20090901

"प्रधानमन्त्री माधव नेपाल अत्यन्तै चिन्तीत"

प्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति परमानन्द झालाई सरकारले उपलब्ध गराएको सेवा/सुविधा खोस्न कानुनी परामर्श भइरहेको बताएका छन्। ‘उपराष्ट्रपतिको शपथ प्रकरणले सिंगो राष्ट्रलाई समस्या परेको छ, निकासको उपायको खोजी भइरहेको छ'-मंगलवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै प्रधानमन्त्री नेपालले भने- 'उहांले झण्डा फरफराइरहनु भएको मैले पनि सुनेको छु, कानुनी व्यवस्था अनुसार नै उपायको खोजी भइरहेको छ।' प्रधानमन्त्री नेपालले उपराष्ट्रपति विवादको सन्दर्भमा सहमत उपायको खोजीमा आफु रहेको बताउंदै त्यस्तो उपाय अझै पत्ता नलागिसकेको उल्लेख गरे। उनले भने-‘सबै सहमत हुने गरी उपाय पत्ता लगाउन कानुन व्यवसायलाई भनेको छु, म आफै पनि लगातार कानुन व्यवसायीको परामर्शमा छु, चांडै नै सहमत उपाय खोजिने छ।' उपराष्ट्रपति शपथ प्रकरणले सरकार नढल्ने दाबी गर्दै प्रधानमन्त्री नेपालले भने-‘तर उहांको व्यवहार र काम गराईले राष्ट्रलाई समस्यामा पारेको छ।' एकिकृत नेकपा माओवादीले व्यवस्थापिका संसद चल्न नदिएका कारण पनि उपराष्ट्रपतिको शपथ प्रकरण झांगिएको प्रधानमन्त्री नेपालले दाबी गरे। उनले भने-‘यो प्रकरणमा अर्को समस्या व्यवस्थापिका संसद नचल्नु पनि रहयो, माओवादीका कारण पनि सरकारलाई अप्ठ्यारो परेको छ।'

‘माओवादीले कसैलाई बांकी राखेका छैनन्, यो सरकारलाई पनि उसले अप्ठ्यारो पारेको छ'-प्रधानमन्त्री नेपालले भने- 'माओवादीको वानी, व्यहोरा अझै सुधि्रएको छैन्, बिद्रोही प्रबृत्तिमा सुधार आएका छैन्, देश र बिदेश पनि उनीहरुसित संशकित छन्। देश र विदेशमा रहेको अविश्वासको भावना माओवादीले आफै हटाउनु पर्ने सुझाव दिदै प्रधानमन्त्री नेपालले भने-‘माओवादी सरकारमा आयो भने स्वागत, हामी बहिष्कार गर्दनौ।' पछिल्लो चरणको आन्दोलनको कार्यक्रम अनुसार माओवादीले प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गरेको सन्दर्भमा प्रधानमन्त्री नेपालले भने-‘यो यस्तै चल्छ, हामीले पनि माओवादीको कार्यक्रम बहिष्कार गरेका थियौं, यो प्रकृया केही समयसम्म चल्छ।' यधपी, पछिल्लो समयमा आएर माओवादीले बाटो सोझ्याउदै गएको प्रधानमन्त्री नेपालको अनुभव छ। उनले भने-‘विशेष समिति निर्माणको क्रममा माओवादीले बाटो सोझयाइदिएकै हो, अव शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउने बाटो पनि खुलेको छ।' नेकपा एमालेले धरानमा आयोजना गरेको पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागि हुन आइपुगेका प्रधानमन्त्री नेपालले भने-‘पार्टीको विवादले मलाई अत्यन्तै दुखी बनाएको छ, त्यसमा सुधार हुनु आवश्यक छ, पार्टीको विवादले म अत्यन्तै चिन्तीत पनि भएको छु।'




भाषा बिवाद उपराष्ट्रपतिको अकडपन

- सन्तोष न्यौपाने,
वाणगंगा १ पिपरा कपिलवस्त’, हाल बेल्जियम



जन आन्दोलन दर्ुइपछि जाती र भाषाका कुरा निकै उठ्ने गरेका छन् । त्यो भन्दा अगाडी सबै जातजातीले आ आफना मातृभाषाहरु आ आफना ठाउ“मा बोलेता पनि सबैले पढ्ने लेख्ने र अफिहरुमा कामकाज गर्ने साझाभाषाको रुपमा बिकसित भएको भाषा अरु थिएनन् नेपाली नै थियो । त्यही भएकोले यसैलाई राष्ट्रभाषाको मान्यता दिईयो । किनकी त्यतिबेला अन्यभाषाहरु लिपिबद्ध भएका थिएनन् । अहिले जसरी नेपाली भाषालाई ब्राहमण क्षेत्रीको भाषा भनिन्छ । त्यसमा पनि सत्यता छैन । ब्राहमणहरु पहिला संस्कृत बोल्थे भन्नर्ेर् इतिहास पढ्न पाईन्छ । नेपाली न त ब्राहमणको मात्र भाषा हो न त क्षेत्री ठकुरीहरुको नै । यो भाषा संस्कृत लगायत,पाली,उर्दू,हिन्दी,अंग्रेजी,सौरसेनी लगायतका अनेकथरि भाषाको समिश्रणबाट बिकशित भएको भाषा हो । यसको प्रमाण खोज्ने हो भने कुनै न कुनै शब्द एउटा न एउटा भाषाका शब्दसंग मिलेको पाईन्छ । यसरीे नेपाली भाषा बन्न पुग्योे । ठकुरी राजा,राणा बाहुन ,दमाई कामी ,सार्की लगायतका जातजातीले अहिले बोल्ने भाषा यसरी नै बिकशित भएको हो । यसरी बिकसित भएकोे भाषा लेख्न पढ्न र बोल्न ,सरल भएकोले यसैलाई राष्ट्रभाषाको स्थान दिईयो ।

जसरी हरेक ठाउ“का मान्छेको रुपरङ्ग,भेषभूसा,फरकहुन्छ त्यस्तै बोलिने भाषा पनि फरक हुन्छन् । हिमाली भागमा बसोबास गर्ने बिभिन्न जाती ,पहाडी भेगमा बसोबासगर्ने बिभिन्न्ा जाती र तर्राईमा बस्ने बिभिन्न जातजाती सबैका बोलीचालीका भाषा फरकफरक छन् ति सबैका आआफना मातृ भाषा हुन् । भातृभाषा भातृ भाषा नै हुन्छ त्यो राष्ट्रभाषा हुदैन । एउटै भूगोल भित्र बसोबासगर्ने अनेक जातजाती र भाषा भाषीका बिच समन्वय कायम गर्ने र फरकपनमा पनि एकरुपता देखाउने माध्यम भनेको राष्ट्रभाषा हो र हाम्रेा देशको परिबेशमा नेपाली नै राष्ट्रभाषा बन्यो । त्यसैलेे सबैको प्रतिनिधित्वगर्ने भाषालाई राष्ट्रभाषाका रुपमा बिकशित र परिमार्जन गर्दै लान सकिने भएकोले नै नेपाली भाषालाई राष्ट्रिय भाषाको मान्यता दिईएको हुनर्ुपर्छ ।
अहिलेको नेपाली भाषा पनि पहिला यही रुपमा थिएन जो हामी पथ्वीनारायण शाह भानुभक्त मोतिराम भट्ट कालिन अभिलेखहरु पढ्दा थाहा पाउ“छौ । भया, खाया गरयाको,खायाको,जस्ता अनेक शब्द र वाक्यांशहरु पाईन्छन् जो अहिलेको नेपाली बोल्नेलाई पनि बुझन र लेख्न गाह्रो छ । अहिलेको नेपाली भाषामा धेरै थरिका आगन्तुक शब्दहरु छन् । यिनमा नेपाली,नेवारी,हिंन्दी,उर्दू,अंग्रेजी,संस्कृत,पाली सौरसेनी लगायतका धेरैथरिको समिश्रण पाईन्छ । यिनै धेरैथरि समिश्रणबाट एउटा सिङ्गो नेपाली राष्ट्रभाषा तयार भएको छ । यसरी तयारभएको भाषालाई त्यतिबेलाका भाषावीद र शाशक ्प्रसासकहरुको र्समथनरहेर नै निक्र्यौल गरिएको होला । उनिहरुको निर्ण्र्ााबाटै यसलाई राष्ट्रिय भाषाको मान्यता दिईयोहोला । जस्तो अहिलेको बिकुल माईलाको गीत सयौ फूलका थुङ्गा हामी एउटै माला नेपाली भन्ने गीतलाई राष्ट्रिय गीतको रुपमा छानियो र केही बिवादका बाबजुद सबैले स्वीकारियो । भाषाको कुरा पनि त्यस्तै हो । नेपाली भाषा पनि सबैबाट स्वीकारिएको चलनचल्तीको भाषाहो । यसैले सबैको राष्ट्र भाषा हो ।े आफुलाई मधेशबादी भन्नेहरुलाई यो भाषासंग किन यति दुराग्रह हो बुझन सकिएन - बिशेषगरि तमलोपा,फोरम,सदभावना लगायतका पार्टर्ीीलाई । त्यहा“ पनि सबैका आ आफना मातृभाषा छन् । मातृभाषामा उनिहरुको सबै कुराकानी वरब्यवहार चल्छ । दर्ुइचारजना भारतबाट नेपाल भित्रिएकाहरुले हिन्दी भित्राएर बोले भन्दैमा कसरी यो दोश्रो राष्ट्रभाषामा पर्छ -हिंन्दी नेपालको भाषा नै होईन । अनौपचारिक रुपमा बुझ्ने,बोल्ने फरक कुरा हो ।
मानौ सबै जातजातीका भाषाले सरकारी कामकाजको भाषाको रुपमा मान्यता पाउ“ने समय आएछ भने त्यसपछिको कुरा बेग्लै हो । देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ । देश संघियतामा जाने तरखरमा छ । गणतान्त्रिक नेपालको संबिधान बन्न बाकी नै छ । सबैकुरा अन्तिरिम संबिधान अनुसार चलेको छ । नया संबिधान बनेपछि नियम ,कानुन बन्लान् । त्यतिबेला आ आफनो मातृभाषामा सपथ लिन पाईने ब्यवस्था बन्ला तर अहिले देश न त संघियस्वरुपमा बिभाजन भएको छ, न त गणतान्त्रिक संबिधान नै बनेको छ । अहिले देशमा अन्तरिम अवस्था छ । अन्तरिम अवस्थामा अन्रिम संबिधानमा लेखिएको नीतिनियम,कानुन सबैले पालना गर्नुपर्नेहुन्छ । अझै भन्नुपर्दा सर्बोच्च अदालतको निर्णर्य त सबैले मान्नुपरयो । नमान्ने भए पदबाटै राजीनामा दिनुपरयो । जो मधेशबादी दल लगायत अरुले पनि भनेकै छन् ।
उपराष्ट्रपति प्रमानन्दझाले आफुलाई के ठाने र हिंन्दी भाषामा सपथग्रहण लिए - जो आफै पनि न्यायधिश नै हुन् । देशको बर्तमान अन्तरिम समयका नियम कानुन संबिधानका धारा,उपधारा सबै उनलाई पनि थाहा थियो । के चर्चामा आउन कै निम्ती उनले बखेडा निकालि रहेका हुन् वा भारत भक्ति देखाउन । राष्ट्रपति पनि त मधेश कै हुन् नि । उनले राष्ट्रपतिका हैसियतले गरेका अन्य गतिबिधिलाई छाडेर सपथग्रहणका बेलाका मात्र कुरा गर्दा, उनि त दौरासुरुवालमा सजिएर नेपालीमा शपथ लिएका थिए । उनको मातृभाषा पनि नेपाली त थिएन । उनले पनि हिंन्दीमा सपथ लिन सक्थे किन लिएनन् - अर्को कुरा उपराष्ट्रपतिले मैले नेपाली बुझिदन भन्दै नेपाली नै बोल्दै अरुलाइृ जवाफ दिईरहेका देखिन्छन् । त्यो कस्तो नाटक उनले गरेका हुन् - एकातिर नेपाली बुझ्दिन भन्ने अर्कोतिर त्यही वाक्य नेपाली मै भन्ने कस्तो हासोउठ्दो कुरा गर्छन् उनि - यदि नेपाली बुझ्दैनथे भने अहिलेसम्म न्यायधिश बनेर कसरी काम गरे उनले कसरी मुद्दामामलाको फैसला गरे । यो सब फटयाइ“ कुरा मात्र हो । उनैको स्वरमा स्वर मिलाउदै अन्य मधेशबादी नेताहरुले सर्बोच्चको फैसलाले मधेशीको भावनामा ठेस पुगेको अभिब्यक्ति दिएका छन् । कसरी ठेस पुग्छ सवोच्चको त्यो फैसलाले - मधेशमा बस्ने सबैको प्रतिनिधित्व त हिंन्दी भाषाले गर्दैगर्दैन । बरु उनले आफना गाउ“ठाउ“को मातृभाषामा सपथ लिएको भए सबैलाई मान्य हुने थियो यत्रो बिवाद चर्कने थिएन । हो अब भने संबिधानमा र्सार्वजनिक पद ग्रहण गर्नेले मातृभाषामा सपथ लिन पाउने ब्यवस्था गर्ने पहल उपराष्ट्रपतिले गर्नुपर्ला ।

भाषा बिवादले अहिले नागरिकलाइृ अलि उत्तेजित र आन्दोलित बनाएको छ । जो हुनुहुदैनथ्यो । सरकारको जिम्मेवार पदमा आसिन ब्यक्तिले नै अगाडी पछाडी नसोची हर्ुइममा आएर नियम कानुन बिपरितका काम गरेपछि अरुले के गर्लान - हुन त सरसरी पढ्दा त्यो सपथग्रहण पत्र एउटा राष्ट्रसेवकले इश्वरलाई साक्षि राखेर सधै देश र जनताको पक्षमा काम गर्नेछु भन्ने प्रतिज्ञा पत्र हो । जुन भाषामा पढेपनि कुरो उही नै हो तर सबै देशका आ आफना मूल्य र मान्यता हुन्छन् । राष्ट्र चिनाउने र राष्ट्रको गौरव बढाउने र राष्ट्रको शीरउचोराख्ने दुइृचारवटा बिशेष कुराहरु हुन्छन् । ति मूल्य र मान्यतालाई यो देशको भूगोल भित्र बस्ने जुनसुकै जातजाती भाषा भाषी नै किन नहोउन सबैले मान्नर्ुपर्छ । उपराष्ट्रपति प्रमानन्दझाले नेपाली भाषामा लेखिएको शपथ पत्र हिंन्दी भाषामा उल्थागरि वाचन नगरी जस्ताको तस्तै पढेको भए पनि त हुन्थ्यो । उनले हिंन्दीमा सपथपत्र पढेर सच्चा मधेशबादी देखाउन खोजेका हुन् भनेपनि मधेशको भाषा हिन्दी होईन । र्सार्वजनिक पदमा आसिन ब्यक्तिहरु औपचारिक कार्यक्रमा बोल्दा पहिले बिचार पुराउनु पर्छ । प्रमानन्दले पनि बिचार पुराउनु पथ्र्यो । उनि हर्ुइममा आएर धोतीकर्ुतामा सजिएर सपथग्रहण समारोहमा हानिए अनि सपथ पनि हिंन्दी मै लिए । यो राष्ट्रिय भाषाको अपमान नै हो जवसम्म नयासंबिधान बन्दैन । राष्ट्र भाषाको अपमान नेपालीले सहन सक्ने कुरा पनि भएन बिरोध शुरु भयो । सडकमा टायर बले, पुनःनेपालीमा सपथलिनुपर्ने माग गरियो । यो मुद्दा अदालतमा पुग्यो । अहिले हिन्दी भाषा प्रकरणमा मुछिएका उपराष्ट्रपति प्रमानन्दझालाई सर्बोच्च अदालतले एकहप्ताभित्र नेपाली भाषामा सपथग्रहणगर्न आदेश दिएको छ । उनले पटकपटक नेपालीमा सपथ नलिने अभिब्यक्ति दिएका छन् । आफुलाई मधेशबादी हौ भन्ने दलहरु ल्गायत माओबादी नेता प्रचण्डले समेत उपराष्ट्र पतिलाई राजीनामा दिन सुझाव दिएका छन् । अहिले उपराष्ट्रपति प्रमानन्दझा प्रधानमन्त्री माधव नेपाल र राष्ट्रपति रामवरण यादवसंग सरसल्लाहामा ब्यस्त छन् । उनिहरुले उपराष्ट्रपतिलाई नेपालीमा सपथलिन सुझाव दिएका छन् । उनले नेपालीमा सपथ लिन्छन् वा राजिनामा दिन्छन् दुइदिनपछि थाहा हुनेछ । नेपालीमा सपथ लिएमा यो प्रकरण समाप्त हुनेछ भने राजिनामा दिएमा उनले भोगचलनगर्दै आएको उपराष्ट्रपतिको हैसियतको सरकारी सुबिधा सबै छाड्नु पर्ने छ ।

Important Announcement:



Dear All,

Sagarmatha Television is the first Nepali television program ever produced and broadcast outside Nepal, which airs from the nation's capital of the United States of America. It is a matter of pride for the Nepali people and friends of Nepal to be able to watch Nepali television programs in both Nepali and English languages.

Sagarmatha Television is a window to promote Nepal and Nepali culture to the world. It has been airing Nepali programs every Sunday 9:30 AM on MHz Networks, World View Television (WNVC - TV) in Washington DC Metropolitan area since July of 1997. On May 1, 2005, Sagarmatha Television increased its broadcast to twice a week – Sunday at 9:30 AM and Wednesday at 12:30 PM. On July 1, 2006 Sagarmatha Television has extended its broadcast from half hour to one hour, every Sunday 9:00 am to 10:00 am and Friday at 2:00 pm to 3:00 pm

Now, we are very pleased to announce that starting from September 5, 2009 Sagarmatha Television will broadcast every Saturday 8:00 am to 9:00 am on MHz Networks. Furthermore, Sagarmatha Television will be available nationwide 4 times a Day and 4 days a week very soon. The transmissions can also be viewed on our websites www.sagarmathatv.us or www.nepaltvusa.com.

We would like to take this opportunity to thank each one of our viewers for supporting us, encouraging us and providing us with constructive criticism, which have enabled us to improve our program and our website. We have been working diligently to bring you the latest programs from Nepal, as well as our Community activities, announcements, news and other services. Based on your input, we have redesigned the website for easy navigation, simple interface, personalization features and more information.
As always, we look forward to receiving your comments and suggestions to improve Sagarmatha Television & its website.

Thanking you!
Sincerely,
Ram C Kharel
Founder/Producer, Sagarmatha Television
http://www.sagarmathatv.us , http://www.nepaltvusa.com
(703) 926 9530 , info@sagarmathatv.us or rk@nepaltvusa.com




नेहालको दिर्घायुको लागि भगवान सँग प्राथना


हाम्रा मित्र बिष्णु अधिकारी एबम बहिनी कमला अधिकारी का प्रथम सुपुत्र नेहाल अधिकारीको शुभ अन्न प्रासन को उपलक्ष्य मा अधिकारी परिवारलाई बधाई नेहालको दिर्घायु को लागि भगवान सँग प्राथना गर्दछौँ

- राम प्रसाद खनाल, ॠषि खनाल, तिर्था पौडेल एबम समस्त खनाल परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक