20080921

आगे रुक्मागत कटवाल कै जो मर्जी !!!!






रुक्मागत कटवाल, नेपाली सेना का नायक, हाल सम्म कै चर्चित र बहादुर भनी कहलाइयेका र बिबादित प्रधानसेनापती पनि, उनी बाट नेपाली जनता मात्र होइन सारा संसार ले धेरै कुरा को आशा र माओवादी सँग झुक्दैन भनी भरोसा पनि राखेका छन तर प्रचन्डले बिस्तारै पेल्दै उन्का कथित जनमुक्ती सेना लाई नेपाली सेना मा गाभ्न खेल खेल्दै छन, उनी झुके भने नेपालको ईतिहास ले उन्लाई कहिलेपनी माफ गर्ने छैन आगे रुक्मागत कटवाल कै जो मर्जी !!!!!!

गिरिजाबाबुको चाल् : देश खाल्टामा हाल
गणेश मान सिंह, कृष्ण प्रसाद भट्टराई देखी राजा ज्ञानेन्द्र सम्म लाई धोक्का दिएर नेपाल लाई यो अवस्था सम्म ल्याउने र देश लाई खाडल मा पुर्याउने, अनी फाशि मा झुन्द्याउनु पर्नेहरु लाई सत्ताको बाग्डोर सुम्पने नेपाली खलनायक गिरिजा बाबु अहिले सत्ता बाहिर रहदा पानी बिना को माछो जस्तै भएका छन । राष्ट्रपती हुन नपाए पछी उनी फेरी बर्बराउन थालेका छन । उनी फेरी सरकार ढाल्ने खेल मा छन र फेरी मर्नेबेला हरियो काँक्रो भनेझै सत्ता का लागि ताना बाना बुन्दै छन ।
राजनीतिक शास्त्रका विद्यार्थीहरुलाई विद्यावारिधि गर्ने शोधपत्र नै हुन्, गिरिजाप्रसाद कोइराला । जीवनले चार बीस पा"चको टेको काटिसक्दा पनि उनको राजनीतिक दम्भमा कुनै शितिलता आएको छैन । भदौको दोस्ा्रो र तेस्रो साता पर्ूवप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति कोइरालाले बोलेका माथिका शब्दहरु केलाउ"दा उनलाई अझै सत्ताको मोह त्याग नभएको महसुस हुन्छ । कोइराला निकटस्थहरु यस आरोपलाई त्यति रुचाउ"दैनन् । भन्छन्, "अहिलेको जटिल शान्तिप्रक्रियामा गिरिजाबाबुजस्तो विशिष्ट नेताको जरुरत पर्छ । तर माओवादीले उहा" पाखा लगाउन खोजेको छ ।" शान्तिप्रक्रियामा मध्यस्तताको भूमिका खेल्दै आएका नेकपा -एकता केन्द्र) का महासचिव नारायणकाजी श्रेष्ठ -प्रकाश)का शब्दमा, "गिरिजा बुज्रुवाहरुका पनि महान टाइकुन हुन्, जसलाई अहिलेको अवस्थामा चाहेरै पनि मुलधारबाट अलग्याउन सकिदैन ।" प्रकाश थप्छन्, "उनलाई मुलधारबाट माइन्स गराउन खोजियो भने पनि त्यसले अर्को संकट निम्त्याउ"छ ।" हुन पनि ०५८ साल साउनमा होलेरीमा सेना परिचालन नभएको भन्दै पर्ूव राजास"ग तुष बोकेका कोइरालाले त्यसपछि बनेका कैयौं सरकारको नेतृत्व गर्न पटकपटक राजाबाट अफर आउदा पनि त्यसलाई लत्याए । बरु उल्टै उनी व्रि्रोही माओवादीस"ग हातेमालो गर्दै जनआन्दोलन मात्रै गरेनन्, संविधानसभापछि मुलुकमा गणतन्त्र पनि ल्याउनमा सकारात्मक भूमिका निभाए । गणतन्त्रपछि भने उनी राजनीतिक विश्राम लिएकोजस्तो देखिएको छ । तर, उनका अभिव्यक्तिबाट कुनै त्यस्तो छनक पाइदैन ।
संविधानसभा लगत्तै कोइराला राष्ट्रपति बन्ने दौडतिर लागे । कतिसम्म भने उनको हिमचिम सेनापति रुकमाङ्गत कटवालस"ग निकै बढ्यो । भारतबाट कोइरालालाई राष्ट्रपति बनाउने ग्रिन सिग्नल दिएपछि त्यसैको तयारी लागि सेनापति कटवालले राष्ट्रपति कार्यालयको प्रवन्ध गर्न एक हजार २५ जनाको सैनिक फोर्स तैनाथीको भित्री योजनासमेत बनाए । त्यो भनेको राजाको सुरक्षार्थ फोर्सभन्दा झन्डै आधा संख्या हो । त्ार त्यसको संरचना भने पुरै राजाको जस्तै विभिन्न सैनिक सचिवालय बनाउने थियो । यसो गर्दा सेनाको सर्म्पर्क सिधै राष्ट्रपतिस"ग मात्र हुने र सम्भावित माओवादीको प्रधानमन्त्रीलाई छाया"मा पार्ने चाल थियो ।

राष्ट्रपतिको चुनाव हुने पक्कापक्की देखेपछि कोइरालाले एक कदम पछाडि हटेर मधेश मुलका डा रामबरण यादवलाई राष्ट्रपतिको उम्मेद्धवार उठाए । आफ्नो मिसनमा कोइराला सफल भए पनि आफूलाई त्यो पदमा पुग्न नदिने माओवादीप्रति सुशृप्त तुष कायमै थियो । फलस्वरुप उनी माओवादीलाई कुनै पनि हालतमा प्रधानमन्त्री पदमा नल्याउने कसरतमा निकै कस्सिए । संविधानसभाका २५ दलमध्ये २० दलका नेताहरुस"ग भेटेर आफू प्रधानमन्त्री बन्ने इच्छाजाहेर गरे । यसपटक भने कोइरालालाई परिस्थितिले साथ दिएनन् । संविधानसभाका २२ वटै दले प्रचण्डलाई र्समर्थन गरेर झन्डै ७६ प्रतिशत सभाषद्हरु कांग्रेतइतरको शक्तितिर ढल्किए ।

कोइरालाको राजनीतिक जीवनको अन्त्यतिर पाएको असफल्तास"गै उनी फेरि एकपटक अर्को कदम चाल्न चाहन्छन् । त्यो के हो भने जसरी कांग्रेसइतर शक्ति बन्यो, त्यसलाई पल्टाएर माओवादीइतर शक्तिको सरकार बनाउने । र, सकभर त्यसको नेतृत्व आफैले गर्ने नभए नेपाली कांग्रेसका आफ्ना 'फेबर' का मान्छेलाई नेतृत्व दिने, त्यो पनि नभए उनले चाहेको मधेशी जनाअधिकार फोरम वा एमालेका नेताहरुलाई सत्ता सुम्पिने । डा यादव राष्ट्रपति भएपछि उनको ठाउ"मा खाली रहेको कांग्रेस महामन्त्रीको पदमा पुत्री सुजातालाई पुर्‍याउने पनि उनको भित्री इच्छा हो । संविधानसभामा करिब २४ प्रतिशतमात्रै हिस्सा ओगट्ने कांग्रेसले मात्रै सत्ता परिवर्तन गर्न सक्छ - वा, कोइरालाको एकल चाहनाले पुत्री सुजातालाई महामन्त्री बनाउन सकिएला - यसको जवाफ पर्खिन केही महिना कर्ुनुपर्ने हुन्छ ।- nepali p.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक