20090825

माओवादीबाट सम्झौताको गम्भीर उल्लघंन

- राष्ट्रसंघीय निकाय अनमिन

राष्ट्रसंघीय निकाय अनमिनले कपिलवस्तु घटनामा एकिकृत नेकपा (माओवादी) ले हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा व्यक्त प्रतिबद्धताको उल्लङ्घन गरेको जनाएको छ। माओवादी लडाकुले बोकेर लगेका हतियार शिविरका सुरक्षाका लागि भएको अनमिनले प्रष्ट पारेको छ। नेताका सुरक्षाका लागि भन्दै माओवादीले ती हतियार शिविर बाहिर निकालेकोमा असन्तुष्टि जाहेर गर्दै अनमिनले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। "यसमा माओवादी सेनाको शिविरको सुरक्षाका लागि हतियारको प्रयोगसम्बन्धी प्रावधान ४.१.२, हतियार राख्ने तथा बोक्नेसम्बन्धी प्रावधान ५.१.१ तथा अनाधिकृत सैनिक गतिविधिसम्बन्धी प्रावधान ५.३.२ लगायतका सम्झौताका प्रावधानहरू सान्दर्भिक छन्" अनमिनले वक्तव्यमा भनेको छ, "यससम्बन्धमा अन्मिनले अनुसन्धानलाई जारी राख्नेछ।" अनमिनले हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पालना भए-नभएको अनुगमन गर्ने जिम्मेबार निकाय संयुक्त अनुगमन समन्वय समिति (जेएमसीसी) को भविष्यमा हुने बैठकमा यो घटनाका बारेमा छलफल गरिने उल्लेख गरेको छ।
यसअघि कपिलवस्तुमा एकीकृत नेकपा माओवादीका लडाकु शिविरबाट हतियारसहित बाहिर निस्केको घटना शान्तिसम्झौताको गम्भीर उल्लंघन भएको अनमिन प्रमुख करिन ल्याण्डग्रीनले बताएकी थिइन्। पूर्वाञ्चल भ्रमणमा रहेकी ल्याण्ग्रीनले मंगलबार विराटनगरमा मानवअधिकारकर्मी र नागरिक समाजसँग कुरागर्दै माओवादी जनसेना हतियारसहित शिविर बाहिर निस्कनु शान्ति सम्झौताको गम्भीर उल्लघंन भएको बताएकी थिइन्। दाङबाट रुपन्देही आउँदै गर्दा नौ थान हतियारसहित कपिलवस्तु पिपरामा सोमबार प्रहरीले १९ जना माओवादी जनसेनालाई पक्रेको थियो। 'माओवादी जनसेना वर्दी र हतियारसहित बाहिर निस्कनु शान्ति सम्झौता विपरीत हो'-ल्याण्डग्रीनले भनिन्। शिविरको सुरक्षाको लागि राख्न अनुमति दिइएको हतियार शिविर बाहिर लैजान नमिल्ने ल्याण्डग्रिनले बताइन्।
संसदीय दलले नेपालमा शान्ति प्रकियालाई सहज पार्न बसेको संयुक्त राष्ट्रस‌घीय मिसन अनमिनको काम चित्त बुझ्दो नभएको निश्कर्ष पनि निकालेको छ। शिविरमा रहेका माओवादी लडाकु र तिनका हतियारको अनमिनले अनुगमन गर्नुपर्नेमा त्यसअनुसारको व्यवहार नपाएको भन्दै संसदीय दलले असन्तुष्टि व्यक्त गरेको छ।

अन्मीन र जनमुtmी सेनाप्रति धेरै आशंका

कपिलवस्तु, संयुtm राष्ट्रसंघको अनुगमन टोली -अन्मीन) को जिम्मामा रहेका जनमुtmि सेना हतियार सहित शिविर -क्यान्टोन्मेन्ट) बाट बाहिर निस्केको खवरले र्सवसाधारण आतंकीत भएका छन् । यस घटनापछि र्सवसाधारणको दृष्टीकोणमा अन्मीन र जनमुtmि सेनाप्रति धेरै आशंका उत्पन्न भएको छ । जनमुtmिसेनाको चौथो डिभिजन अर्न्तर्गत रुपन्देहीको सैनामैना र नवलपरासी जिल्लाको अरुणखोला स्थित झयाल्टुङडाडा शिविरबाट रहेका २० जना सेनालाईसोमवार हतियार सहित कपिलवस्तुको जितपुरमा संस्त्र प्रंहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुवाट प्रहरीले अत्याधुनीक विभिनन प्रकृतीका नौ थान हतियार समेत वरामद गरेको छ । यसघटनापछि पुनः युद्ध हुने आशंकामा र्सवसाधारण आतकीत र त्रस्त छन् । सोमवारको घटनाप्रति सडकमा हिडडुल गर्ने, दर्ुइ चार जना भएका विच होस वा चियापसल, कार्यालयहरु जताततै अन्मीन एवं सेना तथा सरकारको क्रियाकलापप्रति विभिन्न टिकाटिप्पणी गदै चिन्ता व्यtm गरेका छन् । शान्ति संझौता, १२ बुदे सहमती र अन्तरीम संविधानलाई सवैपक्षले पालना गर्दै नया सहमती र संमझदारीको पालना गर्न र्सवसाधारणले आग्रह गरेका छन् । मधेशी जनअधिकार फोरमका संविधानसभा सचेतक एवं सभासद अभिषेक प्रताप शाहले अन्मीनको क्रियाकलाप दोधारे प्रवृतीको रहेको र माओवादीको धम्की आउनुले फेरी युद्ध निम्तीने आशंकामा जनता त्रसीत भएको बताउनुभयो । यसैगरी तमोलोपाका संचेतक बृजेश कुमार गुप्ताले सरकार, माओवादी र अन्मीनको विचमा असमझदारी बढदै गएको हुदा र माओवादीको हिसांत्मक क्रियाकलाप गर्न उदत देखिएको स्थितीमा जनतामा डरको स्थिती कायमै रहेको गुनासो गर्नुहून्छ । नेपाली काग्रेसका जिल्ला सभापति राजेश आचार्याले शान्ति संझौता उल्लधन गरेर जनतालाई हतियार देखाएर त्रसाउदै हिडने जनमुtmि सेनालाई कार्वाही गर्नुपर्ने र उनीहरुको अतियार राज्यले जफद गर्नुपर्ने बताउनुहुन्छ । नेकपा माओवादीका जिल्ला संयोजक संतोष पाण्डेयले शान्ति संझौता विपरीत क्यान्टोनमेनबाट जनमुtmि सेना अतियार सहित वाहीरीनुमा अन्मीनको लापर्वाही भएको र कानुन तथा संझौता उलघन गर्नेपक्षलाई राज्यो कावाही गर्न नसक्दा जनतामा भय र त्रास बढेको बताउनुहुन्छ । एनेकपा माओवादीका जिल्ला सहसचिव संजिव कुमारले जनमुtmि सेना युएनले प्रमाणीकरण गरेर दिएको हतियार लिएर हिडदा अनर्गल प्रोपोगण्डा गरेर राज्यपक्षले वास्तवमा शान्ति प्रक्रिया भत्काउने कार्य गरेको आरोप लगाउनुभयो । जनताको सेना जनताको हितमा लड्ने हुदा कोही पनि डराउन पर्दैन् । उनीले भने । प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले भन्नुभयो- कुनै अनुमती तथा सिफारीश पत्र जनमुtmि सेनालाई नदिई शिविरबाट हुलकाहुल सेनालाई हतियार सहित शिविरवाट बाहीर निस्कन दिनु अन्मीनको रोल ठिक भएन् । शान्ति संझौता कुनपक्षले उलंघन गरेको छ, त्यो स्पष्टसग अन्मीनले अनुगमन गर्न सकेको देखिदैन र त्यस्ता पक्षको वारेमा पनि केही बोलेको पाईदैन । यसले गर्दाको उसको व्यवहारप्रति धेरै आशंका उठेका छन् । अन्मीनले उनीहरुलाई सोमवार राती ११ वजे हतियार सहित जिम्मा लिएको छ । कपिलवस्तु प्रशासन कार्यालयको गेटमा राती अवेरसम्म वसेर माओवादी र्समर्थक तथा वाईसिएल एव र्सवसाधारणहरुले यस घटनालाई वडो कौतुहलपर्ुवक हेरेका थिए । तर उनीहरुलाई त्यसै छोडेकोमा र्सवसाधारणले सरकारको कडा आलोचना गरेका छन् । जनमुtmि सेना हतियार सहित कपिलवस्तुमा पक्राउ परेपछि अनुगमन गर्न आएका संयुtm राष्ट्रसंघ अनुगमन टोली नेपालगंज क्षेत्रिय कार्यालयका प्रमुख कलाउडीस फेएला ढअबिमगक ाभयबिण् ले भन्नुभयो- पिएलए ले -जनमुtmि सेना)ले शान्ति संझौता उलघंन गरेर शिविरबाट भागेको छ । तर उनीहरुले कुनै क्राईम -अपराध) नगरेको हुदा हामी जिम्मा लिन्छौ । यो चिन्ताको विषयसगै राजनैतिक विषय भएको हुदा अरु केही बोल्न मिल्दैन् ।
-From Santosh Neupane

तीज गयो अब दशै र तिहारको आगमन संगै गाउँ तिर सुरु हुन्छ मारुनी, एकै छिन् यि भिडियो हेरेर नेपाल पुगौं कि !







हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक