20090111

मन्त्रिनै बौलाए पछी कसको के लाग्छ र ?

नागरिकलाई सुरक्षित हुन बन्दुक चाहिन्छ : पुनःसंरचनामन्त्री गोपाल किराँती

मन्त्रिनै बौलाए पछी कसको के लाग्छ र ? तेस्तै भएको छ नेपाल मा अहिले । संस्कृति तथा राज्य पुनःसंरचनामन्त्री गोपाल किराँतीले नागरिकले बन्दुक राख्न पाउने गरी संवैधानिक अधिकार दिनुपर्ने माग गरेका छन् । 'संवैधानिक व्यवस्थामै यसको ग्यारेन्टी हुनुपर्छ,' उनले भने, 'हतियारबिना मानव अधिकारको सुनिश्चितता हुन सक्दैन ।' 'जबसम्म पृथ्वीमा राज्य रहन्छन्, तबसम्म हरेक नागरिकलाई सुरक्षित हुन बन्दुक चाहिन्छ,' क्रान्तिकारी पत्रकार संघको कार्यक्रममा शनिबार उनले भने । उनले राज्यका सेना र प्रहरीको बन्दुकको घेराभित्रमात्र नागरिकको सुरक्षा हुन नसक्ने ठहर गर्दै भने, 'ल एन्ड अर्डरलाई व्यवस्थित गर्न पनि सबैलाई बन्दुक आवश्यक पर्छ ।' साम्राज्यवाद जीवितै भएकाले बन्दुकविहीन राज्यको परिकल्पना गर्न नसकिने उनको धारणा थियो । हतियार पनि राज्य पुनःसंरचनाको महत्त्वपूर्ण आधार भएको उनले बताए । पशुपतिका पुजारी नियुक्ति र खारेजी गर्दा पार्टी लेनिनबाद र माओवादको सिद्धान्तअनुरूप दुई कदमपछि हटेको टिप्पणी गर्दै उनले भने, 'त्यसो नगरेको भए भारतीय जनता पार्टीले राजधानीमा हिंसा भड्काउने तयारी गरेको थियो ।'मन्त्री किराँतीले पशुपति मन्दिरको पुजारी नियुक्ति प्रकरणमा भारत र भारतीय जनता पार्टीले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए । माओवादीद्वारा कब्जा गरिएको जग्गा र सम्पत्ति फिर्ता गर्ने सम्बन्धमा सोधिएको प्रश्नमा उनले सहमति अनुसार फिर्ता गरिने भए तापनि जमिन्दार र सामन्तको सम्पत्ति फिर्ता नगरिने जानकारी दिए । 'अदालतले फिर्ता गर्न निर्देशन गरे पनि जमिन्दार र सामन्तको सम्पत्ति फिर्ता हुँदैन,' उनले भने ।



समय कती बलवान हगी ? माधव नेपाल र बबन सिंह संगै : संविधानसभा अध्यक्ष सुवास नेम्वाङ एमालेका पूर्व महासचिव माधवकुमार नेपाल र बबन सिंहलाई संविधानसभा संवैधानिक समिति सदस्यको सपथग्रहण गराउँदै।



आफ्नै पत्नीको हत्या गरेर शव सहित फरार

वीरगंज/ काँधमा महिलाको शव बोकेर भौतारिँदै गरेको कुनै यूवक फेला परे तपाई नझुक्किनु होला। यी श्री स्वस्थानी ब्रतकथामा उल्लेखीत महादेव हैनन्। न त यिनको साथमा रहेको शब दक्ष कन्या सतीदेवीको नै हो। यी युवक त आफ्नै पत्नीको हत्या गरेर उनको शव सहित फरार रौतहटका हरेराम पटेल हुन्। भरसेढवा-६ का २८ बर्षिय पटेलले विहिबार राती आफ्नी श्रीमती शारदादेवीको हत्यागरी उनको शव बोकेर फरार रहेको रौतहट प्रहरीले जनाएको छ। प्रहरीले व्यापक खोजी गरेपनि हरेराम र उनको पत्नीको शब अहिलेसम्म फेला नपरेपछि देख्नेले नजीकैको प्रहरीलाई खवर गरिदिन जिल्ला प्रहरी कार्यलयले सर्वसाधरणलाई अनुरोध गरेको छ। हत्या लगत्तै हरेरामका दाजु-भाउजुपनि बेपत्ता भएकाले घटना थप रहस्मय बनेको छ। घरायसी झगडाका कारण हत्या भएको प्रारम्भिक अनुमान गरिएपनि दाईजो लगायतका विवादका कारण हत्या भएको हुनसक्ने तर्फपनि प्रहरीको ध्यान केन्द्रीत छ। प्रहरीले मृतक शारदाका सासू भगवतीदेवीलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ। विभिन्न बाहानामा मध्य तराईमा महिला हिंसामा बृद्धि भएको छ। गत मंगलबार पर्साको हरपुर गाविसमा दाइजो नल्याएको निहुँमा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेको समाचार प्रकाशमा आएको थियो। - उपेन्द्र लामिछाने

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक