युएइको दुबइबाट कतारको दोहातर्फ जाँदै गरेको पानी जहाज समुद्रमा डुब्दा कम्तिमा १२ जना नेपाली हराइरहेका छन्। गल्फ टाइम्समा प्रकाशित समाचार अनुसार मंगलबार दोहाको लागि हिँडिडेको उक्त जहाजसाग केही बेरमै सम्पर्क विच्छेद भएको थियो। जहाज दोहा नहर प्रवेश गर्ने ठाउँमा डुबेको थियो। जहाजमा ३५ जना थिए। जसमध्ये २४ जना दोहास्थित एचबिके कम्पनीका कामदार थिए भने दुई जना एक क्याटरिङ कम्पनीका हुन्। बाँकी ९ जना जहाजको चालक दलका सदस्य भएको बताइएको छ ।
बेपत्ता भएका २९ जनामध्ये १२ जना नेपाली, ११ जना भारतीय र एक जना बंगलादेशी रहेका बताइएको छ । उद्धारकर्मीहरुले ५ जनालाई जिवितै उद्धार गरेका छन् । उनीहरुको बारेमा पूर्ण विवरण दिइएको छैन । एक जनाको शव फेला परेको छ। खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।
५२ विघा व्यक्तिको जग्गा कब्जा
गरी दुई सय ८ परिवारलाई वितरण
मातृका यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले ५२ विघा व्यक्तिको जग्गा कब्जा गरी सुकुम्बासी तथा गरिब परिवार भन्दै दुई सय ८ परिवारलाई वितरण गरेको छ। धनुषाधाम गाविस तेजनगरका सुन्दर भट्टराईको नाममा रहेको जग्गा कब्जा गरी माओवादीले वुधवार वितरण गरेको हो । पार्टीका एरिया सेक्रेटरी दुःखी यादवले स्थानीय सुकुम्वासी दलित समुदायका परिवारलाई ५ कठ्ठाको दरले वितरण गरेको बताएका छन्। नेकपा माओवादीले सशस्त्र कालमा ०५४ सालमा घर जग्गा कब्जा गरिएपछि विस्थापित भएका भट्टराई अहिले राजधानीमै बस्दै आएका छन्। माओवादी शान्ति सम्झौतामा आइसकेपछि कब्जा भएको घर जग्गा फिर्ता गर्ने सहमति भए पनि कतिपय स्थानमा सो सहमति व्यवहारमा लागु हुन सकेको छैन। "प्रति कठ्ठा ५० हजार रुपैयाँको दरले बिक्रि हुने जग्गा ५ हजार रुपैयाँको दरले बेच्न थालेपछि गरिब परिवारलाई बाड्यौ," यादवले भने।
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
0 comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक