20090427

अमेरिकाको मनाससमा भब्य नेपाली कार्यक्रम सम्पन्न , सबैजना नाच्न थालेपछी ....

-सुरेश शर्मा र कमल भट्टराईको संयुक्त रिपोर्ट

* अमेरिका नेपाल सहयोगी समाजद्वारा धन्यवाद र आभार ब्यक्त
* राजिब,सुनन्दा मैनाली परिवारले सबैभन्दा बढी ३००० अमेरिकि डलर नेपाली मन्दिर निर्माणका लागि सहयोग,
* बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११ डलर मन्दिर निर्माणका लागि सहयोग


थाहा छैन कस्तो भयो! तर उपस्थित धेरैले भने "मनाससको जस्तो राम्रो र ब्यबस्थित कार्यक्रम अमेरिकामा आज सम्म कमै देखिएको छ ।" टन्नै नेपालीहरुको उपस्थिती, केही अमेरिकनहरुको पनि सहभागिता र नाच, नायिका अनुपामा प्रसाइ, लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, गायकहरु खेम सङ्रौला, गुरु ओली, डा. अनुप पहाडी का प्रस्तुती हरु, त्यस्तै अनुपामा प्रसाइद्वारा निर्देसित न्रित्यहरु ले दर्सकको मन खुबै जितेको देखियो। बर्सौं नेपाल टेलिभिजन मा सफल कार्यक्रम संचालक रहेका रामप्रशाद खनालको आकर्सक कार्यक्रम सन्चालन र ठट्यौलि सैली ले दर्सक ले भर्पुर मनोरन्जन मात्र गरेनन प्रसस्त हास्न र हास्य कलाकारको भूमिका पनि महसुस गरे । राम प्रसाद खनाल ले गाउदा सरा दर्सक गीत संगै झुमेर नाचे भने अनुपामा का छोरी र अन्य साना साना फुच्ची हरु को नाच आँखा झिम्म नगरि हेर्न लायक थियो । हुन त प्रस्तुत गीत हरु र न्रित्य कुनै एउटा पनि छि भन्नु पर्ने थिएन , भोले मान्दैनन भन्ने पप गीत मा र आयुस खरेल को अङ्रेजी नाच बेग्लाई प्रकारका थिए । कबिता कम् भएको राम्रै भयो भन्दै थिए दर्सक तर थाहा छैन संचालक राम प्रसाद खनालले कती कबी हरुका कबिता नबोलाएर गाली खाए । कार्यक्रममा कृष्ण निरौला, महेन्द्र कार्की, मेदिनी अधिकारी, अनुप पहारी , प्रेम सङ्रौला, राम खरेल, को उपस्थिती र शुभ कामना उल्लेख गर्न लायक थिए ।
मनासस को उक्त कार्यक्रम मा गीत न्रित्य कबिता प्रस्तुत गर्ने अन्य कलाकार तथा कबी हरुमा कमला खरेल, कबिन्द्र सिटौला, भिम रेग्मी , टेक राज ग्यावाली, राम्चन्द्र भट्टराई , रुजु पराजुली , दिक्षा खनाल , आक्रिती खनाल, ज्योति कार्की, मनस्वी कोइराला , मानसी उप्रेती, स्विक्रिती दाहाल, रित सङ्रौला, स्रेया दाहाल , स्रितिका दाहाल , सम्पदा बुढाथोकी , सराना, सुहानी पन्त , सृस्‍टि ग्यावाली , सुस्मा खनाल , बिजय थापा, प्रग्या सिटौला, धरती पोख्रेल , जिना , पारस, पारी खनाल, स्वस्तिका बुढाथोकी, कृति भट्टराई थिए ।
अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर ( Nepal Educational Cultural Centre ) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भयो। Manassas, Chantilly, Fairfax, Woodbridge, Gainesville, DC, Maryland, Virginia Area मा बस्ने 8०० सय भन्दा नेपालीहरु र केही बिदेसी पाउनहरुले समेत कार्यक्रमबाट भरिपूर्ण आनन्द लिएका थिए।
वर्षभरीका दुख पिडा भुलेर अत्यन्त हर्सोल्लासका साथ सम्पन्न सो कार्यक्रम स-साना बालबालिका स्वरमा नेपाली राष्ट्रिय गीतबाट शुरु भएको थियो। संस्थाका अध्यक्ष सागर कडेलले नेपाली बिचको सम्बन्ध सूदृढ र प्रबल हुनु पर्ने कुरामा जोड दिंदै नयाँ नया बर्षको शुभकामना दिई कार्यक्रमको बिधिवत शुभारम्भ गर्नुभएको थियो । संस्थाको तर्फबाट कमल भट्टराईले उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई स्वागत गर्दै अमेरिकाबासी नेपालीहरुको सम्बन्धलाई गाढा, अझै उपलब्धिमुलक बनाउनु पर्ने कुरामा प्रतिबद्ध हुनु पर्ने कुरामा जोड दिनु भयो । उक्त सांस्कृतिक कार्यक्रमको प्रमुख अथिती डा अनुप पहाडी ज्यु हुनुहुन्थ्यो भने कार्यक्रममा NECCका पूर्व अध्यक्ष कृष्ण निरौला,प्रेम सङ्रौला महेन्द्र कार्की,मेदिनी अधिकारि, स्थानीय समाजसेवी राजीव तथा गोविन्द मैनाली लगायतका बिशिस्ठ ब्यक्तिहरुले सस्थाको यो यो कार्यक्रमको सर्हाना गर्नुभएको थियो।
बिभिन्न गितहरुमा स्थानिय नेपाली कलाकारहरुले प्रस्तुत गरेको नृत्यले दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो । सुरिलो स्वरका धनी लोकगायक राम प्रसाद खनालले प्रस्तुत गर्नुभएको रेसम फिरिरी ...रेसम फिरिरी ,अमेरिका ग्रिनकार्डको खेल,त्यसैगरी कार्यक्रमको बिच-बिचमा बाचन गरिएका कबिता, गजल, मुक्तकहरुले पनि उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा उपस्थित सबैलाई पटलक पिक्निक खानाको ब्यबस्था गरिएको थियो। सो अवसरमा नेपाली मन्दिर निर्माण सहयोगार्थ बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११(एघार हजार पाच् सय बाइस डलर एघार सेण्ट) डलर उठेको र अत्याबस्यक कामले अनुपास्थित केही साथीहरुले सो कार्यमा आफ्नो पूर्ण समर्थन रहेको आफुहरुले मन्दीरको लागि सग्दो सहयोग राशी दिने प्रण गर्नुभएको कुरा जानकारी गराइएको थियो। सो कार्यक्रमको डि सि नेपाल डट्कमले प्रतक्ष प्रसारण गरेको थियो।
उक्त कार्यक्रममा नेपाली ब्यबसायी राजिब मैनाली, सुनन्दा मैनाली परिवारले सबैभन्दा बढी ३००० अमेरिकि डलर नेपाली मन्दिर निर्माण का लागि सहयोग प्रदान गर्नुभयो वहाँ लगायत सबै दाता हरुलाई नेपाल मदर डट कम पनि हार्दिक धन्यवाद दिन चाहन्छ र सबै नेपाली हरुलाई मन्दिर निर्माणमा सक्दो सहयोगको लागि अनुरोध पनि गर्दछ ।

>यसै बिच समाज का तर्फ बाट अध्यक्ष्य सागर कंडेल ले एक प्रेस रिलिज जारी गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिर हरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गरेकाछन ।

अमेरिका मनाससको चर्चित कार्यक्रमको भिडियो



एउटा सानो र रफ भिडियो तपाईंको मनोरन्जन्का लागि ।

मनाससमा आयोजित उक्त कार्यक्रममा नेपाली मन्दिर निर्माण मा सहयोग गर्ने सबै को नामावली अमेरिका नेपाल सहयोगी समाज बाट आधिकारीक् ढंगले प्राप्त भए पछी हामी ले यस् www.nepalmother.com मा राख्ने छौं ।
अमेरिकाको मनासस मा आयोजित नेपाली कार्यक्रम फोटो मा यसरी बोल्छ ।




























फोटोहरु: www.nepalhorizons.com / Mukta Paudel / Gyanan Khanal / Devendra Parajuli

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक