20090501

माओवादी अझैपनि आतंककारीको सूचिमा

एकीकृत नेकपा माओवादीलाई अमेरिकाले अझैपनि आतंककारीको सूचिमा राखेको छ । अमेरिकी विदेश मन्त्रालयले गएराति सार्वजनिक गरेको सन् २००८ को प्रतिवेदनमा माओवादीलाई आतंककारीकै सूचिमा राखिएको छ । माओवादीका भातृसंगठनले आतंकलाई निरन्तरता दिएका कारण माओवादीलाई आतंककारीको सूचिबाट नहटाइएको प्रतिवेदनमा उल्लेख छ । चुनावबाट माओवादीले सरकारको नेतृत्व गरेपनि उसका भातृसंगठन खास गरी वाईसीएलले हत्या आतंक र जबर्जस्ती कायमै राखेको अमेरिकाको आरोप छ । सन् २००४ देखि अमेरिकाले माओवादीलाई आतंककारी सूचिमा राखेको छ ।

मातृका यादवले प्रहरी कुटे

पूर्व माओवादी नेता तथा पूर्व मन्त्री मातृका यादवले शुक्रबार बिहान विराटनगर विमानस्थलमा प्रहरी जवानलाई कुटेका छन्। प्रहरी जवान विनोद चौधरीलाई उनले आफ्नो झोला जाँच गर्ने क्रममा कुटेका हुन। 'तिमीहरु खाली मधेशीका मात्र झोला चेक गर्छौ' भन्दै उनले प्रहरीलाई कुटेका थिए। त्यसपछि उनलाई छाड्न चार वटा मोटरसाइकलमा आएका अरुले पनि कुटेका प्रत्यक्षदर्शीले बताएका छन्।
उनी विराटनगरबाट विमानमार्फत् काठमाडौं आउँदै थिए। धनुषाका स्थानीय विकास अधिकारी बिन्दुप्रसाद गुरांगाईलाई जथाभाबी गाली गर्दै जिल्ला विकास समितिमा तालाबन्दी गरेकै अर्को दिन नेता यादवले विराटनगरमा शुक्रवार प्रहरीलाई पिटेका हुन्।

जनकपुरबाट बिहीबार अपरान्ह बुद्धएयरको विमानबाट काठमाण्डौं उडेका मातृका चढेको विमान मौसम खराबीका कारण काठमाण्डौं अवतरण नगर्दा अवेर साँझ विराटनगर विमानस्थलमा ल्याण्ड गरिएको थियो। मातृका यादव राती पार्टीका मोरड इन्चार्ज विजय कामतको ब्रम्हपुरीस्थित निवासमा बास बसे।

शुक्रबार विहान ६ बजे आफ्ना कार्यकर्ताका साथ चारवटा मोटरसाईकलमा विमानस्थल जाने क्रममा मुख्य प्रवेशद्वारमा दुईजना सुरक्षाकर्मी मध्ये प्रहरी जवान बिनोद चौधरीले उनी चढेको को ४ प ५९५५ नम्बरको मोटरसाईकललाई रोकी टिकट र व्याग जांचको लागि अनुरोध गरेपछि मातृका सुरक्षाकर्मीसँग रिसाएका थिए।

चारवटा मोटरसाईकल एकै ठाउँ रोकिएपछि मातृका मोटरसाईकलबाट ओर्लिएर प्रहरी जवान चौधरीलाई हप्काए। विमानस्थल सुरक्षा इन्चार्ज मोहन राईका अनुसार मधेशीलाई टिकट चेक गर्ने तर पहाडेलाई किन गर्दैनस् भन्दै प्रहरी जवान चौधरीको सर्टको कलर समातेर माथि उचालेर लडाएका थिए।

घटनापछि मोटरसाईकलमा रहेका सबै कार्यकर्ताहरुले प्रहरी जवान चौधरीलाई कुटपिट गर्दा उनको छातीमा चोट लागेको छ। नेकपा माओवादी मोरडका इन्चार्ज विजय कामतले पार्टी नेता मातृका यादव हुनुहुन्छ भन्दा भन्दै पनि 'म मातृकालाई चिन्दिन' भन्ने जवाफ प्रहरी जवान चौधरीले दिएपछि पार्टी नेता आक्रोसमा आएको बताए।

घटनाको बरेमा मोरडका प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीले प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्नेक्रममा जिम्मेवार व्यक्तिबाट यस्तो दुर्व्यवहार हुनु दुखद भएको बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक