20090903

माओवादी प्रवेशको तयारीमा बामदेव गौतम

नेकपा एमालेलाई विभाजन गरी नेकपा माले बनाउँदै महासचिव बनि पुनः एमालेमा फर्किएका बामदेव गौतमले माओवादी अध्यक्षसँगको भेटमा आफू माले महासचिव हुँदा रहेका सम्पूर्ण कार्यकर्ताहरु माओवादीमा प्रवेश गरीसकेका कारण एमालेमा आफू कमजोर भएका कारण आफू पनि माओवादीमा प्रवेश गर्न तयारी रहेको बताएका छन्। आफूलाई सम्मानजनक पद र व्यवाहारको माग गरेका छन्, गौतमले बुधबार बिहान दाहाल निवासमा पुगेर एमालेको विवादबाट फाइदा लिन पनि सुझाव दिएका छन्। माओवादी स्रोतका अनुसार गौतमले एमालेमा विभाजन ताकाको भन्दा पनि हाल खराब सम्बन्ध नेताहरुबीचमा रहेको बताउँदै झलनाथ खनाल समुहका धेरै नेताहरुसमेतलाई समेट् पनि आग्रह गरेका छन्। साथै गौतमले आफू छिटो प्रवेश गर्न इच्छुक भएकाले सोको व्यवस्था मिलाउन समेत दाहालसँग आग्रह गरेका छन् । यसअघि सत्तादेखि गाउँसम्म माओवादीसँग साझेदारी गरी वामपन्थीहरुको नियन्त्रणमा देशलाई राख्नु पर्ने अडान पार्टीमा राख्दै आएका गौतम पार्टी अध्यक्षले नै आफूलाई कुरा गर्न पठाएको समेत भेटमा बताएका थिए। उता गौतमले भने आफू संविधान निर्माणदेखि सत्ता साझेदारी भएर माओवादीलाई सहयोग गर्न आग्रह गर्न गएको बताएका छन्। माओवादी विना संविधान निर्माण नहुने कुरा अरुले नबुझे पनि पार्टी अध्यक्षले र मैले राम्रोसँग बुझेको हुँदा पार्टी अध्यक्षको निर्देशन बमोजिम नै आफू दाहाल निवासमा गएको गौतमले बताएका छन्।


राष्ट्रपति प्रधानमन्त्रीलाई कालो झण्डा

ढुङ्गा प्रहार गरे माओवादी कार्यकर्ताहरुले

ईन्द्रजात्रामा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री माधवकुमार नेपाललाई विहिबार अपरान्ह माओवादी कार्यकर्ताहरुले ढुङ्गा प्रहार गरेका छन्। प्रधानमन्त्री नेपाल जात्रामा सहभागी हुन जाने क्रममा न्युरोडमा माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै नारावाजी गर्नुका साथै डुङ्गा प्रहार गरेका छन्। प्रधानमन्त्रीको गाडीमा ढुङ्गा प्रहार गर्नेलाई प्रहरीले लखेटेको थियो।
प्रधानमन्त्रीको विरोध गर्दै गरेका माओवादी कार्यकर्ताले प्रहरीलाई पनि ढुङ्गा हान्न बाँकि राखेनन्। उनीहरुको प्रहारबाट दुई जना प्रहरीलाई समेत चोट लागेको छ। यसैबीच राष्ट्रपति डा. रामवरण यादवलाई पनि माओवादी कार्यकर्ताले कालो झण्डा देखाएका छन्। प्रहरीले राष्ट्रपति यादवलाई कालो झण्डा देखाउनेमध्येका केहिलाई पक्राउ समेत गरेको छ। प्रहरीले उच्च पदस्थ आगमनमा विरोध प्रदर्शन भएपछि वसन्तपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। नागरिक सर्वोच्चताको लागि भन्दै माओवादीले भदौ ११ गतेदेखि प्रधानमन्त्री र राष्ट्रपतिको सार्वजनिक कार्यक्रम बहिस्कार गदै आएका छन्।







सिड्नीमा मुनामदन ......
.

प्रदीप तिमल्सिना/ सिडनी, अस्ट्रेलिया

महाकवि लक्ष्मी प्रसाद देवकोटाको सर्वाधिक लोकप्रिय कृति ‘’मुनामदन’’ सिड्नीका स्थानिय नेपाली कलाकारहरूले येही आउदो असोज १७ गते शनिवारका दिन पेटेर्श्र्हम टाऊन हलको रंगमंचमा मंचन गर्ने भएका छन / नेपालीहरुको महानचाड बड़ा दशैंको उपलक्ष्य का अवसर पारेर गोरखा नेपाली कम्युनिटीको आयोजनमा मंञ्चन हुन लागेको उक्त नाटकको निर्देशन सायन क्षेत्रीले गर्दैछिन भने भीमसेन गुरुंग , लीला प्रधान , सायन क्षेत्री आदीले अभिनय गर्नेछन / बिगतका दिनहरुमा ‘’मुनामदन’’ लाई गीति नाटकका रुपमा मञ्चन गरिएको भएता पनि एस पटक सिड्नीका नेपाली कलाकारहरूले अलि फरक शैलीमा, सम्बादलाई कबिता बाचन गरेर, मञ्चन गर्ने भएका छन / नाटक मञ्चन अवधी एक घन्टाको हुने र त्यस पछि डान्स पार्टी हुने कुरा आयोजकका तर्फ़बाट प्रकाश निंग्लेखुले जानकारी गराएका छन /



"एराउन्ड वोर्ल्ड फेस्टिभल"

गएको २९ अगस्त ०९ को दिन सगरमाथा गोर्खानेपाली कम्युनिटी आश्फोर्ड ले स्थानीए बोरो काउन्सिल को संयोजक्तामा यहाँका बिभिन्न कम्युनिटिहरुसँग मिलेर यस् बर्षको 'एराउन्ड द वोर्ल्ड फेस्टिभल'सफलताको साथ्मा सम्पन्न गरिको छ। प्रत्येक बर्ष झै उक्त फेस्टिभल बिभिन्न स्थानिए जातजातिहरुका कम्मुनिटिहरुको सङ्लक्तासाथ सम्पन्न हुने गर्छ। स्थानीए कम्मुनिटिहरुमाझ परस्पर एकताको भावना अनी स्वास्थ्य बातावरण साथै सहयोगी र स्वच्च समाजको श्रीजना गराउनु उक्त 'एराउन्ड द वोर्ल्ड फेस्टिभल' को मुख्य उदेश्य रहिआएको छ। २००९ साल को उक्त फेस्टिभल मा गोर्खानेपाली लगायत चाईनिज,मलायली,कर्दिश,'ब्लेड'स्थानीय युबाहरुको सांगीतिक दल,ए जि एम गोस्पेल कोयर ग्रुप,ईन्डियन र जिम्बाब्वे बाट आएको भिक्टोरियन गोस्पेल ब्यान्ड हरुको सहभागी रहेको थियो। कार्यक्रम्को उदघाटनमा स्थानीय बोरो काउन्सिलको मेयर श्री जोह्न होल्यान्ड ज्यु ले फेस्टिभल को जानकारी र यस्को महत्वोपूर्ण भूमिकाको बारेमा व्याख्या गर्नुहुँदै उक्त दिन्को कार्यक्रम बिहानको १०३० बजे तिर अगाडि बडेको थियो।





हाम्रो गोर्खानेपाली कम्म्युनिटी को तर्फ बाट स्थानीए किरात याक्थुम चुम्लुङ्ग कम्युनिटी को'च्याब्रुम नाच',खुकुरी नाच साथै नेपाली संस्क्रीती झल्किने नाचहरु प्रस्तुत गरी हाम्रो स्वास्थ्य सङ्लग्नता देखाईएको थियो भने, यस्तै गरी अरु कम्युनिटिहरुको तर्फबाट पनि आ-आफ्नै संस्क्रीतीहरु लाई नै झल्काई उक्त फेस्टिभल बडो रमाईलो को साथ्मा सम्पन्न भएको थियो। स्थानीए बोरो काउन्सिल को मेयर श्री जोह्न होल्यान्ड ज्यु ले सबैलाई धन्यवाद अनी यस् फेस्टिभल को पुन मदत्ले एकापस्मा एकता,मेल्मिलाप्को भावना,र परस्पर सहयोगहरुको स्थानीए कम्म्युनिटिहरुमा राम्रो असर पर्ने दिर्ढ विश्वाश राख्दै फेरी पनि अर्को बर्षको उक्त फेस्टिभल मा सबैलाई भेट्ने बाचा गर्दै यस् बर्ष 2009 को 'एराउन्ड द वोर्ल्ड फेस्टिभल' कार्यक्रम लगभग दिंउसोको चार बजे तिर अन्त भएको थियो। अन्तमा सगरमाथा गोर्खानेपाली कम्युनिटी का अधक्ष्य श्री गोम्बा सेर्पा ज्यु ले सबै कम्युनिटिका सहयोगी सदस्यहरुलाई धन्यबाद अनी भबिस्य मा पनि पुन सहयोगहरु को अपेक्षा राख्दै यो बर्ष उक्त कार्यक्रम बाट हामी सबै बिदा भएकाथियौं। - Popiraj Rai, Culture/Media Sec. , SGCAK

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक