20090808

माधव नेपाललाई लोप्पा ख्वाउदै प्रचन्ड बेलायत हानिए.....


अनिश्चितकालीन सदन अवरोध गर्दै सडक आन्दोलनको समेत घोषणा गरेको माओवादीका शीर्ष नेता र प्रधानमन्त्रीबीच प्रधानमन्त्री माधवकुमार नेपालको निजी निवास कोटेश्वरमा भएको वार्ता निश्कर्षविहीन भएको छ। दुवै पक्ष आआफ्नो अडानमा कायम भएपछि वार्ताबाट कुनै निकास ननिस्केको हो। वार्तामा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेता सहभागी थिए। दाहाल आजै कार्यकर्तालाई प्रशिक्षण दिन लन्डन प्रस्थान गरेका छन्। दाहालसँगै उनकी पत्नी र छोरा प्रकाश पनि बेलायत गएका छन्। माओवादीले राष्ट्रपतिको कदम बारे संसदमा छलफल गर्न पाउनु पर्ने माग राख्दै यसअघि सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै शुक्रबारदेखि आन्दोलनको घोषणा गरेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक