20090425

सेनामा विभाजन ल्याउनु माओवादीको ठूलो सफलता

- अनिल पाण्डे

नेपाली सेनामाथि लगातार अपमान भएको छ र यसलाई भित्रभित्रै चिरा पारिएको छ । प्रष्ट रुपमा बाहिर आएको समाचार के हो भने, एक चिराको नेतृत्व प्रधान सेनापति रुक्मांगद कटवालले गरेका छन् भने अर्को खेमाको नेतृत्व रथी कुलबहादुर खड्काको हातमा पुगेको देखिएको छ ।
नेपाली सेनामा विभाजन ल्याउनु एकीकृत माओवादीको ठूलो सफलता हो । किनभने ऊ आज पनि युद्धमैदानमै छ । फरक यत्ति हो- हिजो उसको हातमा बन्दुक थियो तर आज छैन । यद्यपि सफलता भन्ने होभने उसले हिजोभन्दा आज नै बढी पाइरहेको छ । हिजो नेपाली सेना सशस्त्र प्रहरी र जनपदको समेत नेतृत्व गर्दै एकीकृत ढंगले लडिरहेको थियो भने आज सेना एक्लो मात्र परेको छैन, त्यसभित्र पनि चिरा पार्ने सफलता माओवादीले हासिल गरेको छ । तर झट्ट हर्ेदा माओवादीले जितेको देखिए पनि राष्ट्रले भने दिनप्रतिदिन हारिरहेको छ । अन्ततः यसले माओवादीस्वयंलाई पनि दर्ीघकालिक रुपमा लाभ दिनेछैन ।
अखबारमा आएको समाचारलाई विश्वास गर्नेहो भने ऐतिहासिक रुपमा सम्पन्न संविधानसभालाई समेत खारेज गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत नजरबन्दमा राख्ने हदसम्मको तयारी वा षयडन्त्र बुनिएको थियो । यसका लागि कटवाललाई छिमेकी भारतले सघाउने र खड्कालाई माओवादीले मद्दत गर्ने तयारी रचिएको थियो । यदि यस्तो भएको भए मुलुक निश्चयनै अपर्ूव भड्खालोमा जाकिने थियो । एकैसाथ सयौंको संख्यामा नेपालीको जीवन समाप्त हुने अवस्था त थियो नै, साथमा मुलुकभित्र विदेशी सेनाको प्रवेश प्रष्ट थियो ।
माओवादीले सत्ता हातमा लिएपछि अर्थात आठ महिनाअघिदेखि नै हरेक पक्षलाई चिढाउने खेल खेलिरहेको छ । सबैलाई चिढाउने तर सफलता हासिल नगर्ने उसको नियती नै भएको छ । पशुपतिनाथका पुजारी, सैनिक जर्नेलहरुको अवकास र विभिन्न विधेयकआदि यसका उदाहरण हुन् । पछिल्लो समयमा माओवादीले सञ्चारकर्मीलाई पनि नराम्रोसँग चिढाएको छ ।
गत चैत २५ गते प्रधानमन्त्री दाहालले प्रेस जगतमाथि जसरी टिप्पणी गरे त्यो हर्ेदा माओवादी नेतृत्व पत्रकारले विगतमा लगाएको गुन सम्झन चाहँदैन भन्ने प्रमाणित हुन्छ । 'यहाँका ठूला सञ्चारमाध्यमहरु तस्करको हातमा रहेका छन्' भन्ने आरोप प्रधानमन्त्री दाहालले जसरी खुला रुपमा प्रकट गरे, त्यसले एकसाथ रेडियो, टेलिभिजन र प्रेसकर्मी सबैको स्वाभिमानमा आघात पुर्‍याएको छ । एकातिर सरकारले तस्करहरु छन् भनेर स्वीकारेको छभने अर्कोतिर तस्करहरुलाई कारबाही गर्न नसकेको कमजोरी पनि उजागर हुन पुगेको छ । मुलुकमा तस्करहरुको अस्तित्व रहँदा रहँदै पनि सरकार कारबाही चलाउनुको साटो खुला अभिव्यक्ति दिंदै हिंड्छ भने समस्याको समाधान कसले गर्ने - के सरकार प्रमुखको काम समस्याको खुलासा गर्ने मात्र हो - यदि यसो होभने समाधानका लागि कसलाई बोलाउने त -
नेपाली प्रेस जगतमा इमान्दारीका साथ सबै लगानीकर्ताले धन खर्च गरेका छन् भनेर ठोकुवा गर्न सकिन्न । विगतमा 'प्रेस जगतमा चोरबाटोबाट लगानी भएको छ' भनेर तत्कालीन मन्त्री जयप्रकाश गुप्ताले स्वीकार गरिसकेको यहाँ स्मरणीय छ । प्रेसमा लगानी गर्ने कतिपय साहूहरुका विविध उद्योग तथा व्यापार व्यवसाय पनि समानान्तर रुपमा चलिरहेका छन् । यसरी लगानी गर्ने व्यक्तिहरुले प्रेसको प्रभाव अन्य व्यवसायमा लगाएका छैनन् भन्न सकिन्न ।
अन्त्यमा सेनालाई चलाउन पुगेको माओवादीले सबैतिरबाट धक्का खाएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीले सबैलाई मिलाएर जाने व्यवहार देखाउनुको साटो भूमिगत कालमा जस्तै व्रि्रोही बनेर राजनीतिक भाषण दिंदै हिंड्नु र अन्य राजनीतिक तथा कूटनीतिक शक्तिलाई समेत बेवास्ता गरेर निर्ण्र्ााा पुग्नु असफलता निम्त्याउनु मात्र हो ।
यद्यपि कटवाललाई अवकास दिन माओवादीले ठूलै 'काउन्सिलिङ' नगरेको भने होइन । दर्ुइ दिनअघि मात्र सरकारमा आओवादीका तर्फाट दोस्रो वरियतामा रहेका डा. बाबुराम भट्टर्राईले एमालेका दोस्रो प्रभावशाली नेता खड्ग ओली र प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत उनीहरुकै घर-घरमा पुगेर रुक्मांगद कटवाललाई अवकास दिने तयारी गरेका थिए । विगत केही सातायता कारवाहीका लागि उच्च काउन्सिलिङ भएको थियो । तर अन्तरिम विधायिका संसद्मा रहेका २५ मध्ये नेपाली कांग्रेससहित १७ दल राष्ट्रपति डा. रामवरण यादवकहाँ गएर सेना नचलाउन दबाब दिएपछि माओवादी पछि हट्न वाध्य भएको हो । यस परिणामले माओवादीलाई जुन हीनताबोध गराएको छ, त्यो अवश्य कतै पोखिनेछ । अन्ततोगत्वा पीडित हुने मुलुक नै हो ।


नेपाल आमा - मेरी मायालु लाई
-म्ोहन अर्याल (Mohan Aryal)
ब्र्राम्टन, क्यानडा

नेपाल आमा - मेरी मायालु लाई सम्झेर मैले यो सानो सम्झनाको दर्ुइ चार अक्षरहरु मेरी मायालुलाई ,,,,,,,,,,,,,,,,,,,,,,,,,।

धन्य छौ मेरी मायालु पिर ब्यथाहरु सहेर पनि अचल भएर बसीरहने ढल्के परेर मुस्कुराउदै बुट्टे अनी रेखा रेसा परेको साडि लगाएर जस्तै पीर ब्यथा भए पनि हासिरहेकी तिमी । सेता हिमालहरुको तातले सजीएकि हरियाली पहाडहरुले अर्को छोटो मीठो नयन पैल्याएकी नदि अनि झरनाहरुले आफ्नो सुस्यावट गरिरहेकी खर्ुर्पेटो, कछाड, चोली, लेहेङ्गाले सामुदायिक परिचय सहित संस्कृति झल्काएकी मेरी मायालु ।

त्यो मीठो बासुरीको धुनहरु ती वन पाखाहरुमा सुरीलो स्वरमा सुनाइ दिने, साथमा मादल र सारङ्गीको धुनमा मनमङ्गन गराइ दिने मेरी मायालु । जस्तै दुःख आइ परेपनि पीर व्याथाहरुलाई सामना गरी आफ्नो आवरणलाई जोगाई राख्नु है मेरी मायालु । शरिरको विभिन्न सजिएका गहनाहरु जस्तो शिरको लाली गुराँस, सुनौला मुनाल, डाँफे साथमा, कर्ण्ााली, सेती, कोसी, मेची, महाकाली अनि नारायणीका सम्पदा साथै आरक्षहरुमा शान्तिपर्ूण्ा जीवन विताई रहेका ती सन्ततीहरुलाई पाखा नपार्नु है मेरी मायालु ।
र्
र्सपहरुलाई नाग भनी बसेकी छौ मेरी मायालु, टोक्ने प्रयास गर्दैछन् तर टोक्न नदिनु है मेरी मायालु । त्यो त्रि्रो शरिरलाई अंङ्ग-भङ्ग हुन नदिनु है मेरी मायालु । जति वाधा र अड्चन आए पनि अचल भएर सामना गर्नु तर जति नै कष्ट भएपनि हात खुट्टा काटी मलाई बचाऊ नभन्नु है मेरी मायालु ।

बुद्घ जस्ता ज्ञानीहरु पनि जन्म दिन्छौ तर राक्षसलाई जन्म नदेऊ मेरी मायालु । बौद्धिक विचारहरुलाई अंङ्गाल्न सिकाउनु तर पशुहरुलाई हैन मेरी मायालु । आफ्नो घर छाडी घर बाहिर जाने आफ्ना सन्ततीलाई डाकी ब्ोलाउ , अचल भएर बस मायालु रत्तिभर नडगमगाउ ।।।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक