20090621

माओवादीद्वारा सरकारी कार्यालय तोडफोड


माओवादी कार्यकर्ताले गरेको सरकारी कार्यालय घेराउका क्रममा काठमाडौसहित केही जिल्लामा झडप भएको छ।
इलाम, काभ्रे, मोरङलगायतका जिल्लामा माओवादी र प्रहरीबीच झडप भएको हो। काठमाडौंमा सिंहदरबार अगाडि माओवादी कारयकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।
माओवादी कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि दुबै तर्फबाट ढुंगा हानाहान भएको थियो। ढुंगा लागेर तीन पत्रकारसमेत घाइते भएका छन्। तीनै जना फोटो पत्रकार रहेका छन्। निरज सापकोटा, विजय राई, बालकृष्ण थापालगायतका पत्रकार घाइते भएका छन्।
सिंहदरबार घेराउ गर्न पुगेका सभासद्लाई प्रहरीले कुटपिट गरी घाइते बनाएको छ। नागरिक सर्वोच्चता र माओवादी सरकारको निर्णय बदर गरेको विरोधमा सिंहदरबार घेर्न पुगेका माओवादी कार्यकर्ता निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको थियो।
लाठी प्रहारबाट माओवादी सभासद् डबलबहादुर शाह घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। निषेधित क्षेत्र तोड्न लागेपछि लाठी चार्ज गर्नुपरेको प्रहरीले जनाएको छ।
माओवादी कार्यकर्ताले निषेधित क्षेत्र तोडेपछि सामान्य बल प्रयोग गरेको प्रहरीले जनाएको छ।
काभ्रेमा जिल्ला प्रशासनमा तालावन्दी गर्न खोज्दा प्रहरीको लाठी प्रहारबाट माओवादी कार्यकर्ता राजकुमार राईसहित ४ कार्यकर्ता घाइते भएको माओवादीले जनाएको छ।
मोरङमा भएको झडपका क्रममा प्रहरीले लाठी प्रहार गर्दा आधा दर्जन माओवादी कार्यकर्ता घाइते भएका छन्। बैतडीमा समेत माओवादी कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

धादिङमा माओवादी कार्यर्ताहरुले स्थानीय विकास अधिकारी रमेशकुमार अधिकारीमाथि कुटपिट गरेका छन् भने उनको गाडी तोडफोड गरेका छन्।
डडेल्धुरामा पनि माओवादी कार्यकर्ताहरुले जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला विकास समिति तोडफोड गरेका छन् ।
स्थिति तनावपूर्ण बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ।
बन्दको अवज्ञा गरको भन्दै माओवादीका कार्यकर्ताहरुले इलामका आधा दर्जन सरकारी कार्यालय तोडफोड गरका छन्।
उनीहरुले कोष तथा लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला शिक्षा कार्यालय र नेपाल विद्युत प्रधिकरणको कार्यालय तोडफोड गरि क्षतिग्रस्त बनाएका हुन्। नेपाल विद्युत प्रधिकरणका कर्मचारी सन्तोष आचार्य र मणिकुमार थापामाथि हातपात समेत गरका छन्। उनीहरुले दिउसो साढे १२ बजेदेखि बजार समेत बन्द गराएका छन्।
बन्द गराउन खोज्ने माओवादी कार्यकर्ता मणी आचार्यलाई प्रहरीले पक्राउ गरेको आरोप लगाउदै आइतबार माओबादीले इलाम बजार बन्द गराएका छन् ।
यस्तै यातायात समेत अवरुद्ध पारेका छन् । दिउसो एक बजे इलाम चोक बजारमा माओबादी कार्यकर्ताले प्रहरीको सेट खोसेर लगेपछि सामान्य झडप भएको थियो । पछि प्रहरीले नै सेट खोसेर लग्यो । झडपमा तारा परियार र विपिन भट्टराई सामान्य घाइते भएका छन् ।
एकीकृत नेकपा माओवादीले मुलकभरका सरकारी कार्यालय घेराउ गरेको छ।
नागरिक सर्वोच्चता कायम र आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका निर्णयहरु अहिलेको सरकारले उल्ट्याएको विरोध गर्दै माओवादीले मुलुकका सम्पुर्ण सरकारी कार्यालय घेराउ गरेका हुन्। माओवादीले गरेको घेराउका कारण मुलुकका सम्पुर्ण सरकारी कार्यालयमा कामकाज ठप्प भएको छ।
माओवादी पोलिट्ब्युरो बैठकको निर्णय अनुसार माओवादीले मुलुकका सवै सरकारी कार्यालय घेराउ गरेको हो। माओवादीले सरकारी कार्यालय घेराउ भने पनि विभिन्न चोकमा समेत अवरोध पुर्‍याएका कारण यातायातका सम्पूर्ण साधनहरु पुर्ण रुपमा प्रभावित भएका छन् ।
मुलुककै प्रमुख प्रशासनिक भवन सिहदरबारमा माओवादीका केन्द्रीय नेताहरुको सहभागितामा घेराउ गरिएको छ।
माओवादीको आन्दोलनलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनका लागि गृह मन्त्रालयले विशेष निर्देशन दिएको छ।
कार्यक्रमका समयमा अराजकता हुन नदिन गृहले जिल्ला प्रसाशन कार्यालयलाई आन्दोलनको प्रकृति हेरेर बल प्रयोगको निर्देशन दिएको हो।

कती वाक्क दिक्क लाग्ने फोहोरी नेपाली राजनीति का कुरा मात्र गर्ने आज हिन्दी पुराना गीत र नाच बाट आनन्द लिनुहोश है त !

भारत साम्राज्यबादी भए पनि उसको देशका गीत सस्क्रिती र फिल्म भने राम्रा छन त्यसैले होला संसारका ६६ देसमा हिन्दी फिल्म हेरिन्छ र गीत सुनिन्छ रे !




















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक