20090704

‘माओवादी तुरुन्त सच्चिएनन् भने कुनै पनि बेला अप्रिय घटना हुनसक्छ’ -कोइराला

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले एकीकृत नेकपा (माओवादी) लाई संविधानसभाको बैठक सुचारु गरेर वर्तमान सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ। त्यसो नगरे दुष्परिणाम उत्पन्न हुने र त्यसको सम्पूर्ण जिम्मेवारी माओवादीले नै लिनुपर्ने चेतावनी पनि उहाँले दिनुभएको छ।

‘माओवादी तुरुन्त सच्चिएनन् भने कुनै पनि बेला अप्रिय घटना हुनसक्छ’ -कोइरालाको कथन थियो। नेपाल प्रेस युनियन मोरङ शाखाको आयोजनामा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले पत्रकारहरूको जिज्ञासा शान्त पार्ने क्रममा ‘अप्रिय घटना’ को व्याख्या भने गर्नुभएन।

के संकटकाल लाग्न सक्छ त भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँ स्पष्ट हुन रुचाउनुभएन। उहाँको भनाइ थियो- ‘जे पनि हुन सक्छ, यसबारेमा अहिले बोल्नु आवश्यक छैन।’

माओवादीले दुई/चार दिनभित्रै व्यवस्थापिका-संसद्को बैठक सुचारु गराउने विश्वास उहाँले प्रकट गर्नुभयो। सभापति कोइरालाले माओवादी यथास्थितिमै रहेमा परिणाम गम्भीर हुन सक्ने र यसको सम्पूर्ण दोष उनीहरूकै काँधमा पुग्ने दोहोर्याउनुभयो।

उहाँको भनाइ थियो- ‘पहिले जनताका अगाडि बोलिहाले, अहिले आएर त्यही कुराले उनीहरूलाई अप्ठेरो परेको छ। अब परिस्थिति पनि बाध्यात्मक हुँदै छ। त्यसैले रणनीति परिवर्तन गरेर लचिलो भएका छन्। विस्तारै सहकार्यमा पनि आउँछन्। संसद्को गतिरोध अन्त्य गर्न पनि उनीहरू सकारात्मक भइसकेका छन्।’

उहाँले माओवादीको नेतृत्वमा सरकार बन्न नसक्ने चर्चा गर्दै एमालेकै नेतृत्वमा राष्ट्रिय सरकारको आवश्यकता रहेको बताउनुभयो। कोइरालाले सहमति र सहकार्यका आधारमा माओवादीलाई पनि सरकारमा ल्याउने इच्छा सबैको रहेको तथा स्थिरता, शान्ति र स्थायित्वका लागि पनि जनताले माओवादीलाई सरकारमा सहभागी हुन दबाब दिइरहेको स्पष्ट पार्नुभयो।

संविधान समयमै बनाउन नसके माओवादी आफै पाखा लाग्ने उहाँको ठोकुवा थियो। त्यसैले पनि माओवादी संविधान बनाउन आफै लागेको र संसद् पनि चल्न दिने मनस्थितिमा रहेको कोइरालाको कथन थियो।

माओवादी र सरकारबीचको दूरी नजिक बनाउन सहकार्य आवश्यक रहेको राय प्रकट गर्दै उहाँले भन्नुभयो- ‘संविधानसभाको बैठक सुचारु बनाउन माओवादीलाई नै बाध्यता छ, परिस्थितिले नै त्यसको वातावरण बनाइदिएको छ। माओवादीले सपना देखेर हैन, व्यावहारिक रूपमा आउनुपर्छ।’

सभापति कोइरालाले पार्टीको राष्ट्रिय महाधिवेशन अगामी छर्ठपर्वपछि हुने र यसको तयारी भइरहेको जानकारी दिँदै पार्टी सभापतिका लागि आफू इच्छुक नरहेको घोषणा गर्नुभयो। स्वास्थ्यको प्रतिकूलताका कारण आफूले सल्लाहकारको भूमिका मात्र निर्वाह गर्ने कोइरालाको भनाइ थियो।

1 comments:

Anonymous said...

नेपालमा माओबादी सच्चिने ठांउ पनि देखिदैन नसच्चिएमा हुने त्यही हो माओबादी बिरुद्ध सेना अगाडी आउछ, सेना आए पनि समस्या समाधान भने हुदैन देस गृहयुद्धतिर धकेलि सकेको छ । कसैले कसैलाइ नटेर्ने पर्बृति आइ सकेको छ एउटा निकास दिनु पर्छ कि कसैले मेरो गोरुको बाह्रै टक्का भनेर सबै दलले अगाडी बढेमा शान्ति प्रकृया निष्कर्समा पुग्न सकदैन । पुर्व राजा ज्ञोनेन्र्द पनि केही शक्तिशाली नै होलान् उनलाइ पनि ठांउ दिएर सबै ले १ पाइला पछाडी सरेमा, राष्ट्रको हितको लागी अगाडी बढेमा निश्चयनै शान्ति हुन्छ शान्ति पछिमात्र विकासको कुरा अगाडी बढ्न सक्छ । माओबादीले आफ्नो घमण्ड त्याग्नु मुल आवश्यक्ता हो र गिरिजा बाबुले सबैलाइ मिलएर लैजाने प्रयास गर्ने वहाकै दाइत्व हो ।यसपछी मात्र देश सच्चा नेपाल भएर चिनिन्छ बिश्वमा।
acharya.baburam@gmail.com(babu ram acharya)

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444