20090406

सेना समायोजनको विरोध गर्ने अपराधीलाई लखेट्छौं - प्रधानमन्त्री पुष्पकमल दाहाल

हेर्नुसत प्रधानमन्त्री ले यसरी लखेट्ने धम्की दिन मिल्छ ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजनको विरोध गर्नेहरुलाई अपराधीको संज्ञा दिनुभएको छ । जनआन्दोलन दिवसका अवसरमा एकीकृत माओवादीले काठमाण्डूको खुलामञ्चमा गरेको कार्यक्रममा उहाँले सेना समायोजन र पुनर्स्थापनको विरोध गर्नेलाई भ्याकुर लखेटे झै लखेट्नु पर्ने बताउनुभयो । सेना समायोजनको विरोध गर्नेहरु शान्ति सम्झौता विरोधी, संविधान निर्माण विरोधी, लोकतन्त्रको खिल्ली उडाउने अपराधी भएको प्रधानमन्त्रीको भनाई छ । उहाँले एकीकृत माओवादीको नेतृत्वमा बन्ने संविधान नागरिकको पक्षमा हुने डरले त्यसलाई रोक्न केही दलले अत्तालिएर सेना समायोजनको विरोध गरेको आरोप लगाउनुभयो । अन्तरिम संविधान र शान्ति सम्झौत्ाामा सेना समायोजन गर्ने उल्लेख रहेको भन्दै उहाँले सेना समायोजन हुँदैन भन्ने अधिकार अरु दललाई नभएको दावी गर्नुभयो । सरकारले नागरिकलाई राहत र सहयोग पुर्‍याउने तथा परिवर्तनलाई संवोधन गरी नयाँ कुरालाई महत्व दिन थाल्ने वित्तिकै प्रतिगमनकारीहरुमा होहल्ला मच्चिने गरेको प्रधानमन्त्रीको भनाई छ । शान्ति प्रकृया र संविधान निर्माणमा आफूहरु पर्ूण्ा प्रतिवद्ध रहेको प्रधानमन्त्रीले दोहोर्‍याउनुभयो । २०४६ साल चैत २४ गते पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन उत्कर्षा पुगेको दिनका रुपमा स्मरण गर्दै माओवादीले आज काठमाण्डू, नेपालगञ्ज, दाङ, बुटवल, कलैया, विराटनर र कञ्चनपुरमा जनसभा गरेको हो ।

1 comment:

  1. i don't know why? kina mayaobadi la bhanko kura lai shadi naramro shanga lakhna kina tatro risha
    possitive kura pani lakhna maladaina. shadi raja ko martra positive kura lakhna kati thapiye rajabadi ta hoiyna

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक