20090914

माओवादी उदँडताको पराकास्ठ, प्रधानमन्त्री र मन्त्रीकै सुरक्षा नभएको देशमा जनताको के सुरक्षा ?


प्रधानमन्त्री नेपाललाई कालोझण्डा देखाउन आएका एकिकृत नेकपा माओवादीका कार्यकर्ता र प्रहरीविच झड्प हुंदा पाँच प्रहरीसहित कम्तीमा १८ जना घाइते भएका छन्। प्रहरीले आठजना माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोह स्थल विराटनगरको शहिद मैदान कार्यक्रम सुरु हुनुअघि टांउकोमा कालो पट्टी बाधेका एकिकृत माओवादीका हजार भन्दा बढी कार्यकर्ताले कार्यक्रमस्थलभित्र अरुलाई प्रवेशमा रोक लगाएका थिए। ‘विदेशी दलालको आर्शिवादमा बनेका प्रधानमन्त्रीलाई बहिष्कार गरौ' भन्दै माओवादी कार्यकर्ताले कार्यक्रमभित्र प्रवेश गर्न खोज्नेलाई रोकेका थिए। माओवादीले माइकिंग गरेर पटक पटक आफूहरु विद्यार्थी भएको जिकिर गरेका थिए। हेलिकोप्टरले विराटनगर आएका प्रधानमन्त्री नेपाललाई कडा सुरक्षाविच रत्ना होटलमा राखिएको थियो। रत्ना होटलदेखि कार्यक्रमस्थल शहिद मैदानसम्मको झण्डै डेढ किलोमिटर सडक मार्गमा नेपाल र सशस्त्र प्रहरीको बाक्लो तैनाथी गरिएको थियो। एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरु कार्यक्रमस्थलमा प्रदर्शन गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेका थिए। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले केही सेल अंशुग्यांस र लाठीचार्ज गरेका छन्। प्रहरीले हानेको अंशु ग्यांसको धुंवा कार्यक्रमस्थलमा प्रवेश गरेपछि सहभागी केही विद्यार्थी अचेत भएका थिए। माओवादी कार्यकर्ताले कार्यक्रममा सहभागि हुन् आएका केही अतिथीको कार सडकमै पल्ट्याइ दिएका थिए।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तागत भए एकीकृत माओबादी कार्यकतालाई गोली हान्न चुनौती दिएका छन। माआवादी कार्यकर्ताले पूर्व निधारित कार्यक्रमअनुसार प्रधानमन्त्री र मन्त्रीहरुको सार्वजनिक कार्यक्रम बहिस्कार र कालो झन्डा प्रदर्शनलाई तीब्र पादै लगेपछि उपप्रधानमन्त्री गच्छदारले सक्ने भए गोली हान्न चुनौती दिएका हुन। प्रधानमन्त्री माधवकुमार नेपाल माओवादी कार्यकर्ताहरुको उग्र प्रदर्शनका कारण विराटगनरका कार्यक्रम स्थलनै छाडेर होटल रत्नामा बस्न बाध्य भएका छन भने शनिबार अर्थमन्त्री सुरेन्द्र पाण्डे चढेको ढुंगामूढाका कारण गाडीबाटै उत्रन नसकी काठमाडौं फर्केका थिए। आइतबार चितवनमा प्रधानमन्त्री नेपालले आफू हिड्ने रुटनै परिवर्तन गर्नु परेको थियो। उपप्रधानमन्त्री गच्छदार पनि माओवादी कार्यकर्ताका उद्दण्ड प्रदर्शनबा६ बचेनन। कार्यक्रम स्थलमै माओवादी कार्यकर्ताले विरोध स्वरुप कालो झन्डा ओडाइदिएपछि मधेशी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री गच्छदार आक्रोसित बनेका थिए। काठमाडौंको सिनामङगल र भीमसेनगोला जोड्ने नबनिर्मीत पुलको सिलन्यास गर्दै उपप्रधानमन्त्री गच्छदारले माओवादीले जनमत र जनभावनाको अवमुल्यन गरेको आरोप लगाए। माओबादीलाई मत दिएको प्रति जनताले पछुतो महसुस गर्न थालेको भन्दै सविधान सभा माओवादीको मात्र पेवा नभएको टिप्पणी गरेे।
नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा ऊर्जामन्त्री प्रकाशशरण महतमाथि एकीकृत नेकपा (माओवादी)का कार्याकर्ताले विदुरमा कालोझन्डा देखाउनुका साथै ढुङ्गामुढा प्रहार गरेका छन्। नुवाकोट निर्माण व्यवसायी सङ्घको छैटौं साधारणसभा एवम् पाँचौ जिल्ला अधिवेशनमा सहभागी हुन आएका ऊर्जामन्त्री महतविरुद्ध माओवादीले विदुरको नुवाकोट चोकदेखि ३२० मिटर टाढाको लोकतान्त्रिक चौतारासम्म कालोझन्डा देखाई नाराबाजीसहित विरोध गरेका थिए। 'ल साथीहरू देखाउनुस् कालो झण्डा' भन्दै मन्त्री महत गाडीबाट ओर्लिएपछि सुरक्षाकर्मीलाई मन्त्रीको सुरक्षा हम्मे परेको थियो। मन्त्री महत विदुर चोकदेखि झण्डै चार सय मिटर पर कार्यक्रमस्थल जिल्ला विकास समितिको हलसम्म पैदल नै गएका थिए। माओवादीले कालो झण्डा प्रदर्शन गरेपछि गाडीबाट सडकमा ओर्लेका मन्त्रीलाई ढुङ्गामुढासमेत प्रहार भएपछि प्रहरीले माओवादीमाथि लाठीचार्ज गरेको थियो। लाठी चार्जबाट माओवादीका दुईजना कार्यकर्ता घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गाप्रहारबाट प्रहरी निरीक्षक कोमल शाह घाइते भएका छन्।

६०१ श्री हरूको चेत समयमै खुलोस् !

– डा. प्रवीण सूर्य

संविधानसभा निर्वाचन भएको एक वर्ष पाँच महिना बितेको छ। राजनीतिक दलहरूले यति समयभित्र हामीहरूले नयाँ नेपालको संविधान बनाउँछौं भनेर जनतालाई दिएको समय पूरा हुन १० महिना मात्रै बाँकी छ। दलहरूले संविधानसभाको गठन भएको दुई वर्षमा हामीहरूले नयाँ नेपालको संविधान बनाउँछौं भन्ने नारा दिएर संविधानसभाको निर्वाचनमा सहभागी हुन जनसाधारणलाई आग्रह गरेका थिए। अब दुई वर्षको समय सकिन १० महिना मात्रै बाँकी छ।
त्यसैले राजनीतिक दल र तिनका नेताहरू जनतालार्ई आफूले दिएको वचन पूरा गर्ने कुरामा प्रतिबद्ध र इमानदार छन् भने उनीहरूले अबको १० महिनाको समयभित्र नयाँ संविधान बनाउने संकल्प गर्नुपर्छ र त्यस्तो सामर्थ्यसमेत देखाउनुपर्छ। राजनीतिक दल र तिनका नेताले संविधानसभासम्बन्धी नियमावलीको तर्जुमा भएको समय आदि देखाएर संविधान बनाउने अन्तिम मिति सार्न खोज्छन् भने त्यसलाई राजनीतिक दलको बेइमानी र प्राविधिक बहानाबाजीको रुपमा जनसाधारणले बुझ्छन् र बुझ्नु पनि पर्छ। संविधानसभाको गठन भएको मितिले दुई वर्षभित्र संविधान जारी गर्ने हिसाबले संविधानसभाले २०६७ वैशाख १ गतेलाई संविधान जारीगर्ने मिति भनेर तोक्नुपर्थ्यो। तर पनि संविधानसभाले पहिले नै राजनीतिक दलले जनतालाई दिएको समय–सीमा मिचेर जेठ १४ लाई संविधान जारी गर्ने मिति भनेर तोकेको छ। संविधानसभाले डेढ महिना ढिलो संविधान जारी गर्ने मिति तोकेको कुरालार्ई जनताले पनि राजनीतिक दल र तिनका नेता तथा संविधानसभाले गरेको ठूलो अपराधको रुपमा लिएको देखिँदैन। तर २०६७ जेठ १४ गते नयाँ संविधान जारी हुन सकेन भने त्यसलाई संविधानसभाका सदस्यहरू र त्यसका प्रमुख अध्यक्ष एवं राजनीतिक दल र तिनका नेताहरूको राष्ट्र र जनताप्रतिको गैरजिम्मेवारीपन, धोका र छलको रुपमा लिनुपर्छ।
१७ महिनाको समय सत्ताको लुछाचँुडीमै समाप्त भएको छ। १७ महिना बितिसक्दा पनि राजनीतिक दलहरूले आफूहरूले जनतासँग गरेको वाचालाई खासै महत्त्व दिएको देखिँदैन। संवैधानिक समितिले आफ्नो प्रारम्भिक मस्यौदा तयार गरेको छैन। राज्यको पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति, शासकीय स्वरुप निर्धारण समिति, प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँट समिति र मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका प्रारम्भिक प्रतिवेदनहरू अहिलेसम्म पनि तयार भएका छैनन्। यसबाट उल्लिखित विभिन्न समितिका सभापति एवं सदस्यहरूले आफ्नो जिम्मेवारी पूरा गर्ने तत्परता तथा क्षमता र जाँगर नदेखाएको कुरा स्पष्ट हुन्छ। संविधानसभाको निर्वाचन संविधानसभामा छानिएका व्यक्तिलाई तलब–भत्ता खुवाउनका निम्ति नभएर संविधान निर्माण गर्नका निम्ति भएको हो भन्ने कुरालाई संविधानसभाका सदस्यहरूले गम्भीरतापूर्वक नलिएको अनुमान जनसाधारणले गर्नुपर्ने अवस्था बन्दै आएको देखिन्छ।
नेताहरू र संविधानसभाका सदस्यहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको भए अहिले अन्तरिम संविधान संशोधनका कुरा ननिकालेर नयाँ संविधान बनाउने कुरा गर्ने थिए। अन्तरिम संविधान बनाउने कुरा गर्ने थिए। अन्तरिम संविधान व्यवस्था नभएर अस्थायी हो। अस्थायी वा अन्तरिम व्यवस्था पूर्ण हुन नसक्ने भएकाले नै त्यसलाई अन्तरिम भनिएको हो। अन्तरिम संविधानमा कमी–कमजोरीहरू देखा परे भनेर त्यस्ता कमी–कमजोरीहरू हटाउन अन्तरिम संविधानमा संशोधन गर्ने कुरा सुन्दा नराम्रो नसुनिए पनि त्यसले संविधान बनाउने मुख्य कामलाई घुमाउरो ढंगले पछाडि धकेल्ने काम गर्छ। त्यसैले कसै–कसैबाट अन्तरिम संविधान संशोधन गर्ने माग संविधान बनाउने खास कामलाई पछाडि सार्ने वा संविधान बनाउने काम समयमा हुन नदिने ध्येय राखेर समेत आएको हुनसक्छ भन्ने कुरामा पनि सम्बन्धित सबै सजग हुनुपर्छ। अब १० महिनामा संविधान नै बनाउनुपर्ने भएपछि बितेको १७ महिनामा जे–जसरी काम चल्यो, त्यसरी नै अबको १० महिनासम्म पनि काम चलाउन सकिन्छ। त्यसैले राजनीतिक दल र तिनका नेता र संविधानसभाका सदस्यहरूले अन्तरिम संविधान संशोधन गर्ने हलुका नारा उचालेर समयमै संविधान बनाउने र अब बन्ने संविधानमा अन्तरिम संविधानमा र पुराना संविधानमा रहेकाजस्ता कमी–कमजोरीहरू रहन नदिने कुरामा सजगता अपनाउनुपर्ने देखिन्छ।
संविधानसभा निर्वाचन गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल 'प्रचण्ड', झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई वा अरु कुनै नेतालाई प्रधानमन्त्री बनाउन वा नबनाउनका लागि र सुवास नेम्वाङलगायतका नेतालाई अध्यक्षलगायतका पद दिनका लागि मात्र भएको थिएन भन्ने कुरालाई सबै राजनीतिक दल र तिनका नेता तथा संविधानसभाका अध्यक्ष महोदय र संविधानसभाका सदस्यहरूसमेतका सबैले हरबखत स्मरण गर्नुपर्ने देखिन्छ।
संविधानसभा निर्वाचन तत्काल कसलाई प्रधानमन्त्री बनाउने वा नबनाउने र कुन कुरालाई संसद्मा छलफल गर्न दिने वा नदिने भन्ने कुराको विवाद गर्न र ६ सय १ जनालाई नियमित रूपमा ठूलो धनराशिको सुविधा र माननीय भन्ने उपाधि दिनका निम्ति भएको थिएन भन्ने कुरालाई पनि राजनीतिक दल, तिनका नेता र संविधानसभाका अध्यक्ष र संविधानसभाका सदस्यहरूले निरन्तर नसम्झेको हुनाले नै संविधान निर्माणकार्यले अपेक्षित गति प्राप्त गर्न नसकेको हो। आ–आफ्नो कमजोरी राजनीतिक दल र तिनका नेताहरूले बुझ्न जति ढिलो गर्छन्, त्यति नै उनीहरूलाई नोक्सान पुग्ने वातावरण अहिले मुलुकमा बनिरहेको छ। तत्काल संविधान नबन्दा कुनै खास नेतालाई तत्काल कुनै नोक्सान हुने, नहुने कुरा अहिले अनुमानकै विषय भए पनि तत्काल संविधान बनेन भने मुलुकलार्ई नोक्सान हुनसक्छ र मुलुकलार्ई नोक्सान भयो भने त्यसको निम्ति अहिलेको संविधानसभाका अध्यक्ष र सदस्यहरूसमेतका सबै नेता र राजनीतिक दलहरू जिम्मेवार हुनुपर्छ भन्ने कुराको हेक्का संविधानसभाका अध्यक्ष तथा सदस्यहरू सबैले राख्न जरुरी छ।
संविधानसभाको सदस्यजस्तो गरिमामय पदमा रहेका कसैले पनि आफूले गरे वा नगरेको कामको निम्ति आफ्नो राजनीतिक दल र त्यसका नेता तथा प्रधानमन्त्री र सरकारलाई मात्रै दोष दिन मिल्दैन भन्ने कुरालाई पनि संविधानसभा अध्यक्षसमेतका सदस्यहरू सबैले ख्याल गर्नुपर्दछ। संविधानसभाले दुई वर्षमा संविधान बनाउनुपर्छ भन्ने कुराबाट दुई वर्षभित्र संविधान बनाउन हुँदैन भन्ने अर्थ कसैले पनि निकाल्न नहुने कुरा पनि उत्तिकै स्पष्ट छ। संविधानसभालाई कस्तो संविधान बनाउनुपर्छ भन्ने विषयमा सुझाव दिने अधिकार सबैलाई भए पनि यस्तो संविधान नभएमा आन्दोलन गर्छौं भन्ने अधिकार कसैलाई नहुने कुरामा अझैसम्म धेरैको ध्यान गएको देखिँदैन। हुँदा हँुदा आफूलाई कानुनका जानकार मान्ने कानुन व्यवसायीहरूसम्मले यस्तो संविधान बनेन भने हामीहरूले आन्दोलन गछार्ंै भनेर संविधानसभा र जनतमतको खिल्ली उडाउनेसम्मका काम गर्न थालेको पाइन्छ। त्यस्तो अवस्थामा राजनीतिक दल र तिनका नेताहरूले अरू काम र जाल, प्रपञ्च तथा तानातान गर्न केही समयसम्म छोडेर संविधान बनाउने काममा सम्पूर्ण शक्तिका साथ लाग्ने तत्परता देखाएनन् भन्ने मुलुक गम्भीर संकटमा फस्ने सम्भावना देखिएको छ। अर्कातिर जनताले संविधान निर्माण गर्ने जिम्मा दिएर गठन गरेको संविधानसभालाई आफ्नो इच्छा र स्वार्थअनुरूपको व्यहोरा संविधानमा नलेखेमा आन्दोलन गर्छौं भन्ने नैतिक र कानुनी अधिकार कानुनी व्यवसायीहरू र न्यायाधीशहरू वा अरू कुनै पेसाकर्मी वा समुदाय विशेषको जत्थालाई नहुने कुरालाई पनि सबैले ख्याल गर्नुपर्ने देखिन्छ। - साँघु


भारत मा गएर भारत बिरोधी

नारा जुलुस सभा


नेपालमा सङ्घीयता चाहिँदैन भन्दै भारतमा रहेका प्रवासी नेपालीहरुले आइतबार भारतको राजधानी नयाँदिल्ली र हरियाणा राज्यमा प्रदर्शन गरेका छन् । दिल्लीको योजनामा नेपालमा सङ्घीयताको नारा लागेको भन्दै भारतमा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन् पूर्वी भारतको कन्याकुमारीदेखि पश्चिमको काश्मिरसम्मका प्रवासी नेपालीहरुले भारतको राजधानी दिल्ली पुगेर प्रदर्शन गरेका थिए । भारतमा रहेका नेपालीहरुले "नेपालमा सङ्घीयता चाहिँदैन, नेपाल टुक्रयाउन पाइँदैन, भारतीय विस्तारवाद मूर्दावाद" लगायतका नारा लगाएका थिए । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन सङ्घीयताको नारा दिएको उनीहरुले बताए । नेपाललाई टुक्रयाउने खेल बन्द गर्न उनीहरुले भारतलाई चेतावनीसमेत दिएका छन् । अखिल भारत नेपाली एकता समाजको अगुवाइमा नेपालीहरु दिल्ली पुगेका हुन् । उनीहरुले भारतविरोधी नारा लगाउँदै करीव दुई घण्टा प्रदर्शन गरेका थिए । पूर्वी भारतको आसामबाट लुकेर समेत प्रवासी नेपालीहरु भारतविरोधी प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका थिए । आसाम सरकार र त्यहाँका राजनीतिक दलहरुले प्रवासीहरुको प्रदर्शनमा रोक लगाएका थिए । प्रदर्शनको अगुवाई सभाषद एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए ।
- प्रकाशविक्रम शाह/बच्चु बिक



                  समबेदना

हाम्रा मित्र शेखर ढुङेल् को ममतामयी पुजनिय आमा कुल कुमारी ढुङेल् को केही दिन अगी ८१ बर्ष को उमेर मा हृदय गती बन्द भै स्वर्गारोहण हूनु भएको खबर ले हामी लाई दुखित बनाएको छ । म्रित आत्मा को चिर शान्ती को लागि भगवान सित प्राथना गर्दै , शोक सन्तत् परिवार मा समबेदना को साथै ध्रैय धारणा शक्ती को लागि कामना गर्दछौ ।

रामप्रसाद खनाल, एबम अन्तरराष्ट्रिय कलाकार मन्च, परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक