20090423

माओवादी सँग दिल्ली तर्सियो, राजदुत सुद अकस्मात् दिल्ली प्रस्थान

भारतीय सरकारको आकस्मिक् बैठक, माओवादी सरकार ढल्ने अधिक सम्भावना

भारतका काठमाडौंस्थित राजदुत राकेश सुद बिहीवार अकस्मात नयाँ दिल्ली प्रस्थान गरेका छन् । दिउसो ३ बजे काठमाडौंबाट नयाँ दिल्ली लागेका सुदले आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । आठ देशका राजदुतस‌गै प्रधानमन्त्रीलाई भेट्न गएका राजदुत सुदले करिव आधा घन्टा कुराकानी गरेका थिए । पछिल्लो पटक निकै विवादित बनेको प्रधानसेनापति स्पष्टिकरण प्रकरणका बारेमा राजदुत सुदले यसअघि पनि प्रधानमन्त्री प्रचण्डलाई पटकपटक भेटिसकेका छन् । प्रधानसेनापति स्पष्टिकरण प्रकरणकै बारेमा प्रधानमन्त्रीसग बुधवार भेट गरेका सुदले कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।
त्यस्तै भारतीय विदेश मन्त्रि प्रणव मुखर्जीले बुधवार नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई फोन गरी प्रधानसेनापतिलाई कारवाही गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका थिए । अध्यक्ष खनाल बिहिबार चीनबाट फर्किएलगत्तै राजदुत सुद नयाँ दिल्लीतर्फ लागेका हुन । नेकपा एमालका अध्यक्ष झलनाथ खनालले सेनासँग सरकारको विवाद उपयुक्त नभएको बताएका छन् । मुलुकमा देखिएको राजनीतिक प्रतिकुलताका कारण साताव्यापी चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फिर्ता भएका खनालले मुलुकमा सेनाको महत्व बढी भएको बताउँदै यस बारेमा छलफल गरेर मात्र प्रतिक्रिया दिने धारणा ब्यक्त गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले ब्यबस्थापिका संसदको बिहीबारको बैठक पनि अवरुद्ध गरेका छन् । प्रधानसेनापतिको स्पष्टीकरणको विषयलाई लिएर आज दोस्रो दिन पनि संसद अवरुद्ध गरेका हुन् ।नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले सरकारले प्रधानसेनापतिको स्पष्टिकरण मागेर सैन्य तानाशाहावाद लाद्न खोजेको आरोप लगाएलगत्तै कांग्रेसका सभासदले रोष्ट्रम घेरेपछि संसद स्थगित भएको हो । बिहीबारको बैठकमा राष्ट्रिय जनशक्ति पार्टीका डा. प्रकाशचन्द्र लोहनीले एकदलीय सर्वसत्तावाद कायमगर्न खोजेको बताउँदै सेनापति प्रकरणको आलोचना गरे । एमालेका रवीन्द्र अधिकारीले नागरिक सर्वोच्चताका विरुद्ध कुनैपनि सम्झौता गर्न नसकिने स्पष्टगर्दै शान्ति प्रक्रिर्या नबिथोलीने गरि निर्णयमा पुग्नुपर्ने आफ्नो पाटीैको धारणा रहेको उल्लेख बताए । उनले माओवादी विद्यार्थी संगठनद्वारा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. माधव शर्मा र रेक्टर डा. सूर्यलाल अमात्यलाई नियन्त्रणमा लिएर कालोमोसो दल्ने कार्यले सबैलाई लज्जित बनाएको टिप्पणी गरे ।




आगो नियन्त्रणमा लिन गएका नेपाली सेनाका १४ जना जवानको मृत्यु

रामेछाप पुरानो सदरमुकाम नजिकैको जंगलमा लागेको आगो नियन्त्रणमा लिन गएका नेपाली सेनाका १४ जना जवानको मृत्यु भएको छ । बिहान ११ बजे जंगलमा आगो लागेको थाहा पाई श्रीजंग गणबाट आगो नियन्त्रण गर्न सेनाको टोली त्यसतर्फ गएको थियो । अहिलेसम्मको प्रारम्भिक जानकारीअनुसार १५ जवानको मृत्यु भएको छ भने आगलागी नियन्त्रण गर्न गएका श्रीजंग गणका सेनामध्ये अझै केही सम्पर्कमा नआएकाले अझै यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतक सैनिक जवानको १५ वटै सव अहिले ब्यारेकमा राखिएको छ । जंगलमा लागेको आगो अस्पतालनजिकै पुग्न थालेपछि सेना नियन्त्रणका लागि त्यसतर्फ गएको थियो । सेनाको सक्रियताका कारण आगो अस्पताल नपुग्दै नियन्त्रणमा आएकाले अस्पतालमा कुनै क्षति हुन पाएन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक