20091001

बैतडीमा माओवादीद्वारा प्रहरी चौकी आक्रमण

बैतडी जिल्लाको सरकोट गाविस १ खोच्लेकमा रहेको प्रहरी चौकीमा स्थानीय माओवादी कार्यकर्ताले आक्रमण गरेका छन्।आक्रमणमा परी चौकी इन्चार्ज रामसिंह धामी सहित चार प्रहरी घाइते भएका छन्। घाइते हुनेमा प्रहरी जवान शेरबहादुर कार्की, इन्द्रदेव भट्ट र पदमसिंह सामन्त रहेको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायव उपरीक्षक नवराज भट्टले जानकारी दिए। चौकीका कागजपत्र फर्निचर र साइनबोर्ड क्षति पुगेको उनले बताए। शुक्रबार दिउँसो दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसले सिरकोट १ खोच्लेक घर भएका चार वर्षे कल्पना ओडलाई ठक्कर दिएको विषयमा प्रहरीसँग विवाद हुँदा स्थानीय माओवादी कार्यकर्ताले चौकी आक्रमण गरेको प्रहरीले जनाएको छ।


अमेरिकामा फेरी अर्का नेपालीको गोली हानी हत्या, हत्यारा फरार


साउथक्यारोलोनाको स्पार्टवर्ग काउन्टीमा रहेको सिट्को ग्याँस स्टेशनमा बुधबार राती दुइ जनाको हत्या भएको छ । राती साढे दश बजेतिर भएको हत्यामा एक जना नेपाली ग्याँसस्टेशन संचालक रवीन्द्र शर्मा अन्दाजी ४० वर्षका परेका छन् भने अर्को सोही ग्याँस स्टेशनमा काम गर्ने मेक्सिकन गुमारो गोन्जालेस ३५ वर्ष परेका छन् । गोन्जालेसको स्टोरमै मृत्यु भएको र शर्मालाई भने अस्पताल लैजादा लैजादै मृत्यु भएको थियो । नेपालमा गुल्मी घर भएका कृष्ण कडेंल र गोली लागि मारिएका नेपाल पर्वत घर भएका रवीन्द्र शर्माको संयुक्त लगानीमा गत जुलाईदेखिमात्र सो ग्याँस स्टेशन शुरु गरेका थिए ।
सन् १९९८ मा अमेरिका आएका रवीन्द्र लामो समयसम्म डीसी क्षेत्रको भर्जिनियामा रहेका थिए । आफ्नै व्यवसाय संचालन गर्ने क्रममा उनी गत जुलाइदेखिमात्र साउथ क्यारोलोनामा गएका थिए । पर्वत जिल्लाको शंकरपोखरी गाविस कुँडापानीमा जन्मिएका शर्मा तीन दाजु भाइमा माइलो छोरा हुन् । हाल उनको परिवार नवलपरासीमा रहँदै आएका छन् । शर्माका परिवार चार वर्षीय छोरी र श्रीमती समेत यही नोभेम्बर डिसेम्बरसम्ममा अमेरिका आइपुग्ने क्रममा रहेका थिए । स्थानीय प्रहरीले अपराधीको खोजी गरिरहेको भए पनि हालसम्म कोही पक्राउ पर्न सकेका छैनन् ।
साउथ क्यारोलिना स्टेट को स्थानीय टेलिभिजनको Breaking News को Link यहाँ छ:
http://www.wlos.com/shared/newsroom/top_stories/wlos_vid_986.shtml


Shooter Sought In Convenience Store Homicides

Co-Owner: 'It Could've Been Me'

Michael Bean, WYFF News 4 Producer
POSTED: 2:18 am EDT October 1, 2009
UPDATED: 7:51 pm EDT October 1, 2009


SPARTANBURG, S.C. -- Two people were shot and killed during an apparent robbery at a Spartanburg-area convenience store late Wednesday night, according to Sheriff Chuck Wright. It happened at the Citgo at 1001 North Church Street just after 10:30 p.m.



Investigators look for evidence at the Citgo on Church Street, near Highway 221 and Highway 9.
Coroner Rusty Clevenger said one of the victims was a clerk who was working Wednesday night from 7 p.m. to 11 p.m. He identified him as Gumaro Gonzales Bravo, 35, of Dogwood Club Road in Spartanburg. Bravo was found unresponsive by deputies at the scene, Clevenger said. Bravo's brother said his sibling had just come to Spartanburg a month ago to try to make some extra money to send back to Mexico for his 15-year-old daughter's birthday. Bravo left behind a wife and three children who, as of midday Thursday, had not been notified of his death. The second victim was identified as Rebinda Sharma, 40 -- the co-owner of the store -- Clevenger said. Most of his family is in Nepal, the coroner said. When deputies got there, the co-owner was moaning and holding his abdomen, according to the coroner. Emergency crews took him to Spartanburg Regional Medical Center, where he later died, he said. Autopsies on both victims were scheduled for Thursday, Clevenger said. Investigators were looking for a person seen in the area at the time of the crime, but the sheriff did not release a description. He said he wanted to make sure the person was actually involved in the case and not just a bystander. Krissna Kandel is the other co-owner of the Citgo store. He told News 4 that he and his partner just took over ownership of the property in July. "(Our) friendship is like more than 20 years,” Kandel said. “We (graduated) college together, from Nepal. (He was a) very nice man." He got a call from the police while he was sleeping Wednesday night, Kandel said. He called the deaths “very sad,” and said he is now scared to go back to work. "I think about (it) sometimes, robbery,” Kandel said. “But (I) never think about, like, (death.)” Bravo started at the store about three or four weeks ago, Kandel said. He and the two other employees were the only other ones who worked at the store. Kandel said he also sometimes works nights. "Last night, if I were working, that could've been me," Kandel said. Kandel said he has not talked to the families of the victims yet. He also does not know if he'll reopen "If somebody knows who did that … please let the police know.” Kandel said. “I'm very shocked right now." The crime unfolded near the intersection of Highway 221 and Highway 9, a place familiar to law enforcement, according to Wright. "I think every officer that's worked this side of town has stopped here and got coffee," he said. "It's a robbery turned homicide, twice. It's just bad. I've worked on this side of town late at night a lot of times. You'll have an occasional college student getting a pack of cookies going back to the dorm but not anything like this." He said he is not ready to release the specific type of gun used but confirmed it was a pistol. At this point in the investigation, Wright said he does not know how much, if any, money was taken. Deputies collected evidence, but the store remains a crime scene, as well as a memorial after someone left flowers outside. The card reads, "I'm sorry that these two victims had to pay with their lives to prove that the crime rate is out of control in the Upstate." Anyone with information about the robbery should call Crimestoppers at 864-58-CRIME.
.




गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल एकै मञ्चमा

राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बेला प्रमुख राजनीतिक खेलाडीहरु नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष झलनाथ खनाल शुक्रबार बिहान एकै मञ्चमा देखा परे । विश्व अहिंसा दिवसको अवसरमा तक्षशिला एकेडेमीले आयोजना गरेको कार्यक्रममा तीनै नेताहरुले नेपालमा शान्तिप्रकृयालाई तार्किक निष्कर्षमा पुर्र्याउनका लागि सहमतिमा जोड दिए । संयुक्त राष्ट्र संघले सन् २००७ मा अहिँसाका अनुयायी भारतका महात्मा गान्धीको जन्मदिनलाई अन्तराष्टिय अहिंसा दिवशको रुपमा मनाउने निर्णय गरेको थियो।

भारतीय राजदूतले दाहालसँग गोप्य भेटघाट गरे !
राजनीतिक गतिरोध अन्त्यगरी संसद सुचारु गर्न सहमति खोज्नका लागि भएको प्रमुख तीन दलको बैठक संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत भएको छ। सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस तथा आन्दोलनरत एनेकपा माओवादीबीच माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकमा साझा संकल्प प्रस्ताव तयार गरी पुनः भोलिको बैठकमा सहमती गर्ने भएका छन्। नेकपा माओवादीले सदनमा दर्ता गराउन खोजेकै प्रस्तावलाई परिवर्तन गरी साझा संकल्प प्रस्ताव तयार गरिने भएको छ। माओवादीले आफूले दर्ता गराउन खोजेकै संकल्प प्रस्तावमा छलफल हुनु पर्ने अडान भने त्यागेको छ। प्रस्तावमा राष्ट्रपतिलाई पूर्ण संवैधानिक बनाउने हुने विषयमा पनि सहमति भएको छ। साथै प्रस्तावमा सेना सरकारको नियन्त्रण रहने भन्ने विषय पनि समेटिने छ। माओवादीको संकल्प प्रस्तावलाई परिवर्तन गरी एमालेका तर्फबाट तयार गरिएको प्रस्तावमा पनि छलफल भएको थियो। उता माओवादीले भने आफूहरुले उठाएका विषयहरु साझा प्रस्तावमा समेट्नु पर्ने बताएको छ। बैठकपछि कुरा गर्दै उपसभापति पौडेलले आजको बैठक सौहार्दपूर्ण एवम् खुलस्त भएको जानकारी दिनुभयो। भोलि नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले एकीकृत नेकपा (माओवादी)द्वारा प्रस्तावित साझा सहमतिको सङकल्प प्रस्तावको खाका तयार गरी बैठकमा छलफल गरेर सहमतिमा पुर्‍याइने जानकारी पनि उहाँले दिनुभयो।
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पत्रकारहरूसँग बैठक सकारात्मक रहेको बताउँदै समयमै संविधान निर्माण गर्न थप गृहकार्यका लागि भोलिसम्म बैठक स्थगित भएको जानकारी दिनुभयो। एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दलद्वारा प्रस्तावित सङ्कल्प प्रस्तावमा साझा सहमति ल्याउन नेकां र एमाले सकारात्म देखिएकाले बैठक सकारात्मरुपमा अघि बढेको र दुबै दलले भोलि तयार गर्ने खाकाले अहिलेको गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
वार्तामा नेपाली काङ्ग्रेसका महामन्त्री विमलेन्द्र्र निधि र प्रवक्ता अर्जुननरसिंह केसी, नेकपा एमालेका सचिव युवराज ज्ञवाली र नेत्री उर्मिला अर्याल तथा एनेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराई सहभागी हुनुहुन्थ्यो। यसैबीच संसदको गतिरोधबाट सरकार अप्ठयारोमा परेपछि सहमतिका लागि प्रधानमन्त्री माधव कुमार नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भेटि सहमतिका लागि पहलका लागि आग्रह गरेको छन्। उता नेकपा एमालेका अध्यक्ष र माओवादी अध्यक्ष दाहाललबीच पनि छलफल भएको छ। उता भारतीय राजदूतले पनि दाहालसँग गोप्य भेटघाट गरेका छन्।





सत्तामा हुँदा माओवादीले हतियार जम्मा गरेः गोपालमान

- प्रकाश डोटेल/स्याङजा
नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले माओवादीले आफ्नो नेतृत्वमा सरकार बनेको बेलामा पार्टीका लागि हतियार जम्मा गरेको आरोप लगाएका छन। माओवादीले सत्ताको दुरुपयोग गरेर पार्टीका लागि हतियार जम्मा गरेकाले जहाजबाहेक सबै आफूसँग भएको भन्दै आन्दोलन गर्ने माओवादीले धाक लगाएको श्रेष्ठको जिकिर थियो। स्याङ्जाको वालिङमा विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर आयोजना गरिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपसभापति श्रेष्ठले मूख्य तीन दल बीच सहमति नभए तोकिएको समयमा संविधान नबन्ने बताए। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति लोकनाथ अर्याल, क्षेत्रीय उपसभापति नरप्रसाद रेग्मीले बोलेका थिए।

झडपमा ३ को मृत्यु अन्य २ गम्भीर घाइते

सशस्त्र प्रहरीले चलाएको गोली लागेर बिहीबार बिहान पर्साको भौराटार गाविसमा ३ सर्वसाधरणको मृत्यु भएको छ। हतियार रहेको आसंकामा दुई बजे छापा मार्न गएका एक दर्जन संख्याका प्रहरीलाई स्थानीय गाउँलेले डाका सम्झेर नियन्त्रणमा लिएपछि भएको झडपमा अन्य २ गम्भीर घाइते छन्। गाउँलेको नियन्त्रणमा रहेका १२ जना सुरक्षाकर्मीले बिहान पौने ६ बजे गोली चलाउँदै बाहिर निस्कने् क्रममा उक्त घटना घटेको सशस्त्र प्रहरीले जनाएको छ। गोली लागी मृत्यु हुनेमा भौराटार -८ निवासी झोटी साह, हरिहरपुर घर भएका १७ वर्षीय चाइना साह र राजकुमार पटेल रहेको प्रहरीले् जनाएको छ। गम्भीर घाइते अन्य दुई गाउँलेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। गाउँलेले सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर आगो लगाउने प्रयास गरेपछि बाध्य भएर गोली चलाउनु परेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले बताए। सशस्त्र प्रहरी बेस क्याम्प तित्रौनाबाट प्रहरी निरिक्षक मदन झाको नेतृत्वमा गाउँमा छापा मार्न गएको टोलीलाई गाउँलेले नियन्त्रणमा लिएको उनले बताए। यता गाउँलेले भने रातको समयमा सदा पोसाकमा आएका उनीहरुलाई डाका ठानेर प्रहरीलाई बुझाउन नियन्त्रणमा लिएको बताउँछन्। नियन्त्रणमा राखिएका उनीहरुले ढोका तोडेर अन्धाधुन्ध गोली चलाउँदै भागेको गाउँलेले सुनाए।

परराष्ट्रमन्त्रीको सम्मानमा डिसीमा रात्रीभोज


 
 

 

परराष्ट्रमन्त्रीको सम्मानमा डिसीमा रात्रीभोज thumbnail वाशिंटन डिसी, अमेरिका भ्रमणमा रहनु भएकी नेपाल सरकारका परराष्ट्रमन्त्री सुजाता कोइरालाको सम्मानमा नेपाली दूतावास अमेरिकाका कार्यवाहक राजदूत कालिप्रसाद पोखरेलले एक रात्रीभोजको आयोजना गर्नुभयो । डिसी मेरिल्याण्ड र भर्जिनियाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समाजसेवी साहित्यकार पत्रकार तथा परराष्ट्र मन्त्रालयका भ्रमण दलका सदस्यहरु तथा राजदूतावासका सवै कर्मचारीहरु सैनिक सहचारी सम्मिलित सो भेटघाट तथा रात्रीभोजका अवसरमा परराष्ट्र मन्त्री कोइरालाले संक्षिप्त मन्तव्य व्यक्त गर्दै नेपाल सरकारलाई शान्तिप्रकृयालाइ निष्र्कषमा पुर्याउँदै समयमै संविधान वनाउने चुनौती रहेको वताउँदै प्रवासमा रहेका नेपालीलाई १० वर्षे परिचय पत्रको व्यवस्था गर्ने अध्यादेशको फाइल आफैले लिएर पारित भएको तथा यो दोहोरो नागरिकताको पहिलो खुट्किलो भएको वताउनु भयो । उहाँको भनाई थियो सवै दलका नेताहरु गिरिजावावुको नेतृत्वमा उच्चस्तरिय संयन्त्र वनाउन राजी भएकाले अहिलेको गतिरोध चाँडै हट्नेछ ।
सोही भ्रमणदलमा रहेकी नेपाली काँग्रेशका समानुपातिक तर्फवाट  संविधान सभाकी सदस्य कविता सर्दार वाँतरले  निर्धारित समयमा संविधान नवन्ने वताउनु भयो । उहाँको कथन थियो संविधानसभाको वैठक अवरुद्ध भए पनि विभिन्न समितिहरुले काम गरिरहेको तथा संविधान सभाका सदस्यहरु निस्कृय नरहेको वताउनुभयो । साँसद कवितासँगको अन्तरवार्ता पछि प्रस्तुत गरिनेछ ।- Govinda Giri Prerana/Biswa parikrama

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक