20090416

वाईसीएलको आक्रमणबाट युथफोर्सका सदस्य गम्भीर घाइते

वाईसीएलको आक्रमणबाट लमजुङमा युथफोर्सका एक सदस्य गम्भीर घाइते भएका छन्। घाइते हुनेमा बेंसीशहर गाविस २ का युथफोर्सका सदस्य ऋषिराम बस्नेत रहेका छन्। बस्नेतलाई बुधबार दिउँसो लमजुङको उदीपुर गाविसस्थित आकासेमा वाईसीएल कार्यकर्ताले आक्रमण गरेका हुन्। कुटपिटबाट बस्नेतको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ। बस्नेतको लमजुङ सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौ लगिएको छ ।
उदीपुरको आकासेमा कवाडी सामग्री खरिद गर्न त्यहाँ पुगेका बस्नेतलाई मोटरसाइकलमा आएका वाईसीएल कार्यकर्ताले आक्रमण गरेका थिए। मोटरसाइकलमा आएका वाईसीएलका २०/२५ जना कार्यकर्ताले एक्कासि बस्नेतलाई घेरा हाल्न थाले, घटनाका एक प्रत्यक्षदर्शीले नाम नछाप्ने र्सतमा भने- घेरा तोडेर ज्यान जोगाउन भागेका बस्नेतलाई लखेटी लखेटी आक्रमण गरे।
प्रत्यक्षदर्शीका अनुसार बस्नेतमाथि वाईसीएल कार्यकर्ताले ढुंगा र रडले हानेका थिए। अचेत अवस्थामा पुगेका बस्नेतलाई सडकनजिकै ऐंसेलुको झयाङमा फालेर उनीहरू भागेका थिए। स्थानीय युवाहरुले उद्धार गरी बस्नेतलाई अस्पताल ल्याएका थिए।

अमेरिकामा उडुस सम्मेलन

वासिङ्टन/ अमेरिकाले पहिलोपल्ट उडुस सम्मेलन गर्दै छ । यो सम्मेलन फेरि पनि रगत चुसुवा कीरो उडुस देखापरेपछि गर्न लागिएको हो । दशकौंअघि उन्मूलन गरिसकिएको भन्ठानिएको उडुस कतिपय सहरका आवासगृहमा, छात्रावासमा र होटलमा फेरि
बौरिएका छन् । उडुस गुन्द्रीमा, सोफा आदिमा राति मानिसको रगत चुस्न बौरिने गर्छन् । यिनले रोगका जीवाणु सार्ने काम नगरे तापनि यिनले टोकेपछि मानिसको अंग सुन्निेने र त्यस ठाउँमा चिलाउनेगर्छ । यसबारे जमिनदार, होटलहरू र आवास अधिकारीको बढ्दो फिरादको सन्दर्भमा अमेरिकी वातावरण संरक्षण एजेन्सीले यो दुईदिने उडुस सम्मेलन बोलाएको हो ।
अमेरिकामा अन्तिमपल्ट यति धेरै उडुस दोस्रो विश्वयुद्धअघि देखिएका थिए । यस्ता उडुस प्रायः सस्ता होटल र गरिब झुपडीमा हुन्छन् । अहिले विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय भ्रमण, अध्यागमन र कीटनाशक वस्तुको प्रयोगमा आएको परिवर्तनले गर्दा विकसित मुलुकमा पनि उडुसको पुनरागमन भएको छ । भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युट तथा स्टेट युनिभर्सिटीकी कीटविद् तथा उडुस विशेषज्ञ डिनी मिलरको भनाइअनुसार उडुस विश्वव्यापी रूपमै बढेका छन् ।
'कतिजना मानिस उडुसको टोकाइले आत्तिएर ओछ्यानबाट हुत्तिँदै बाथटबमा रात बिताउँछन्, म तपाईंलाई भन्न सक्छु,' मिलरले भनिन् । अनुसन्धानकर्ताहरूले बताएअनुसार उडुस मार्न म्याट्रेसमा छर्किनका लागि स्वीकृतिप्राप्त असरदार रासायनिक कमै मात्र उपलब्ध हुनु मुख्य समस्या हो । वातावरण संरक्षण एजेन्सीले स्वास्थ्य तथा वातावरणीय कारणले विगत ५० वर्षभित्र धेरै रासायनिक फिर्ता गरिसकेको छ ।

सशस्त्र र अनुसन्धानका प्रमुख सहित ३० जनालाई अवकाश

सरकारले शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सम्बन्धी नियमावलीमा संशोधन गरी ३० वर्षो सेवा अवधि आजदेखि कायान्वयनमा ल्याएको छ । ३० वर्षो सेवा अवधि लागु भएपछि शशस्त्र प्रहरीका महानिर्देशक वासुदेव ओली र राष्ट्रिय अनुशन्धान विभाग निर्देशक धनसिह कार्कीले आजदेखी लागु हुने गरी अवकास पाउनु भएको छ । शशस्त्र प्रहरी नियमावली २०६५ पांचौ संसोधन र राष्ट्रिय अनुशन्धान विभाग सम्वन्धी नियमावली संसोधन गरी लागु गरिएको संसोधित नियमवली जारी भएपछि शशस्त्रमा ओलीसगै १० जना र राष्ट्रिय अनुशन्धानमा २० जना वरिष्ठ अधिकृतले आजैदेखी अवकास पाएका छन् । गृह मन्त्रालयले शशस्त्रमा वरिष्ठ ए आई जि सनतकुमार वस्नेत र अनुसन्धानमा वरिष्ठ अतिरिक्त मुख्य अनुसन्धान निर्देशन अशोकदेव भट्टर्राईलाई निमिक्त प्रमुखको जिम्मेवारी तोकेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक