20090918

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने "पूर्व राजा ज्ञानेन्द्र जस्तै व्यक्ति चाहिएको छ "


"हिजो केही नभएको माओबादीसंग अहिले सबै कुरा छ।"

“हिजोको शाही नेपाली सेनासंग जुन-जुन हतियार थियो, माओवादीसंग पनि ती हतियार छन्।”
“सत्ताधारी दलहरुले नछोडे अब दशैं तिहार पछि निर्णायक आन्दोलन शुरु हुनेछ। त्यो विद्रोह अन्तिम हुनेछ।”

“त्यो महान जनविद्रोह अन्तिम र निर्णायक हुनेछ र त्यसबाट विश्व नै चकित हुनेछ।”

"सत्ताधारी दलहरु सहमतिमा नआएर माओबादीलाई एक्लाएर गए भने माओवादीले अर्को विकल्प रोज्ने"

अधिकांश समय सरकारमा रहेका दलहरुलाई गाली गर्न समय खर्चेका अध्यक्ष प्रचण्डले अझ पनि सत्ताधारी प्रमुख दलहरुलाई बुद्धि नआएको बताए। उनको तर्क थियो, भनाइमा लोकतन्त्रप्रति अलिकति पनि माया भए अहिलेका मन्त्रीहरु एक मिनेट पनि सरकारमा बस्न हुदैन। १२-बुँदे समझदारी माओवादीले बिर्सेको होईन सरकारमा बस्नेहरुले नै बिर्सेको भनाई अध्यक्ष प्रचण्डको थियो !


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले दशैपछि निर्णायक आन्दोलन गर्ने बताएका छन्। दोस्रो चरणको आन्दोलनको अन्तिम दिन नारायणघाटमा बोल्‍दै दाहालले चितवनबाटै निर्णयक आन्दोलन शुरु हुने भन्दै त्यसका लागि दिमागी रुपमा तयार रहन चितवनवासीलाई आग्रह गरे। उनले भने, 'दशैपछि निर्णायक आन्दोलन हुन्छ जुन विद्रोहको आन्दोलन पनि हुनेछ ,त्यसका लागी तपाँईहरु तयार रहनुस'। विद्रोहले त्यो आन्दोलनलाई विश्वले नै चकित भएर हेर्ने पनि उनले दाबी गरे। सफलताको लागि पटक पटक आन्दोलन गर्नु जनताको नियम भएको उल्लेख गर्दै उनले फटाहाहरुले गडबडी गर्ने दिन गएको बताए। 'जनताले पुरैजित्ने दिन नजिक आउदैछ त्यो दिन फटाहाहरुले पुरै हार्ने दिन हुनेछ 'उनको थप भनाई थियो - 'यसअघिको आन्दोलन ट्रेलर मात्र भएको उल्लेख गर्दै उनले भने दशैपछि अब पुरै सीन बन्नेछ।' दाहालले देशमा अहिले उल्टो गंगा बगेको बताए। दाहालले हारेकाहरुले देश चलाउनु भनेको पूर्वबाट बग्नुपर्ने गंगा पशिचमबाट बग्नु जस्तै हो भने। दाहालले जनताको सर्वोच्चताका लागि पदबाट राजिनामा दिन प्रधानमन्त्री माधवकुमार नेपाललाई आग्रह गरे।

उनले काँग्रेस र एमालेको वुद्धी नआएकाले देशमा अस्थिरता छाएको बताउँदै दलहरुको कृयाकलापले देशमा दिउसै रात पर्न थालेको बताए। काँग्रेस र एमालेको वुद्धी आउन पूर्व राजा ज्ञानेन्द्र जस्तै लात हान्न सक्ने व्यक्ति चाहिएको बताउदै उनले भने, 'लात हान्ने मान्छे नै खोजेको हो भने खबरदार तपाँईहरुको हविगत ज्ञानेन्द्रको भन्दा पनि बेहाल हुनेछ। ' ज्ञानेन्दलाई युद्धविरामको बाण हानेर परास्त गर्ने माओवादीकै विरुद्धमा दलहरु लागेको उल्लेख गरे। उनले भने, 'संसदमा समेत माओवादीलाई हराएर बहुमत ल्याउन दलहरुले एक करोडमा सांसद नै किनबेच गर्ने षडयन्त्र गरिरहेका छन्।' ज्ञानेन्द्रसँग पैसा चढाउदै प्रधानमन्त्री बन्न पाउँ भनेर विन्ती भाउ गर्नेहरु अहिले सोझो राष्ट्रपतिको वरपर झुम्मिएर कुर्सीको खेल खेलिरहेको आरोप दाहालले लगाए। उनले भने, 'ज्ञानेन्द्रकै जस्तो आदेश किन खोज्छन् एमाले र काँग्रेसले जनताको आदेश पनि बुझ्नुपर्छ अब।' एमालले हिङ नभएपनि हिङ भएको टालो सम्झेर सहकार्य गरेका बताउदै एमालेले नै आफुहरुलाई पटक पटक खाल्डामा हाल्न तम्सेको दाहालले बताए। एमालेमा माओवादीका बारेमा बढी भ्रम रहेको औल्याउदै उनले माओवादीले सत्ता कब्जा गर्न खोजेको भन्ने गलत आरोप दलहरुले लगाएको बताए। माओवादीले थालेको शान्ति प्रकृयामै हस्तक्षेप हुन थालेकाले आफु सरकारबाट बाहिरिएको बताउदै उनले अब आफ्ना केही कमजोरी हटाएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे। दलहरुले पुरानो नीति नछोडे पनि सहमतीका लागि आफुले पनि पहल नछाडेको उनले बताए। नयाँ सहमतीका लागी माओवादीको मागमाथि दलहरुले बिचार नगरेसम्म आन्दोलन नरोकिने उनले बताए।

प्रचन्डले मन पराएको नेपाली पोसाकमा....अमेरिकामा ...  


हाम्रा नेताहरु अहिले नेपाली झन्डा फेर्ने कुरा गर्दैछन, केही समय अघी हामी बाट खोसिएको नेपाली पोसाकमा अमेरिकामै जन्मिएका यि बालक बिराज पन्त दशै को झल्को दिदैछन। खबरदार नेताहरु झन्डा नफेर, यो हाम्रो नेपाली पहिचान बोकेको नेपाली पोसाक पनि नखोस ।

1 comment:

  1. Dashai ko geet ma sano balak Biraj nache ko dekhda aafnai balyakaal ko samjhana gadha bhaer aayo.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक