20090725

अरुलाई मार्ने वाइ सि यल नेता आफै मारिए, आफनै स्टाइलमा !

अज्ञात समूहले शनिबार दिउसो एकिकृत माओवादीको भातृसंगठन वाइसिएलका केन्द्रीय सदस्य लक्ष्मणराय यादवको गोली हानी हत्या गरेको छ । चन्द्रनिगाहपुरबाट मोटरसाइकलमा विश्रामपुर-४ स्थित घर फर्किरहेका यादवलाई ३ जनाको समूहमा आएको हतियारधारी समूहले दिउसो १२ बजे गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । भोजपुरा राज्य समितिका सदस्यसमेत रहेका ३९ वर्षीय यादवको टाउकोमा दुई गोली तथा पाखुरामा एक गोली लागेको घटनास्थल पुगेका भोजपुरा राज्यसमिति सदस्य समिरले बताए । प्रहरी चौकीभन्दा २ सय मिटर पर उक्त घटना भएकाले प्रहरीसमेत शंकाको घेरामा रहेको समिरको आरोप छ । उनले उक्त चौकीका इन्चार्ज सम्पर्कमा नरहेकाले शंका बढेको जनाए । उक्त समूह हत्यापछि वागमती नदीतर्फ भागेको प्रत्यक्षदर्शीले बताए । यसैबीच तराई मुक्ति मोर्चाले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी हत्याको जिम्मेवारी लिएको छ । यादवका ५ सन्तान तथा श्रीमती रहेका परिवार श्रोतले जनाएको छ । घटनास्थल र त्यस वरपरका क्षेत्रमा प्रहरी बाक्लोरुपमा परिचालित गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।


माइला साहुले ठुला दाई ढलाए

हेर्नुस् भिडियोमा तल .......


Watch Tito Satya-July 23, 2009 in Comedy View More Free Videos Online at Veoh.com

मुन्द्रे र राता मकै जेल बाट रिहा .....


Watch Jire Khursani-July 20, 2009 in Comedy  |  View More Free Videos Online at Veoh.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक