20090810

पूर्वराजा ज्ञानेन्द्रले नेपाललाई विखण्डन गर्ने प्रयास भइरहेकोमा चिन्ता ब्यक्त गर्दै आक्रोशपूर्ण चेतावनी दिए !!!


पूर्वराजा ज्ञानेन्द्रले पत्रकार धु्रवहरि अधिकारीलाई हालै एउटा गम्भीर तर सनसनीपूर्ण अन्तर्वार्ता दिएका छन्। एसिया टाम्इसमा पूर्वराजा ज्ञानेन्द्रसँगको कुराकानीमा आधारित धु्रवहरि अधिकारीको लेखमा ज्ञानेन्द्रले राज्य पुनःसंरचनाका नाममा नेपाललाई विखण्डन गर्ने प्रयास भइरहेको आक्रोशपूर्ण संकेत व्यक्त गरेका छन्। उनले नेपालको अवस्था दोस्रो विश्वयुद्धअगाडिको अस्ट्रियाको जस्तो हुने चेतावनी दिएका छन्। इतिहास हेर्ने हो भने उनको संकेत राजतन्त्रको अन्त्यपछि नेपालको भूभाग खुम्चिँदैछ भन्नेतर्फ देखिएको विश्लेषकहरूले बताएका छन्। किनकि, राजतन्त्रका अन्त्यपछि विशाल अस्ट्रिया अहिलेको सानो आकारमा खुम्चिएको थियो।
एसिया टाइम्सको २२ जुलाई, २००९ अर्थात् साउन ७ गते प्रकाशित ज्ञानेन्द्र शाहसँगको कुराकानीमा आधारित लेखमा ज्ञानेन्द्र शाह नयाँ नेपाल बनाउने नाममा अहिलेको राज्य पुनःसंरचनासम्बन्धी बहसलाई सतर्कतापूर्वक नियालिरहेका छन् र उनी हिमाली राज्यको आन्तरिक एकताप्रति चिन्तित छन् भनिएको छ। 'नेपाल एउटा हिमाली शिर, पहाड र समतल तराई भएको देश कुनै पनि हालतमा विखण्डन हुनुहुँदैन, चाहे त्यो आन्तरिक द्वन्द्वले होस् वा बाह्य खराब चाहनाले नै किन नहोस्। एउटा बिन्दुमा उनले एकजना आगन्तुकले भनेको कुरालाई पुनः स्मरण गर्न लामो मौनता लिए, जसले अहिलेको नेपालको अवस्थालाई दोस्रो विश्वयुद्धअगाडिको अस्ट्रियासँग जोडेर टिप्पणी गरेका थिए। उनले यस प्रसंगलाई थप लम्ब्याएनन्...' अधिकारीको लेखमा भनिएको छ। तर, उनले इतिहासका किताबहरूले सन् १९३८ अघि नाजी जर्मनी अस्ट्रियाको अधीनमा रहेको र त्यसपछि सर्बियनहरूले त्यहाँको राजतन्त्र उन्मूलन गरेपछि अस्ट्रिया खुम्चिएको प्रसंग आफ्नो मुखबाट बोल्न नचाहे पनि राजतन्त्र अन्त्यपछिको नेपाल त्यही बाटोतर्फ अघि बढ्न लागेको चिन्तायुक्त सन्देश दिन खोजेको स्पष्ट हुन्छ। पूर्व राजा ज्ञानेन्द्रसंगको कुराकानी प्रस्तुत गर्दै एशिया टाइम्सले लेखेको छ―
'He seemed aware of the current debate and demand to restructure the state in the quest for a "new" Nepal. The existence and integration of Nepal, a garland of Himalaya, hills and flatland called Terai, must not be broken by either internal discord or external ill will. At one point, he took a long pause to recollect the remark of a visitor who likened present-day Nepal to Austria shortly before World War II. He did not elaborate, but history books are full of the events leading to Anschluss - the ncorporation of Austria into Nazi Germany in 1938.'

पूर्वराजा ज्ञानेन्द्र शाहले अन्तर्वार्ताका क्रममा यदि आफ्नो भूमिका देशको एकताका लागि आवश्यक भएमा जुनसुकै बेला पनि तत्पर रहेको पस्ट पारेका छन्। उनले पछिल्लो समयमा भेटेका केही राजनीतिक, कूटनीतिक तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूसँग पनि यस्तै लबजमा आफू पुनः शक्तिमा आउन सक्ने सम्भावना देखाएका छन्। जनताले चाहेमा पुनः कुनै न कुनै रुपमा राजतन्त्रको पुनःस्थापना हुने कुरा उनले स्पष्ट रुपमा बताइसकेका छन्। राजतन्त्रको अन्त्यले देशमा नयाँ खालको भ्याकुम सिर्जना भएको र देश विखण्डनको दिशातर्फ अघि बढेको उनले व्यक्त गरिरहेका छन्। मुख्य कुरा उनले जनताले चाहेमा आफू जुनसुकै बेला पनि हाजिर छु भन्नु र सँगसँगै हरेक सिक्काका दुई पाटा हुन्छन् भन्दै मान्छेले सिक्काको एउटा पाटोलाई भुलिरहेका हुन्छन् भन्नुले गम्भीर सांकेतिक अर्थ लगाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक