20090807

एउटा बौलाहाले नानाथरी बकेपछी ....

तत्कालीन राजा वीरेन्द्रको सपरिवारको हत्या आफूले गरेको दावी गर्ने तुलप्रसाद शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहान उनलाई राजधानीको एउटा होटलबाट पक्राउ गरेको हो। २०५८ जेठ १९ राति नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारको ज्यान जाने गरि हत्याकाण्ड भएको थियो। आफूलाई रोयल इन्टिलिजेन्स प्रमुख बताउने शेरचनलाई प्रहरीले सुन्धाराको एक गेष्ट हाउसबाट पक्राउ गरेको हो। २०३२ साल देखि नै आफू ब्युरो प्रमुख रहेको र रकम हिनामिनाको आरोपमा दरबार हत्याकाण्ड गराएको उनले दावी गरेका छन्। बेलायतमा बस्ने आफू दरबार हत्याकाण्ड हुँदा नेपालमा नै रहेको दावी पनि गरेका छन्। केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरि आफूले नै दरबार हत्याकाण्ड गराएको बताएका थिए। तत्कालीन राजा वीरेन्द्रले मोटो रकम हिनामिना गरेको उनको आरोप रहेको छ। अहिले शेरचनलाई महानगरिय प्रहरी परिसर हनुमान ढोकामा राखिएको काठमाडौं प्रहरी प्रमुख नवराज सिलवालले बताए। शेरचनको दिमाग ठीक भए/नभएको बारेमा पहिले अनुसन्धान गरिने सिलवालले जानकारी दिए। शेरचनसँग अन्य केही ब्यक्तिहरु रहे पनि उनलाई एक्लै पक्राउ गरिएको हो। उनको बारेमा अनुसन्धान जारी रहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक