीहरुले रचेर षड्यन्त्रनै 
जङ्गै बाहादुर सिर्जना गरिदिय आँखिर भयो धोस्तनै 
बाध्यो विरहरुलाइ राज हुकुमी श्रीतिनकोनामले
देशैभो जनता सबै दुखि थिए तिनका गलत कामले 

गंगालाल धर्मभक्त दशरथ श्रीशुक्रराज दिभ्यनै
गणेशमान किसुन्जिका सङ्ग थिए श्रीविश्वेश्वर सभ्यनै
लढेविर मरे कतित थुनिय गयर झ्यालखानमा
त्यस्ता दिव्यर शभ्यविर हरुको अझै खाचोयाहाँ

जुनदिन सिरउठाइ गर्बगरने बन्योकुनै कालमा
महत्व नबुझेर आजदिन त्यै गयछ व्याहालमा
बद्लियछ कसोरि आजदिनत्यो बर्षै चउषष्ठिमा
प्रजातन्त्र भयछ आज परिणत साँच्चै बहुलठ्ठिमा

*****************************************
  • यस पटक अमेरिकामा सम्पन्न तेश्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा नेपाल बाट अतिथिको रुपमा आएका छन्द कबिताका एक जना माहिर  कबी प्रकाश चापागाईले कबिता बाचन गर्दा हामीलाई आसुँ झार्ने बनाइदिनु भयो । राष्ट्र कबि माधव घिमिरेको गौरी बिर्साउने, त्यो भन्दा पनि अझ गहकिलो एउटा शोक काब्य लेख्नु भएको रहेछ कबी प्रकाश ले आफ्नी धर्मपत्नीको असामयिक निधनमा । म मेरो जिबनमा पहिलो पटक रोएको हुं कबिता सुनेर । तिनै कबीले मेरो बारेमा, मलाई सम्झेर एउटा छन्दमा एउटा कबिता लेख्नु भएको रहेछ यसरी । वहाँले कबिता लेखे पछी वहाँकी  दिदी राधा पौडेलले शेयर गर्नु भएको यो कबिता मैले तपाईंहरु सँग पनि शेयर गर्दैछु यहाँ जस्ताको तस्तै । धन्यवाद कबी प्रकाश चापागाई जी तपाईंको यो सिर्जना र म प्रतिको स्नेह अनी सम्मानका खातिर । तपाईंको उज्ज्वल भबिश्यको कामना गर्दछु ।    
            

  • नेलशन मण्डेला, तिमी अर्को जन्म लिएर आउ, नेपाल मै आउ !

    नेलशन मण्डेला 
    तिमीले गोरा काला 
    सबैलाई मिलायौ 
    जात जाती भाषा भासी 
    पूर्व पश्चिम उत्तर दक्षिण 
    सबैलाई 
    एउटै मालामा उन्न सक्यौ 
    काला गोरा जात जाती 
    सबैलाई बुन्न सक्यौ 
    तर मण्डेला 
    तिम्रो मृत्‍युको खबर पाउनसाथ 
    श्रध्दान्जली को डँका पिट्ने 
    तिमीलाई महान नेता भन्ने
    प्रजातन्त्रको पहरेदार भन्ने 
    मुखले मात्र अर्को गान्धी मान्ने 
    मेरो देशका नेताहरु 
    आजकाल 
    जात जाती लडाउँदैछन 
    मिलेर बसेका भाई भाई भिडाउंदैछन 
    पूर्व तेरो पश्चिम मेरो, 
    उत्तर उसको दक्षिण उसको भन्दै 
    भाग बिला लगाउँदैछन 
    आतंकको बिउ जगाउंदैछन 
    संसारको भूगोलमा सानै भए पनि 
    आफ्नै झन्डा र शान 
    अनी मान भएको देश
    छिन्न भिन्न बनाउन 
    कोही गोप्य कोठा भित्र बसेर 
    कोही गुलाम बनी पसेर 
    मेरी नेपाल आमाको 
    इज्ज्यत माथि धावा बोल्दैछन 
    सबै "अर्कैको भाषा" बोल्छन 
    एक आपसमा खुबै पोल्छन 
    नेलशन मण्डेला 
    तिमीले 
    दक्षिण अफ्रिकालाई सुधार्यौ 
    त्यती मात्र होइन 
    सारा विश्वलाई 
    प्रजातन्त्र र मेलमिलापको 
    सन्देश दियौ 
    भर्खरैको कुरा हो 
    अनायाशै तिमी बिदा भयौ रे !
    आराम गर्छु भन्दै 
    स्वर्ग तिर गयौ रे !
    तिम्रा हरेक बाणीहरु 
    सन्देश र भोगाइहरु 
    सबैका लागि 
    शत प्रतिशत सच्चा छन 
    मेरो देशका पाखन्डी नेताहरु
    तिम्रा अगाडी धेरै बच्चा छन 
    भोली के हुन्छ भन्ने थाहा नभएका
    चुंट्ने धागो भन्दा  कच्चा छन 
    तर जनता भने 
    अफ्रिकी जनता जस्तै सच्चा छन 
    दुई हात जोडेर बिन्ती गर्छु 
    नेलशन मण्डेला 
    तिमी अर्को जन्म लिएर आउ 
    कृपया नेपालमै आउ 
    हामी नेपाली जनताले पाएनौं 
    तिमी जस्तो "महान बाउ" 
    लाख लाख बिन्तिछ मेरो 
    मण्डेला तिमी नेपालमै आउ 
    चाहिएको छ हामीलाई 
    तिमी जस्तो "अशल बाउ" 
    मण्डेला तिमी नेपाल मै आउ । 
    - रामप्रसाद खनाल, www.NepalMother.com, भर्जिनिया अमेरिका, डिसेम्बर ६, २०१३      
  • चटके दाई र अन्धा बाँदरहरु ! 

    - रामप्रसाद खनाल, भर्जिनिया अमेरिका  
    केही बर्ष यता 
    एउटा नामुद चटके 
    कहिले बिच सडकमा बसेर
    कहिले गोप्य कोठा भित्र पसेर 
    बाँदर हरु नचाइरहेको छ 
    केही तालिम प्राप्त बाँदरहरु 
    केही पिछलग्गु बाँदरहरु 
    उसैको आदेशमा चल्छन 
    कसैलाई देख्नै हुन्न 
    चिथोर्छन, कोपर्छन !
    बिसालु नँग्राको करामत 

    डर र त्रासले 
    केहीलाई भाग्न वाध्य बनाउँछन् 
    अनकण्टार जँगलमा बसेर
    आफै महान भनी उपाधी घसेर
    सोझा साझा केही भोका बाँदरहरु 
    आफ्नो पन्जामा पार्न सफल 
    त्यो नामुद चटके      
    जँगलमै कयौं दिन बसेर 
    आतंक मच्च्याउनु मच्च्यायो 
    अरुलाई दिनु दु:ख दियो 
    चटकीमा समाबेश गरायो 
    उसको त्यो चटकीमा 
    सोझा साझा बाँदर मात्र होइन 
    केही हात्ती सुँगुर स्यालहरु 
    समाबेश गरायो 
    उसको आतंकका अगाडि 
    कोही पनि टिक्न सकेनन 
     चटके लाई ठेगाना लगाउंछौं भन्ने हरु 
    खासै बिक्न पनि सकेनन
    केही बर्ष चटके कै भर चलिरह्यो 
    उसकै चटके लौरीले काम गरिरह्यो 
    सबै उसकै तालमा नाँचे 
    उसकै आतंकमा बाँचे 
    अहिले भर्खरै को कुरा हो 
    चटकेको आतँकित क्षेत्रमा 
    एका एक सारा जिबजन्तु हरु 
    एकजुट भएछन
    तँलाई मान्दैनौं भन्न गएछन
    चटकेले फेरी आदेश फर्माएछ 
    मेरो चटकी लौरो अनुसार चल्नु पर्छ 
    मेरा अगाडि सबै गल्नु पर्छ 
    उ अझै पनि धम्की दिंदैछ
    केही काँतरहरु काँप्दैछन 
    अझै पनि केही अन्धा बाँदरहरु 
    उसकै चटकी लौरो को भरमा बाँच्दैछन 
    केहीले चटकेलाई चटक्क छाडेका छन 
    केहीले होइन सँगै हिडाउँ भन्दै छन 
    किनकी उनिहरुलाई थाहा छ 
    उसको बिगत को आतंक 
    जँगलको त्रास
    उसको ईशारा नमान्दा लुटिएका बास
    कैयौँ अनाहकमा मारिएर बनेका लाश 
    त्यो आतंकको बिगत सम्झेर होला 
    अझै पनि केहीले 
    उसलाई सँगै हिँडौं भन्दैछन 
    तर उ जँगल र बस्ती दुबैबाट
    एक्लिँदै गएको छ !
    चटके अहिले मर्माहित भएको छ  
    तातो रातो रगत पिउन माहिर उ 
    अहिले एक्लिँदा पनि चेत नपाएर 
    बौलाइरहेको छ, होस गुम छ 
    बर्बराउँदै भन्छ उसले अझै 
    मेरो आदेश अनुसार संसार घुम्छ 
    बिचरा चटके दाई 
    हिँजोकै सपना साँच्दैछ
    बर्बराहट र भ्रममा बाँच्दै छ
    बर्बराहट र भ्रममा बाँच्दै छ  !  
  • लाइक गरिहाल्नुस हजुर - रामप्रसाद खनाल
  • आजकाल केही फेसबुके कबिहरु केही ईमेल कबिहरु केही इन्टरनेटे कबिहरु कसै कसैले माधव घिमिरे सँग फोटो खिच्छन ठान्छन म पनि माधव घिमिरे नै हुँ केही अरुहरुले गीतकार हरु सँग फोटो खिच्छन ठान्छन म पनि नम्बरी गीतकार हुँ कबिता गजल गीत प्रित सबै जानेका छन उनिहरु सबै बुझेका छन उनिहरु लाटा देशमा गाँडा तन्नेरी तर साहित्य बुझ्दैनन उनिहरु उनिहरु मात्र साहित्यकार अरे यस्तो गतिले के हुने होला भरे लाइक गरिहाल्नुस हजुर फेस बुकमा पोस्ट गरेका छन गरे कबिताको फेँद टुप्पो बुझिदैन मरे !

  • पुष्पकमल दाहाललाई नेपाली जनताको पत्र
  • -देव भट्टराई ( छन्दको नियम भङ्गलाइ निरन्तरता मा क्रम भंग मानेर क्षमा गरी पढिदिनु होला ल यस्तो भन्न सिकाउने पनि उहाँ नै हो )
    'पुष्पकमल साँच्चैको राम्रो नाम हुँदाहुँदै गर्न सक्ने यहाँ धेरै राम्रो काम हुँदाहुँदै 'प्रचण्ड' नाम राखेर नामैले बिग्रियौ तिमी उदण्ड काम गर्दै झन् कामैले बिग्रियौ तिमी सोचाइ रामको जस्तै सोचेरै बनवास भो क्रान्तिको नाउँमा धेरै जनको तन लाश भो नेता हौ तर बोलीमा स्थिरता देख्न सक्दिन डर लाग्छ दिऊँ अर्ती खुलेर लेख्न सक्दिन कैल्यै नटुंगिने युद्द जत्ति गरी हिँडे पनि त्यागी मान्थ्यौं तिमीलाई जति मान्छे गिडे पनि वास दियौं तिमीलाई हिजो त्यो युद्दकालमा गास दियौं तिमीलाई हिजो त्यो अनिकालमा खोला ता-यौं तिमीलाई राखेर बुइमै कति बिर्सेछौ तर लेख्दैछु मैंले त सम्झिए जति जंगली युद्द छोडेर भन्थ्यौ बुध्द म बन्दछु हत्या हिंसा सबै त्यागी शान्तिको पथ खन्दछु भन्दथ्यौ मान्दछौं साँच्चैं लोकतान्त्रिक साशन सबै संग प्रतिस्पर्धा स्वीकार्य छ भनीकन चौंसठठी सालमा मान्यौं जितायौं तर आखिर बाघ माथि चढी यात्रा गर्न थाल्यौ भयङ्कर जातीय राज्यमा देश भागबन्डा गरीकन बन्न खोज्यौ नयाँ राजा त्यही भयो बिडम्बना त्यसैले आज हार्दै छौ पार्दैछौ अमिलो मन नेपाली जनता हामी रुचाएनौं बिखन्डन संबिधान त होस् साझा फूलबारी हराभरा सम्पूर्ण जातका फूल फुल्न पाउन् मनोहर चमेली फूलको मात्रै राखेर नाम सुन्दरी बारीमा कसरी हाँस्ने सयौं फूल उसैगरी साझा नाम दिऊँ भन्दा नमानेर ढिपी ग-यौ त्यसैले अहिले आफैं तेस्रो नम्बरमा झ-यौ क्यै छैन अझ बिग्रेको चुनाव फेरि आउँछ त्यो बेला फूलबारीको मालीले भोट पाउँछ तिम्रो छ नाम नै पुष्प पुष्प माली बनीकन बनेर सवको प्यारो बिताऊ अव जीवन



प्रकृति पुरुषोत्तम

                                  होमनाथ सुबेदी 
                                   १०/१२/२०१३ 
चेतनैको प्रतिमूर्ति  चाड पर्व द्शैहरु Homnath Subedi
उदाए सभ्यतामा यी खर्चिला नै भए बरु।  
मनोकांक्षा भए पूरा धन को मुख हेर्दछ 
मनोहारी भए प्यारी प्रियले भन्नुपर्दछ।  
प्रियाको प्रार्थना हो यो परदेश हुनेहरू 
वियोगैले न टुट्नू  है, हामीलाई भूले बरु। 
दशैँ आयो, सबै आए, आएनौ प्रियले किन ?
प्रभुत्व कामना राखी चेतना शुन्य छौ किन ? 
द्वन्द्व यो स्मृतिमा राखी छातीमा हान्नु पर्दछ,  
सागरै पारिको मान्छे पीडाले बाच्नुपर्दछ।  
पीडा काटेर वर्षाको चेतना बल्ल फुर्दछ 
दशैँ तिहार पारेर मज्जाले नाच्नुपर्दछ। 
शान्ति सम्वृद्धिको लागि दशैँ तिहार आउछन  
चेतनाले बनाएको कविता सब गाउँछन्।  
सुस्वास्थ्य र दीर्घायु उत्तरोत्तर प्रगति 
दुर्गाको दृष्टि पाएर चेतना सल्बलाउछन् । 
बिना द्वन्द्व कतै हुन्न  चाड यो अतिरंजन
धन्यवाद दुबैलाई दुर्गा र चेतनोत्तम । 

कविता -म नेपाली जब ब्युझिए 
Shekhar Dhungel

आज म नेपाली ले कस्तो सपना देखे
म नेपाली त् हराए हराए
मेरो देश समेत हराएको देखे
म नेपाली विदेश तिर भागी रहेको
म नेपाली अरु को भाषा बोल्न व्यस्त रहेको
म नेपाली बिदेशी भेष मा कतै हराई रहेको
म नेपाली अरु को सस्कृति मा भिज्दै रमाई रहेको
उफ्फ उफ्फ यो कस्तो सपना ?
मेरो देश मा अर्कै भाषा बोल्ने भिड छिरी सकेको
मेरो देश मा अर्कै धर्म ले झन्डा गाडि सकेको
मेरो देश मा बिदेशी सस्कृति शासन गरी सकेको
न् त् म मेरो देश का नेता को बोलि को भाषा बुझ्छु
न् त् मेरो देश का नेता मा नेपाली भेष देख्छु
न् त् मेरो देश का नेता मा नेपाली पन र मन देख्छु
मेरो सगरमाथा ज्वाला निकाली रहेको थियो
मेरो लाली गुराँस डढेर भटाभट लड्दै थियो
मेरो बौद्ध स्तुपा धर धर आँशु खसाली रहेको थियो
मेरो झरना हरु मा तातो खरानी झर्दै थियो
मेरो नदि हरु लाभा बोकी स्तम्भित थियो
म त् मस्त थिए निन्द्रा मा कसैले ढोका ढक ढकायो
मैले उसको भाषा बुझ्न सकिन
मैले ऊ को थियो चिन्न सकिन
जब उसले मेरो नागरिकता खोस्न थाल्यो
तब !
म नेपाली ब्युझिए मेरो होस् खुल्यो
देखे !
म नेपाली को मुख मा भ्रस्टाचारी को घोचो थियो
म नेपाली को हात् मा दलाल को हथकडी थियो
म नेपाली को खुट्टामा बिदेशी को "मुढा"थियो
म नेपाली को आँखा मा भ्रम को पट्टि थियो
म नेपाली को अन्तरात्मा र बिबेक किनिएको थियो
म नेपाली को नेपाली पन को अस्तित्व लुटिएको थियो
म नेपाली ले केहि गर्न सकिन
म नेपाली को भाषा बुझ्ने कोइ थिएन
म नेपाली हराई सकेको रहेछु मेरो देश भित्र
म नेपाली को देश नेपाल हराई सकेको रहेछ भूगोल भित्र
उफ्फ आज म नेपाली ले किन यस्तो सपना देखे ?
--
Shekhar Dhungel (शेखर ढुंगेल)
http://katunjedhungel.blogspot.com/
***************************************
*  जिदगी भर कहिले बिरामी नपरेकी र कुनै औषधी नलिएकी अबल दर्जाकी नेपाली महिला साहित्यकार प्रेमा शाह यो पटक अमेरिकामा बिरामी पर्नु भयो । तर जल जस्तै कन्चन छोरी जल शाह, नातिनी कलश र ज्वाँई को सहयोग बाट हाल ठीक  भै घरमै आराम गर्दा प्रेमाको कलम यसरी कोरिएछ कागजमा । हेर्नुस् वहाँको हस्त लिखित ३ टुक्काहरु । प्रेमा शाहको कलम जती प्रशँशा गरे पनि कमै हुने खालको छ ।       









पशुपती क्षेत्रका आजकलका बांदरहरु !
- रामप्रसाद खनाल
दक्षिणकालीमा भेटिएका केही बाँदरहरु
आजकल पशुपतीकै नाक अगाडि
एउटा डरलाग्दो ढेँडु सँगै बथान बाँधेर
काठमाडौं बिच शहरमा
दिन दाहडै मान्छेहरु चिथोर्दै छन
कसैको हातमा केही देख्नै हुन्न उनिहरु
हाकाहाकी खोसेर खान्छन
मानौ संसार उनिहरुको हो
उनिहरुलाई कसै सँग डर छैन
उनिहरु खोसेरै खान जन्मिएका हुन
ति ढेँडु बाँदरको हुललाई
कसैले केही बोल्नुहुन्न
खोसेर खाँदा पनि आँखा खोल्नु हुन्न
आँखा खोले ढेँडु पहिला बौलाइहाल्छ
तिखा दाँत र मुख बिगारेर चिथोर्न आउँला जस्तो गर्छ
अनी पछाडि हुल बांधेका अरु बांदरहरु
ढेँडुको सिको गर्दै उसले जस्तै तर्साउन खोज्छन
अनेक थरिका डर लाग्दा आवाजहरु सुसेल्दै
उल्टै सज्जन मानिसहरु लखेट्छन
ढेँडु कहिले रोए जस्तो गर्छ कहिले हाँसे जस्तो
बिच सडकमा अनेक तमासा देखाउँछ
रुप रँग बोली भाषा फेर्न माहिर
उसलाई देख्दा लाग्छ
उ सिपालु चटकेबाटै तालिम प्राप्त छ
उसले आफु पछाडिका अरु बाँदरलाई यसरी नचाउँछ
मानौ उ अरुलाई नचाउन र र थँच्याउन मात्र जन्मेको हो
कसैलाई अगाडि पर्न दिन्न उ
खोस्ने खाने काम को नेत्रित्व
आफु बाहेक कसैलाई गर्न दिन्न उ
आजकाल पशुपती क्षेत्र उसकै आतंकमा बाँचेको छ
पशुपतिको भजनमा श्रध्दालु भक्तजन होइन
बांदरहरुको हुल नाचेको छ
त्रिनेत्र चिम्लेर भोले गाँजाको नशामा मस्त छन
यही मौका छोपेर
भक्तजन लुट्नमै बांदर हुल ब्यस्त छन !

************************************************




आइ लभ यु भेगस !
- रामप्रसाद खनाल
लज्जालु अनी घुम्टो भित्र लुकेर बसेकी
दिनभरी मस्त निन्द्रामा सुतेर
सन्ध्या पर्न पाएको छैन
श्रींगारले झपक्कै हुने
छचल्किएको बैशले उन्मत्त
सबलाई जगाउन पल्केकी
प्यारी भेगस !
पहिलो नजरमै मोहनी लगाउँदै
एकाएक मलाई माघको चिसो रातहरुमा
स्वागत गर्दै
अँगालोमा बाँधेर
मिठो चुम्बन सहित
यसरी आकर्सित गर्यौ
म सँग शब्दमा कुनै बयान छैन
दिन चाहन्छु तर दिने अर्को ज्यान छैन
भेगस,
त्यो बेला कि भर्जिन भर्जिनिया सँग
प्रेम नगाँसेको भए
उनिसँग लठिएर नहाँसेको भए
म यतै तिम्रो आलिंगनमा सधैं बांधिएर बस्थें होला
तिम्रो मुटु भित्र पस्थेँ होला
माया प्रेमको डसाइ डस्थें होला
माघका चार चिसा रातहरुमै
मेरो मन मुटु चोर्यौ
मेरो खल्ती रित्त्याइ तिमीलाई भने जोर्यौ
तिम्रा हरेक अँग अँगमा
चुम्बकले जस्तै तान्ने शक्तीहरु देखेँ
तिम्रै पछाडि दौडने असँख्य भक्तिहरु देखेँ
भर्जिन भर्जिनियालाई सिन्दुर नहाल्दै
यदी तिमी सँग भेट भएको भए
शायद म तिम्रो आलिंगनमा बांधिरहन्थेँ होला
तिम्रो छचल्किएको बैश सँग नाचिरहन्थें होला
यो जुनिलाइ छुट्यो प्रेमको झोला
भर्जिनिया धेरै अप्ठ्यारी छन
डिभोर्स गर्न निकै गार्हो छ
तिमीसँग जिबन बिताउन चाहेर पनि सार्हो छ
तर चिन्ता नगर भेगस
म उनको आँखा छलेरै सहि
तिम्रो मिठो चुम्बन लिन
बेला मौकामा लुकिछिपी आइरहनेछु
तिम्रो उन्मत्त बैशको गीत गाइरहने छु
मेरी प्यारी लस भेगस
तिम्रो उन्मत्त बैशको गीत गाइरहने छु !
Photo: आइ लभ यु भेगस !
- रामप्रसाद खनाल 
लज्जालु अनी घुम्टो भित्र लुकेर बसेकी
दिनभरी मस्त निन्द्रामा सुतेर
सन्ध्या पर्न पाएको छैन
श्रींगारले झपक्कै हुने
छचल्किएको बैशले उन्मत्त
सबलाई जगाउन पल्केकी
प्यारी भेगस !
पहिलो नजरमै मोहनी लगाउँदै 
एकाएक मलाई माघको चिसो रातहरुमा
स्वागत गर्दै
अँगालोमा बाँधेर
मिठो चुम्बन सहित
यसरी आकर्सित गर्यौ
म सँग शब्दमा कुनै बयान छैन
दिन चाहन्छु तर दिने अर्को ज्यान छैन
भेगस,
त्यो बेला कि भर्जिन भर्जिनिया सँग 
प्रेम नगाँसेको भए
उनिसँग लठिएर नहाँसेको भए      
म यतै तिम्रो आलिंगनमा सधैं बांधिएर बस्थें होला
तिम्रो मुटु भित्र पस्थेँ होला
माया प्रेमको डसाइ डस्थें होला
माघका चार चिसा रातहरुमै
मेरो मन मुटु चोर्यौ
मेरो खल्ती रित्त्याइ तिमीलाई भने जोर्यौ
तिम्रा हरेक अँग अँगमा
चुम्बकले जस्तै तान्ने शक्तीहरु देखेँ
तिम्रै पछाडि दौडने असँख्य भक्तिहरु देखेँ
भर्जिन भर्जिनियालाई सिन्दुर नहाल्दै
यदी तिमी सँग भेट भएको भए
शायद म तिम्रो आलिंगनमा बांधिरहन्थेँ होला
तिम्रो छचल्किएको बैश सँग नाचिरहन्थें होला
यो जुनिलाइ छुट्यो प्रेमको झोला
भर्जिनिया धेरै अप्ठ्यारी छन
डिभोर्स गर्न निकै गार्हो छ
तिमीसँग जिबन बिताउन चाहेर पनि सार्हो  छ 
तर चिन्ता नगर भेगस
म उनको आँखा छलेरै सहि
तिम्रो मिठो चुम्बन लिन
बेला मौकामा लुकिछिपी आइरहनेछु
तिम्रो उन्मत्त बैशको गीत गाइरहने छु
मेरी प्यारी लस भेगस
तिम्रो उन्मत्त बैशको गीत गाइरहने छु !
कस्ता मान्छे, मुखमा राम राम बगलिमा छुरा
काउलो पार्दा ठीक्क उन्लाई, कती जान्या कुरा !
पहिलो भेटमा दँग पार्छन, दोस्रो भेटमा भँग
नक्कली ति आश्वाशन हुँनन कहिले पुरा
सडकमै भए पनि ठुलो हुँ म ठान्छन
चाकडीमा दिन बित्छ गफ मै मात्र सुरा
उनी ठुला मान्छे अरे, अरु उनका दास
उनी ठान्छन अरुलाई केही नजान्ने भुरा !
-Ram Prasad Khanal


 

 
 




 
- Ram C. Sharma

 कैलासको मझेरीमा  बसी सर्को नतान है !
डुब्न आट्यो विभाजनले यस्तो धर्को नतान है !

1

जति बस्छौ तिमि आफै यहाको नागरिक भै !
प्रदुषण सही बस्दा  पल्लो घरको नतान है !!

2

मच्चियो खिचडीतन्त्र चुलियो राज्य विप्लब !
अनुशासन राख्नु छ न्याय थरको नतान है !!

3

खुल्नेछ कहिले तिम्रो नेत्र तेस्रो छ काम के !
हुन्छ रे ज्येठमा केके भोट करको  नतान है !!

4

समस्या यो नसुल्झाई निद्रा लाग्ला छिटै बरु !
मृगचम  हटाएर  सुत्न  बर्को  नतान है !!


ढाडे बिरालो
- Ram C. Sharma

जात, नाम बिरालै हो साथि संगत छोड्दछ
मिलेर बस्न मान्दैन तर त्यो बंश जोड्दछ
 (1)

डुल्छ, खान्छ घुमी मस्त घरमा हुन्न साथमा
श्रिस्ठीको कामना गर्छ देखा पर्दछ रातमा
(2)

दूध चोर्न सिपालु त्यो खुलै झ्याल हुदा खति
भेटमा हमला गर्छ निमोठी मार्छ सन्तति
(3)

झुल्किन्छ कहिले काही स्वर म्याउ ठुलो गरि
कलिला गुडका बच्चा खोसेर खान्छ पेटभरि
(4)

छुट्टयाउन उ जान्दैन न्याय के हो छ के उचित
नेता नेपालका यस्तै दर्जामा छन् अनुसुचित
(5)

कुनै ढाडे बिरालो झैँ ढ्यांग्रो ठोक्ला स्वभावमा
साबधान सबै होउँ भोट माग्लान चुनाबमा !
(6)

फेरी हुन्छ अरे भन्छन यही उनकै दबाबमा
उल्टो लोप्पा ठिकै पर्ला भोट मागे चुनाबमा

**************************
शक्तिखोरमा झरेपछी !

  -- रामप्रसाद खनाल

 बिरानो पो भइँदो रहेछ सात समुन्द्र तरेपछी
जाँगर पनि घट्दो रहेछ तालुका रङ झरेपछी
सुख बल्ल हुने होला जिब्रो टोकी मरे पछी
गन्तब्यहिन यात्री भइयो प्रबास बसाइ सरेपछी
के नै बाँकी रह्यो आतंकले राज गरेपछी
सुन्दर शान्त देशै भँग, शक्तिखोरमा झरेपछी ! 

************





*************************

 ************************************************

 

 



************************************************************


सुत जनताहो अझै सुत, आर्यघाटमा लम्पसार जलाउनुअघिको लाश जस्तै बनेर सुत ! गणेशमानले दिक्क भएर भनेको "भेंडा" जस्तै बनेर सुत !



      

**************************







कठै मेरो नेपाल !
- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका   
 
 नयाँ नेपाल चिर्दै चिर्दै एघार पो गराउने रे
बाउन छेत्री सबैलाई दैलेख तिर भगाउने रे
जात जातिका नाममा सबले राज्य पाउने भए
थाहा छैन नेपालका नेपाली ति कता गए
नेवार, मगर, गुरुङ, तामाङ्, लिम्बु, दलित सबलाई भाग
स्वायत्त मधेश एक प्रदेश पुरा हुने भयो माग
जात जातिका आधारमा देश टुक्रा पर्ने भयो
हेर्दा हेर्दै मेरो सुन्दर शान्त नेपाल कता गयो
काँक्रो चिरे जस्तै चिर्दै देश बाँडी खाने भए
नेपाल र नेपालीको अस्तित्वनै लाने भए
राष्ट्रिय त्यो पोशाक र हिन्दू धर्म पनि खाए
देश चिर्दै नेताहरु भाग बिला पनि लाए
लोकतन्त्र गणतन्त्र भन्दै देश लाई यहाँ ल्याए
कठैबरा हाम्रो नेपाल नेताले त भ्याउनुभ्याए !     
 आजकलका ठिटा ठिटी
बुवा आमा भन्ने लाई हाय भनी बात गर्छन्
आदर भन्ने कुरै छैन हात मिलाउदै घात गर्छन्
ढाम मार्दै कुममा हात राखी अपमान गर्छन्
आजकलका ठिटा ठिटी यस्तै यस्तै काम गर्छन्
मान्यजनको अपमान हुने सधै कुरा गर्छन्
२० / २५ का अल्लारेले ८४ का कुरा गर्छन्
चिट्ठा पर्या ग्रीन कार्डले संसार हाँक्या कुरा गर्छन्
छोइसक्नु छैनन हजुर उन्कै ठुला कुरा गर्छन्
मान सम्मान र इज्यत के हो भन्ने कुरो अत्तो छैन
आफ्नो बिगत चट्ट भुल्छन हैसियत को पत्तो छैन
बुढाबुढी मान्यजनले बरु उल्टै लाज मान्छन्
उल्टो उल्टो गर्ने हरु बहादुरीको काज मान्छन

          Feb. 4, 2012 
*****************************************************************

*******************************
                   यसो भने कसो होला ? - रामप्रसाद खनाल 
नपर्दा त "ज्यान दिन तयार छौं है" भन्नेहरु
पर्दा खेरी खुट्टा तान्दै सुइकुच्चा ठोक्नेहरु
लडाउन एक अर्कालाई काइते कुरा बोक्नेहरु
स्वार्थ सिद्ध गरेपछी जोड जोडले भुक्नेहरु
चाहिएको बेला दुला पसी सधैं लुक्नेहरु
एकैछिनको खहरे खोला सुके जस्तै सुक्नेहरु
स्वार्थ सिद्ध गर्न मात्र लल्याक लुलुक भुक्नेहरु
यस्ता "महान"हरुबाट शिक्षा सधैं लिनुपर्छ
शिक्षा दिएकोमा उनलाई धन्यवाद दिनुपर्छ
साँचो कुरा बोल्ने यहाँ सधैं धोका खाइराछ 
यसो भने कसो होला ? भन्ने हाम्लाई लाइराछ ! 





 ***********************************************************************

मेरो त्यो “एक बर्ष” आउने भएन ! 

 - रामप्रसाद खनाल - 

"शान्तीबादी" पार्टी माओवादीबाट 

बिना कारण अपहरणमा परी 

झण्डै मारिएको म !

यु एन देखी इयू लगायतका 

सारा  मानबाधिकारबादीहरुको पहलमा 

अपहरण मुक्त त भएँ 

तैपनी छोडेनन धम्काउन "शान्तिबादीहरु" !

जिउ ज्यानकै ठर ठेगाना नभएपछी 

बिबश भएर नेपाल छाडेको म 

बाध्यताले परदेशी बन्न पुगेँ        

चार बर्ष अंघि रुंदै नेपाल छोड्दा 

सोँचेको थिएँ 

एक बर्षमा कसो शान्ती बहाल नहोला ?

अनी फर्किउंला स्वदेश

बस्दिन बिदेश 

तर, 

तर मेरो त्यो एक बर्ष आउंदै आएन

चार / पाँच बर्ष बित्दा पनि 

मेरो एक बर्षले चालै पाएन 

सम्झौतै सम्झौताका रास 

थाहा छैन हाम्री शान्तिको 

कहां छ बास !?

कला र सँस्क्रितिको लागि

लोक गीत र दोहोरी गीतको लागि 

केही गर्नुनै मेरो अपराध साबित भएछ 

दुई दशक लामो पत्रकारिता मार्फत 

जनताका आँखा खोल्नु गलत भएछ 

"शान्तिबादीहरु" लाई लागेछ  

लोक गीत र दोहोरीमा मैले बिक्रिती ल्याएँ 

उनिहरुका “क्रान्तिकारी गीतहरु” धमिल्याएँ 

उनी “शान्तिबादीहरु”का कुरालाई 

मेरो पत्रकारितामा राम्रो भन्न सकिन 

बास, बास 

त्यहा भन्दा ठुलो गल्ती मैले के नै गर्नु पर्यो ?! 

"शान्तीबादीहरु" आजकल सिंहदरबारमा छन 

त्यती मात्र होइन “लुम्बिनी” तिर लागेका छन 

घर जग्गा खोसिएर रुंदै हिंडेका जनता जस्तै 

म पनि बिदेशमा रोइरहेको छु 

मन का दु:ख र पिंडाहरु

आँशुले धोइरहेको छु !

हेरेको थिएँ शक्तिखोरको प्रचण्डको भिडियो 

उनको शान्ती र संबिधानको फेहरिस्त 

देख्दैछु अहिले त्यही "शान्तीपथ"

सुन्दैछु नयाँ नेपाल र संबिधानका गफ

फेरी ६०१ को म्याद थप !

मेरा हरेक दिन र रातहरु 

यसै भन्दै र छट्पटाउँदै बित्दै छन !

मुस्ताङ गाडीका अगाडि र पछाडि 

टोयोटा र पजेरोहरुका लाँबा लस्कर 

हिसिला माताका करामत 

बाबुरामका माफी सिफारिसहरु

प्रचन्डका घर जग्गा फिर्ता हरु 

बैद्यका घर जग्गा कब्जाहरु 

मन्त्रीहरुका भ्रस्टाचारका कहानीहरु 

बाबुरामको बिद्वता र निर्णयहरु 

स्कुले बालकका सुटकेशमा लाशहरु 

यस्तै यस्तैका बिचमा 

शुशिल दाई र शेरबहादुरका जुहारीहरु 

झलनाथ र केपी माधबका जुहारीहरु 

बिदेशमै इज्जत लुटिएर रोइरहेका बुहारीहरु

यस्तो देख्दा मलाई लाग्छ 

चार बर्ष अघी मैले नेपाल छाड्दाको 

मेरो त्यो “एक बर्ष” आउने भएन !                 

- रामप्रसाद खनाल  (11/11/11, US)

जँगलमा बस्ने जँगली जनावरहरु
बरु एक आपसमा मिलेर बस्छन
एक जनावरलाई कष्ठ आइपरे
घेरो हालेर, शत्रु सँग जुध्न घुँडा धस्छन
तर हाम्रा प्राणीमा उत्तम "मान्छेहरु"
एकले अर्को सिध्याउन गौँडो कुरेर बस्छन !
* * * * * *
पहिले जँगली जनावर सँग मात्र हुन्थ्यो रे डर
मान्छेले मान्छे सँग गर्थे अरे भर
आजकल, आजकल जमाना नै उल्टा छ
मान्छेले जँगली जनावर सँग मान्न छाडे डर
मान्छेलाई मान्छे सँग छैन कुनै भर
जसलाई जे मन लाग्यो गरे हुन्छ गर !
* * * * * *
जँगली जनावरबरु सम्बेदनशील देखिन थाले
"बाबु कलीमा यस्तै हुन्छ" भन्थे बुढाबाले
सत्य, धर्म, न्याय सबै हराउन थालेपछि
कस्तो आशा गर्नु अब हामीले
गोमन सर्प लाई दुध पिलाई पालेपछी
चोरलाई चौतारो साधुलाई शुली हुन थाले पछी
थलिनै पर्दो रहेछ एक दिन रोग धेरै पालेपछी
कसरी निको होस घाऊ  उल्टै नुनचुक हालेपछी
अन्त्यमा कोही बाँकी हुने छैनन आतंकले घर बालेपछी
* * * * * *
के होला यहाँ भोली, आम माफी दिन थाले पछी
को नै बाँच्ने होला यहाँ रोगले झन झन गालेपछी
कस्तो होला देश भोली गलगाँड पालेपछी
मान्छे मार्नेहरु सेना र मन्त्री बन्न थाले पछी
आतंकबादका नाइके बुद्धको लुम्बिनीमा लागेपछी
कस्तो होला देश अब सबै बिदेश भागेपछी ...!
* * * * * *

**********************************










*************************



  पड्काइदेउ अर्को गालामा पनि "परेको म बेहोरौंला" !
                                            -  रामप्रसाद खनाल -
(आजकाल हाँस्य टेलिसिरियलहरुले नयाँ नयाँ थेगो र शब्द प्रयोग गर्दै  मान्छे हसाइ रहेका बेला तिनै थेगो लाई प्रयोग गरेर एउटा सानो कबिता कोरेको छु यहाँ,  ति सिरियलका थेगो र नामका आधारमा कबिता लेख्दा कबिता यस्तो पो बन्यो ! त्रुटी भए माफ पाउँ है ! )
"प्वाक्क मुखमा हान्दिउ जस्तो" लाग्छ
यी "मुलाका साग"  हरुलाई
देश वर्वाद पार्ने "दुवा तिर्कीहरुलाई"
देश बनाउछु भन्छन् खाएर नअघाउने
यी चण्डाल "भोके" हरु
वंगलादेशी "राता मकै" ज्वाईहरु
रुप फेरि रहने "असिनेहरु"
असिनेका मतियार "ठूली" हरु
"पार्टिलाइ  सहयोग गरेका
समानुपातिकमा परेकाहरु"
"नियम कडा बनाउने जुंगे हवल्दार" हरु
देश खोक्रयाउने "खुराफाती" थुप्रै छन् अरु
"हामीलाई लाइराछ" भन्ने हरु देख्दा
महंगी, अशान्ति, असुरक्षा भोग्दा
नबुझ्ने
हरु छन् "गाला" मा ठोक्दा
त्यसैले होला मलाई पनि भन्न मनलाग्छ
ठोकिदेउ अर्को गालामा पनि
"परेको म बेहोरौंला"
उट्पट्याङ  गर्ने "धर्मुसे" र "सुन्ते" हरु
ग्राहक ठग्ने "माइला साहु" हरु
"वडा अध्यक्ष" "गोप्ते काजी" र "थालमुखे" हरु
विचरा "माग्ने बुढा" हरु संग के नै छ र अरु ?
चल्दैन देश  "हर्के हवल्दार"
हरु वाट
आखिर  देश जान्छ कि जस्तो छ "घाट"

यो "तितो सत्य" हो जनता
बन्नै पर्छ अब "जिरे खुर्सानी"
सधैं "मेरी बास्सै" भनेर मात्र के गर्ने
"हिजो आजका कुरा" "गोलमाल" छन
नेताले जनतालाई सधैं "झ्याइँकुटी झ्याइ"
"तात्तो न छारो"
को  नेता गर्छन् मपाईँ



जल्ने र इर्श्या गर्नेहरुमा समर्पित गजल
- रामप्रसाद खनाल
कुरा काट्ने जल्नेहरु, कति सक्छौ जल्दै गर
इर्श्या डाहा गर्नेहरु, इर्श्या डाहामै मर्दै गर
कौवाले कान लग्यो भन्दा, दौडिने हो दौड्दै गर
कल्पनाको सागरमा, पौडिने हो पौड्दै गर !

खुट्टातान्न रम्नेहरु, खुट्टा तान्दै रम्दै गर
मलाई गाली गर्दा खुसी, लाग्छ भने गर्दै गर
पापको घैंटो भर्नेहरु, कति सक्छौ भर्दै गर
बाँदरको देखासिकी, गर्नेहरु गर्दै गर !


सुल्टो गर्दा उल्टो हेर्ने, अझै उल्टो हेर्दै गर
राम्रो गर्न खोज्दा उल्टो, देख्नेहरु देख्दै गर
कुरा काट्दा रम्नेहरु, अझ तिमी रम्दै गर
उडाउनमै जम्नेहरु, अझै तिमी जम्दै गर !

अघि ठिक्क चिप्लो बोल्ने, अझै चिप्लो बोल्दै गर
मलाई पोल्दा शितल भए, हुन्छ अझै पोल्दै गर
वास्तविकलाई अवास्तविक, भन्नेहरु भन्दै गर
तिम्लाई निको लाग्छ भने, मलाई दोषी गन्दै गर !

मलाई भीरमा ठेल्दा तिमी, बाँच्छौं भने ठेल्दै गर
खुट्टातान्ने, कुरा काट्ने, हरु अझै पेल्दै गर
झूठो कुरा साँचो भई, साँचो कहिले झूठो हुन्न
खुट्टा तान्ने तान्दै जाउ, बुझेको छु मत रुन्न !


फुर्सदका बेला दुई हरफ !

- रामप्रसाद खनाल


जसलाई आफ्नो सम्झन्छु म, उही फर्की टोक्न आउंछ
विश्वाशघात मात्रै होइन, छेक्ला भन्दा ठोक्न आउंछ
कुरा काट्दै तथानाम, इर्स्यालुकै घर धाउंछ
खुट्टा तान्दै, उडाउँदै, पँधेर्नी झै गीत गाउँछ
आफू आफ्नो धरातल, बिर्सनेले धोक्का पाउँछ
इर्स्यालु हो ख्याल गरे, तिम्रो रुने दिन नि आउंछ !

__________________________________________

भो अब यहाँ भन्दा बढी नयाँ नेपालको कुरा नखोलम !!!

बाउन्न साल अघिको शान्ति कता गयो ?
मेरो देश आज सबैको प्रयोगशाला भयो !
चारतारे आए प्रयोग गरे खानु खाए
त्यसपछि हंसिया हथौडा आए राम्रै पालो पाए
भएन भनेर सबै मिले माकुरे जालो लाए
महाराज पनि के कम आए नभएको पगरी लाए
समग्रमा देश पालै पालो सबैले चलाए
देश चलाए, आफु पनि पलाए, आफ्ना पनि पलाए
खरानीका लागि युद्ध, मट्टितेल छर्कदै देश, झन पछी झन जलाए !
जनताका नेता कपालमा जेल, पजेरो र महँगा पलङ
उनिहरुबिचमै एक अर्कामा जलन, जप्दै शान्तिको मलम
बन्दुकको डर, जनता भन्छन कसरी बोलम
भो अब यहाँ भन्दा बढी नयाँ नेपालको कुरा नखोलम !!!

- रामप्रसाद खनाल

भुल्यौ मेरो मनको साथी टँक तानसेन बसेपछी
यो अभागी तिम्रो साथी मुग्लान तिर पसेपछी
नारद सरको हार्मोनियम बासुरी नि छोड्नु पर्‍यो
कस्तो रहेछ हेर भाग्य सबै कुरा तोड्नु पर्‍यो

कस्ता भए हौला तिमी मास्टर साब भए पनि
तिम्ले भुले हौला, मैले छैन टाढा गए पनि
तिमी सँग रात भरी बसी झ्याउरे गाँउन पाएत
पख टँक तिमीलाई म छोडदिन है नेपाल आएत

नभुले है तिम्रो हाम्रो मित्रता त्यो डल्लु बाजे
ब्यक्त गर्न सक्दिन म मिस गर्याछु कल्लु बाजे




   

3 comments:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete
  2. अरु हाँस्दा आफु रुने पनि मान्छे
    फुल छोडि काडा रोज्ने पनि मान्छे
    अचानोमा मनराखी छियाछिया काटिदिन्थे
    दुख्यो मलाई ऐया!नभन्ने पनि मान्छे
    म्रित अस्मितामा शरीर बेचिदिन्थे यहाँ
    जिउदै काँचो मासु लुट्ने पनि मान्छे
    कलियुगमा धर्म,देबता,आस्था छैन
    दियो जलाई ढुङ्गा पुज्ने पनि मान्छे
    बनावटि प्रितसङै भाचिएको दिल लिई
    स्वच्छ प्रितको दिल जोड्ने पनि मान्छे
    swarup rijal'muskan'/heavenly_muskan@yahoo.co.in

    ReplyDelete
  3. malai nepal mother .com asdhyai man par6 maile dherai kura haru pani janne mauka paya . amrica lagayat anne muluk bata pani kabita gajal muktak haru pathauna sakido rahe6 mapai kehi kura haru pathaune koshis garne 6u. ra malai yo ramro lagyo

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक