20090804

"संसारका आतंककारी संगठनमा बिन लादेनले नेतृत्व गरेको अलकायदापछि सबैभन्दा धनी नेपालको माओवादी"

करिब एक वर्षअघि श्रीलंकामा भएको एउटा सुरक्षा बैठकमा अमेरिकी सेनाका एक अधिकृतले संसारका आतंककारी संगठनमा बिन लादेनले नेतृत्व गरेको अलकायदापछि सबैभन्दा धनी नेपालको माओवादी भएको ठोकुवा गरेका थिए। त्यसको एक वर्ष नबित्दै नेकपा माओवादीले आफ्नो पार्टीभित्र व्यापक भ्रष्टाचार भएको ठहर गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा छानबिन गर्ने निर्णय गरेको छ, तरअन्य सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन। केही समय पहिले भ्रातृसंगठन वाईसीएलको बैठकमा अधिकांश सदस्यले पार्टीभित्रका भ्रष्टाचारको सम्पत्ति छानबिन गर्न र उनीहरूलाई सडकबाटै कारबाही गर्न पाउनुपर्ने माग गरेपछि पार्टीले त्यो असन्तुष्टि मत्थर पार्न छानबिनको नाटक रचेको हो। मुलुकको ठेक्कापट्टादेखि नियुक्तिसम्म सबैमा आर्थिक लेनदेन गर्दै आएको माओवादी कार्यकर्तामा देखिएको सुविधाभोगी प्रवत्ति र आफन्तका नाममा सम्पत्ति जोड्ने संस्कृतिले विकराल रूप लिएपछि व्यापक आलोचना हुँदै आएको थियो।
पार्टीभित्र मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रणका लागि माओवादीले खर्चको आचार–संहिता तय गरेको छ।
पोलिटब्युरोमा रहेका नेताहरूले मासिक २० हजार रुपैयाँ खर्च गर्न पाउने र दुईवटा गार्ड राख्न पाउने अधिकार दिइएको छ। माओवादी पोलिटब्युरो ४५ सदस्यीय छ। केन्द्रीय सदस्यहरूले मासिक १५ हजार रुपैयाँ खर्च गर्न पाउने र एउटा गार्ड राख्न पाउने अधिकार दिइएको छ। माओवादीको केन्द्रीय समिति एक सय ३८ जनाको छ। खर्चको विवरण प्रत्येक तीन/तीन महिनामा पार्टीमा बुझाउनुपर्नेछ। तर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भने आचार–संहिताभन्दा माथि राखिएको छ। डेढ लाख रुपैयाँको घडी लगाउने, २५ हजार रुपैयाँ पर्ने सुटहरू हप्ता हप्तामा परिवर्तन गर्ने, दुई लाखको पलङमा सुत्ने, रेडलेबलभन्दा तलको ह्विस्की नपिउने सौख पालेका अध्यक्ष प्रचण्डका लागि खर्चको आचार–संहिता लगाउनुपर्छ भन्ने आवाज उठाउने हिम्मत भने कुनै केन्द्रीय सदस्यहरूले गरेनन्।
पार्टीको केन्द्रीय तहसम्मका नेताहरूलाई सर्वहाराकरण गर्ने निर्णयलाई केन्द्रीय समितिले फेरि ब्यूँत्याएको छ। एकता केन्द्र मसालसँग एकीकरण गर्ने क्रममा सर्वहाराकरणलाई थाती राखिएको थियो। नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलबाहेक एकता केन्द्र मसालका अन्य नेताहरू सर्वहाराकरणलाई स्वीकार्न तयार नभएपछि थाती राखिएको हो। तर अहिले एकाएक यो निर्णय ब्यूँत्याइएपछि करोडौं सम्पत्तिका मालिक अमिक शेरचन, लीलामणि पोखरेललगायत एकता केन्द्र मसालबाट गएका करिब दुई दर्जन नेताहरू धर्मसंकटमा परेका छन्। माओवादीका नेताहरू आफ्नो सम्पत्ति आफन्तका नाममा गरेपछि सर्वहाराकरण भएका थिए, तर एकता केन्द्र मसालबाट गएका नेताहरूले भने आफ्नो सम्पत्ति आफन्तका नाममा नामसारी गर्न भ्याइसकेका छैनन्। एकता केन्द्र मसालमा हुँदादेखि नै प्रतिस्पर्धामा रहेका नारायणकाजी श्रेष्ठले यसपटक नराम्रोसँग सुताइदिएको महसुस अमिक शेरचनले गरेका छन्। नारायणकाजी श्रेष्ठको उपाध्यक्ष बन्ने लगभग
निश्चित भएको छ भने अमिक शेरचनलाई कोषाध्यक्ष बनाउने भनिए पनि अन्तिममा धोका दिने तयारी भएको छ।
नेताहरूको सम्पत्ति छानबिनका लागि मोहन वैद्य 'किरण'को संयोजकत्वमा एउटा आयोग गठन गरिएको छ। आदर्शका कुरामात्रै गर्ने वैद्यले इमान्दारिताका साथ सम्पत्ति छानबिन गर्लान् भन्ने कुरामा माओवादीकै कार्यकर्ता विश्वस्त छैनन्। केन्द्रदेखि स्थानीय तहसम्मका अधिकांश कार्यकताहरूले नातेदारका नाममा सम्पत्ति थुपारेको कुराबाट वैद्य अनभिज्ञ छैनन्। तर नातेदारहरूको सम्पत्ति छानबिन गर्ने अख्तियारी आफूले नपाएको भन्दै उनी पन्छिन खोजेका छन्। भौतिक सम्पत्ति जोड्नेमा प्रचण्डका छोरा प्रकाशदेखि बाबुरामकी श्रीमती हिसिलासम्म छन् भने माओवादीका प्रायः नेता जग्गा कारोबारमा संलग्न छन्।
नेताका छोराछोरीलाई विदेश पढाउन नपाइने, स्वदेशकै सरकारी स्कुल कलेजमा पढाउनुपर्ने प्रस्तावबारे माओवादी केन्द्रीय समितिको बैठकमा छलफल हुँदै गर्दा विदेश विभाग प्रमुख सीपी गजुरेलकी छोरी शोभा गजुरेल फ्रान्समा पक्राउ परिसकेकी थिइन्। आवश्यक कागजात साथमा नभएको अवस्थामा बेल्जियमको सीमा नजिकै फ्रान्सको इमिग्रेसनले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनले आफ्ना कागजातहरू निवासमा भएको बताइन्। प्रहरी उनीसँगै निवासमा गयो, तर निवासमा कुनै कागजात फेला नपरेपछि शोभामाथि राज्यलाई ढाँटेको थप अभियोगसमेत लगाइएर कस्टडीमा राखिएको छ। माओवादी नेता गजुरेलका छोरा सन्तोष पनि फ्रान्समा नै पढ्छन्। नक्कली पासपोर्ट प्रयोग गरी फ्रान्स जान लाग्दा भारतको चेन्नईमा सन् २००३ मा पक्राउ परेका माओवादी नेता गजुरेल सन् २००६ मा रिहा भएका थिए।
नेताका छोराछोरी विदेश नपढाउने र स्वदेशकै सरकारी स्कुल कलेजमा पढाउने माओवादीको निर्णय आफैंमा नराम्रो नभए पनि कार्यान्वयन हुन्छ भन्ने कुरामा कार्यकर्ताबाटै शंका उत्पन्न भएको छ। केन्द्रीय समितिका एक तिहाइ सदस्यहरूले आफ्ना छोराछोरी विदेश पढाएको र बाँकी केन्द्रीय नेताहरूले पनि स्वदेशकै महँगा स्कुल कलेजमा पढाइरहेका कारण यो निर्णय कार्यान्वयन हुनेमा कार्यकर्तामा आशंका उत्पन्न भएको हो। माओवादी स्रोतका अनुसार माओवादी नेता हरिभक्त कँडेलका छोराछोरी बंगलादेशमा पढ्छन् भने देव गुरुङले पनि आफ्नी छोरीलाई विदेशमै पढाएका छन्। जनमेर्चा नेपालबाट माओवादी प्रवेश गरेका लीलामणि पोखरेलले पनि छोराहरूलाई चीन र भारतमा पढाउँदै आएका छन्। - तरुण

यस्तै छ हजुर नेपालको ........







अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

न्यूयोर्कमा आयोजना

नेपालभन्दा बाहिर नेपाली भाषासाहित्यका बारेमा एउटै थलोमा जम्मा भएर छलफल गर्ने उदेश्यले अमेरिकाको न्यूयोर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुदैछ । "हाम्रो भाषा हाम्रो साहित्य ः सेवा र संरक्षण हाम्रो दायित्व !" भन्ने उद्गारकासाथ आगमी अगष्ट १५ मा आयोजना हुने सम्मेलनमा अमेरिकाका साथै नेपाल, रुस र जापानमा समेत रहेका नेपाली साहित्यकार, कवि, लेखक तथा गीतकारहरुको सहभागिता रहने आयोजक समितिका सचिव शिव प्रकाशले जुलाई २९ मा प्रकाशित विज्ञप्तिमा जनाएका छन् । सो कार्यक्रममा डायस्पोरामा नेपाली भाषा र साहित्यको विकास, विस्तार तथा समस्याका बारेमा छलफल गर्ने र सोसम्वन्धी विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । विभिन्न सत्रमा सम्पन्न हुने सो सम्मेलनमा काव्य वाचन कार्यक्रम पनि रहेको छ । जसमा कविता, गीत, गजल वाचनलाई समावेश गरिएको छ । अप्रतियोगितात्मक सो काव्य वाचनका लागि अगष्ट ७ भित्र आफ्नो रचना आयोजक समितिमा आइपुग्ने गरि सम्प्रेषण गरिदिन पनि स्रष्टाहरुलाई अनुरोध गरिएको छ ।




"फर्स्ट वोर्ल्डवार ट्यान्क को ९०औं वार्षिकोत्सव"

यही ०१ अगस्त ०९ को दिन सगरमाथा गोर्खा नेपाली कम्मुनिटी आशफोर्ड,केन्ट ले आशफोर्ड टाउन सेन्टर्मा अवस्थित फर्स्ट वोर्ल्डवार ट्यान्क को ९०औं वार्षिकोत्सव स्थानीय एम् पी - स्याडो इमिग्रेसन मिनिस्टर श्रीमान डेमिन ग्रीन र अरु थुप्रै शंस्थाहरु को साथ्मा भब्य तरिकाले मनाएको छ। उक्त फर्स्ट वोर्ल्डवार ट्यान्क को ९०औं वार्षिकओत्सब अशफोर्ड बरो काउन्सिल का मेयर श्री जोन होल्यान्ड को बन्दोबस्त र निमन्त्रनामा हाम्रो कम्युनिटिले भागलिने अवसर पाएको थियो।
यो फर्स्ट वोर्ल्डवार ट्यान्क को ९०औं बार्षिकओत्सब का लागि अन्य संस्थाहरुमा स्थानीय टि ए, रिमी,पुलिस,नोर्मान्डी भेटर्ननस एसोसियसन,आशफोर्ड एअर अनी सि क्याडेटस र रोयल ब्रिटिश लिजन हरुको परेड को साथ्मा यो कार्यक्रम बडो रोचक भयको थियो। मेयर जोन होल्यान्ड को छोटो बक्तब्य मा "हाम्रो ईतिहांस को सम्बर्दन अनी यस्ता गुणीसन्देशहरु लाई नयाँ पिंडीहरुमा पुर्यांई बांड्नु हाम्रो अहिलेको ससक्त जिम्मेवार भएको छ" भन्नुभयो। उक्त वार्षिकत्सव कार्यक्रम्को लागि हाम्रो सगरमाथा गोर्खानेपाली कम्युनिटीबाट,कम्मुनिटिका उपाध्क्ष नरेन्द्र लिम्बु,माहासचिब श्री लिम्बु ज्यु का साथ्मा अरु थुप्रै सदस्यहरु र वांहाहरुका परिवारहरु को यो उपस्थितिले सदाझैं हाम्रो शुद्ध पहिचान र सम्बन्ध स्थानिय जन्मानस्मा अरु दरिलो बनाउंदैगएको महशुष भयको छ। अन्तमा,उपाध्क्ष नरेन्द्र लिम्बु ज्युले सबै उपस्थित कम्युनिटिका सदस्यहरुलाई वाहाँहरुको कम्युनिटी प्रती जहिलै बफादार रही यस्तो सहयोगहरुको लागि धन्यवाद आभार प्रकट गर्दै सो फर्स्ट वोर्ल्डवार ट्यान्क को ९०औं वार्षिकत्सव कार्यक्रम यसबर्ष को लागि अन्त्य भएको छ।

-पोपिराज राई
सगरमाथा गोर्खानेपाली कम्युनिटी आशफोर्ड,केन्ट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक