20090919

राष्ट्रसंघको सहयोगमा जनविद्रोह गर्ने धम्की !!!



माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई खेलाँची नसम्झन दलहरुलाई चेतावनी दिएका छन् । खेलाँची सम्झने भुल गरे भने राष्ट्रसंघको सहयोगमा जनविद्रोह गर्ने धम्की पनि उनले दिए । 'दशैं तिहारभित्र सहमति भए माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्छ, होइन भने जनविद्रोह हुन्छ', उनले भने- जनविद्रोहलाई राष्ट्रसंघले पनि सहयोग गर्छ ।
क्रान्तिकारी पत्रकार संघ चितवनद्वारा शनिबार बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दाबी गरे- 'राष्ट्रसंघको बडापत्रमै दलीय असहमति भए जनताले जनविद्रोह गर्न पाउने व्यवस्था छ, त्यसैले पनि राष्ट्रसंघले सहयोग गर्छ। माओवादीलाई खेलाँची ठाने दलहरुलाई नै हानि हुने भएकाले कङ्ग्रेस र एमालॆले दमनको नीति नअपनाए हुन्छ ।'
उनले जनविद्रोह चितवनबाटै शुरु गर्ने संकेत गर्दै राष्ट्रिय नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताका लागि साथ दिन आग्रहसमेत गरे ।

माओवादीका एजेन्डामा कङ्ग्रेस र एमालले सम्बोधन नगरे जनविद्रोहको विकल्प नभएकोसमेत उनले दाबी गरे । तर राष्ट्रपतिको क्षेत्राधिकारको विषयमा संसदमा छलफल गर्न दिए माओवादी सहमतिमा आउन सक्ने उनको भनाई थियो । दलहरुले दशैं तिहारभित्र नयाँ सहमतिमा जाने प्रयास गरे जनविद्रोहमा जाने स्थिति नआउने बताउँदै कङ्ग्रेस र एमालेसँग उच्चस्तरीय छलफल चलिरहेको उनले बताए ।

विशेष समितिमा छलफल चलिरहेकाले सेना समायोजन विशेष समितिकै मातहतमा हुने प्रचण्डको भनाई छ । समायोजनका विषयमा आफ्नो पार्टीभित्र पनि आन्तरिक छलफल भैरहेको उल्लेख गर्दै उनले शुक्रबार शक्तिखोरमा माओवादी सेनासँग सेना समायोजन र अयोग्य लडाकुको पुनर्स्थापनाका विषयमा गम्भीर छलफल भएको बताए । शान्ति प्रक्रिया र नयाँ संविधानका लागि माओवादी पहिलेजत्तिकै अहिले पनि सक्रिय छ । माओवादीले बाधा नहालेको उल्लेख गर्दै नयाँ संविधान बनोस् र सेना समायोजन होस् भन्ने माओवादीको पनि चाहना छ - उनले खुलाए । 'तर सहमति गराउने व्यक्ति प्रधानमन्त्री माधव नेपाल नागरिक सर्वोच्चताको पक्षमा नआएर अरुको बलमा कुर्सीमा टाँसिएर बसिरहेको उनले बताए । माधव नेपालको कुरै नगरौं, अर्काको बलमा कुर्सीमा टाँसेर बस्नेले सहकार्यको कुरा गर्नु हाँस्यास्पद कुरा मात्रै हो'- उनले भने । -चाँदनी हमाल



स्तो सुन्दर सान्त  नेपाल , कति राम्रो नेपाल 






तर सबै बने भारतीय आदेश पालक 



अब सोमालियाका यिनी खाना नपाएर सुकेका र मृत्यू पर्खिरहेका मानिसको  जस्तै नेपाळी ले  पनि हबिगत ब्योहोर्नुपर्ने होकी ??? 


Recitation of Mahakavi Devkota's 

Creation FESTIVAL

Dear Community members,
To mark the 100th Anniversary of Mahakavi Laxmi Prasad Devkota, the 100th Anniversary of Makakavi Laxmi Prasad Devkota Celebration Committee is organizing Recitation of Mahakavi,s writing in collaboration with International Artist Forum.
All the reknowned poets writers and welknown persons will recite the writings of Mahakavi in that occasion.This will be rare program to be organized in DC Metro area. All literature lovers are welcome.
Refreshment will be served after the program

Venue: 9726 Loudoun Ave.,
Manassas, VA 20109
Date : 5th October 2009 Monday
Time: 6.00 PM

For More Information, contact:
Govinda Giri Prerana 703-587-0795
Hemanta Shrestha 202-577-3897
Basanta Shrestha 703-889-0631
Lekhnath Bhandari 703-638-9686
Basu Shrestha 703-338-7828
Bidur Gurung 571-218-8697
Vishnu Shital 703-309-6776
Tika Pun 703-342-8885
Prakash Nepal 703-864-4141
Manju Niraula 240-743-9671
Kabindra Sitaula571-259-3984
Sudipbhadra Khanal703-568-5429
Ankush Nepal 703-309-0202
Sita Pandey 646-702-4494
Prem Raja Mahat 410-916-4237
Pearl Regmi 443-474-6465
Ram Prasad Khanal703-419-0924
Prem Sangraula 202-320-6115
Sagar Kandel 571-309-8897
Mukta Paudel 571-214-1384
Kamala/Tilak Kharel 240-481-9503
Kamal Bhattarai 571-242-5510
Tek Raj Gyawali 703-608-9860
Bishnu/Baburam Sharma 703-606-3258

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक