20090721

प्रतिकारमा उत्रिए जनता, माओवादी सभासद्लाई कुटपिट !

तामाङसालिङ राज्यको माग गर्दै पासाङल्हामु शेर्पा राजमार्ग बन्द गर्न पुगेका माओवादी सभासद्लाई तीनपिप्लेका स्थानीय जनताले राजमार्ग अवरोध गर्न नपाउने भन्दै कुटपिट गरेका छन्। रसुवा र नुवाकोट बन्द गर्न पुगेका माओवादी कार्यकर्ताले एउटा मिनीबस र माइक्रोबसमा आगजनी गरेपछि आक्रोशित बनेका स्थानीय जनताले माओवादी सभासद् प्रेमबहादुर तामाङलाई कुटपिट गरेका हुन्। कुटपिटबाट घाइते भएका सभासद् तामाङको शिक्षण अस्पतालमा उपचार भएको थियो। आफनो माग पूरा गराउने नाममा राजमार्ग बन्द गर्ने, तोडफोड गर्ने प्रवृत्ति बढेर गएको भन्दै बन्दको प्रतिकारमा उत्रिएको स्थानीय बासिन्दाले जानकारी दिए। राजमार्ग बन्द गर्न गएकी माओवादीकी अर्की सभासद् सन्तमाया तामाङसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक