20081009

पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलसँग टिका थाप्न जानेको भिड , राष्ट्रपती निवास मा भने कम...





गत साल बडा दसैं बहिस्कार गर्न आह्वान गर्ने प्रचन्डले प्रधानमन्त्री भएपछी पनि दसैं बहिस्कार गरेका छन । उनिले दसैंको होइन जन युद्ध जितेको र प्रधानमन्त्री भएको खुशीमा भन्दै बाबुबाट टिका लगाएपनी कसैलाई टिका लगाइदिएनन । माओवादी अरु मन्त्री र नेताहरुले पनि दसैं बहिस्कार गरेर सस्कृती र परम्परा मात्र होइन धार्मिक आस्था लाई पनि धोती लगाइदिने काम गरेका छन ।
यता राष्ट्रपती डा. रामबरण् यादव ले सर्बसाधारण लाई टिका लगाइदिएकाछन तर सर्बसाधारण भने पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल सँग टिका थाप्न जानेको भिड अत्यधिक देखियो। राष्ट्रपती निवास मा भने कम देखिए। निर्मल निवास को टिका हेर्न लायक थियो भन्छन हाम्रा काठमाडौं सम्बाददाता । यसै गरी देश भरी र बिदेसमा पनि दसैं नेपालीहरुले भब्यरुपमा मनाएका समाचारहरु प्राप्त भैरहेका छन । अमेरिकामा पनि नेपालीहरुले दसैं भब्यताका साथ मनाएका छन ।

नेपालको राजाको उपाधि खोसिए पनि पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू सम्राट्को शान भने कायमै राख्ने सन्देश यसपालिको दशैंमा दिएका छन्। भारतीय हिन्दू धार्मिक नेताहरूबाट विश्व हिन्दू सम्राट्को उपाधि पाएका ज्ञानेन्द्रले आफ्नो सो पद नेपाल सरकारले खोस्न नसक्ने मौन चेतावनी पनि दिएका छन्। पूर्वराजपरिवारको दशैं कस्तो होला भन्ने जिज्ञासा उठिरहेको बेला ज्ञानेन्द्र शाहले आफ्नो अंशमा पाएको निर्मल निवासमा गएर दशैं मनाए।
उनले विजयादशमीका दिन विगतमा नारायणहिटी राजदरबारमा जस्तैगरी सर्वसाधारणलाई लाइन लगाएर टीका लगाइदिए। गणतान्त्रिक नेपालमा राजनीतिक दल र सरकारबाट जनताले गरेको अपेक्षा पूरा नभएको आक्रोशस्वरूप पूर्वराजाको हातबाट टीका लगाउन सर्वसाधारणको पनि ठूलो भीड लागेको थियो। पूर्वराजाको हातबाट टीका लगाउन जानेहरूमा राजतन्त्रको पुनःस्थापनाका लागि भन्दा पनि परम्परालाई निरन्तरता दिने समुदायको बढी उपस्थिति देखिएको थियो। कतिपयले हिन्दू धर्मको अभिभावकका रूपमा पूर्वराजालाई मानेको प्रतिक्रिया दिए भने कतिपय ले जय–जयकार गरे । राजतन्त्र समाप्त भएर गणतन्त्र आए पनि हिन्दू सम्राट् मानिँदै आएका पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा विजयादशमी २०६५ को टीका थाप्नका लागि सर्वसाधारण, सन्त–महन्थ, धार्मिक सम्प्रदायका व्यक्तित्व र नेताहरूले बिहान १० देखि साढे आठ बजेसम्म लाइन लागेर टीका थापे। पूर्वराजाको हातबाट टीका थाप्नेहरू अत्यधिक थिए। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वशाही मन्त्रीहरू बुद्धिमान तामाङ, टंक ढकाल, रमेशनाथ पाण्डे, दुर्गा पोखरेललगायतका व्यक्तिहरू पूर्वराजाको हातबाट टीका थाप्न निर्मल निवास पुगेका थिए। पूर्वराजाको हातबाट टीका थाप्न जाने विभिन्न व्यक्तिहरूले उनलाई विगतकै शैलीमा बिन्तीपत्र दिएका थिए। टीका लगाउन जानेहरूले पूर्वराजा र पूर्वरानीलाई सरकार भनेर सम्बोधन गरेका थिए भने उनीहरूले घुँडा टेकेर ढोगेको दृश्य हेर्नलायक थियो। कतिपयले भने दर्शनभेट चाहनेहरूलाई पूर्वराजाले दर्शनभेट दिनुपर्छ भनेर बिन्ती चढाएका थिए। तर पूर्वराजा ज्ञानेन्द्र शाहले मुन्टोमात्र हल्लाएको एक प्रत्यक्षदर्शीले बताए। टीका लगाउन पुगेकी निता (उर्मिला) रावल नामकी महिलाले 'सरकार! देश र जनताले दुःख पाए, केही गर्नुपर्‍यो' भन्दा पूर्वराजा ज्ञानेन्द्रले 'म तिमीलाई राम्रोसँग चिन्छु' भन्ने उत्तर दिएका थिए। पूर्वराजाको हातबाट टीका लगाउनका लागि सर्वसाधारण बिहान १० बजेदेखि नै लाइनमा बसे । उनले राति नौ बजेसम्म टीका लगाइदिएका थिए, यद्यपि लाइन बस्ने क्रम भने साढे आठ बजेपछि रोकिएको थियो। पूर्वराजाबाट कतिपय उद्योगी व्यवसायी, पेसागत क्षेत्रका व्यक्तिहरू पनि टीका लगाउन चाहन्थे तर संकोच र डरका कारण राजाप्रति आस्था हुँदा–हुँदै पनि उनीहरू टीका लगाउन गएनन्। 'हिन्दू संस्कृतिको बचाऊ र हिन्दू धर्मका संरक्षकका नाताले राजाको हातको टीका लगाउन सर्वसाधारण गएका हुन सक्छन्,' एक विश्लेषकले भने। पूर्वराजाले एक मिनेटमा २० देखि २३ जनासम्मलाई टीका लगाइदिएको र केही राजनीतिकर्मीहरूसँग भने सामान्य सन्चो–बिसन्चोको भलाकुसारी पनि गरेको प्रत्यक्षदर्शीले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक