20090609

'प्रचण्ड' चाँडैनै विद्रोह गर्ने तयारीमा !!!

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चाँडै नै विद्रोह गर्ने तयारीमा रहेको खुलासा गरेका छन । नेकपा माले (विद्रोही) र एमाओवादीबीच मंगलबार भएको एकीरण सभालाई सम्बोधन गदै अध्यक्ष दाहालले माओवादीलाई दलहरुले लत्याउन खोजेको आरोप लगाउदै आफूहरु भिषण विद्रोहको तयारीमा रहेको खुलासा गरे । उनले राष्ट्रपतिका नाममा मुलुकमा निरंकुसताको विजारोपण दलहरुले गरेको भन्दै सबै मिलेर बनाएको अन्तरिम संविधानलाई कागजको खोस्टो बनाएको आरोप लगाए । उनले बृहत शान्ति सम्झौता र अन्तरीम संविधानलाई दलहरुले कागजको खोस्टो बनाएको भन्दै विरोध गर्नु भयो। शान्ति प्रकृयामा रहेको माओवादी लाई शान्ति प्रकृयाबाट भगाएर परम्परागत शासन लागु गर्ने षड्यन्त्रमा रहेको बताउदै अध्यक्ष दाहालले मुलुकमा परिर्वतनका लागि आफूहरुले जस्तो सुकै कुर्बानीसमेत दिन तयार रहेको बताए। अध्यक्ष दाहालले रक्षामन्त्री विद्या भण्डारीले पछिल्लो समयमा सेना समायोजन र सेनापति प्रकरणका बारेमा दिएको अभिव्यक्तिको चर्को विरोध गर्दै उनले देशलाई गृहयद्धमा फर्काउने अनेकौ षड्यन्त्र भएको उल्लेख गरे। प्रचण्डले अब मुलुकमा आफ्नो पार्टी माओवादीले नेपालमा मात्र नभई विश्वभरी जीत हासिल गर्ने बताए। नयाँ गठित सरकारलाई जात्राको संज्ञा दिदै अध्यक्ष दाहालले शान्ति सम्झौता, नयाँ संविधान बनाउने प्रक्रिया विरुद्ध संसदीय राजनीतिक दलहरुले नियोजित षडयन्त्र गरिरहेको आरोप लगाए । उनले राष्ट्रपतिको कदमलाई प्रतिक्रान्तिको बिउ रोपेको आरोप लगाउँदै माओवादीलाई परास्त गर्ने खोज्ने तत्वहरु स्वयम आफै परास्त हुने धारणा राखे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक