20091023

एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठकले सशक्त आन्दोलन गर्ने सहमति !

एकीकृत नेकपा (माओवादी)को बिहीबार बसेको स्थायी समितिको बैठकले राजनीतिक दलहरूसँग जारी सहमतिको प्रयासलाई सार्थक बनाउने विषयमा पहल गरेर पनि सहमति हुन नसके आजै आन्दोलन घोषणा गर्ने निर्णय गरेको छ। बैठकमा राजनीतिक सहमतिका लागि पार्टीले अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल भएको जानकारी पार्टीका प्रवक्ता दिनानाथ शर्माले दिनुभयो। बैठकमा राजनीतिक सहमतिका लागि पार्टीले हदैसम्मको लचकता अपनाउने र यदि त्यसो गर्दापनि सहमतिको बाटो निस्किन सकेन भने सशक्त आन्दोलन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो। म्ााओवादीसहित तीन प्रमुख राजनैतिक दलका बीचमा आज हुन लागेको संयुक्त बैठकमा राजनैतिक सहमति कायम हुन नसके स्थायी समितिको आज बस्ने बैठकले आन्दोलनको कार्यक्रम तय गर्ने निर्णय भएको छ। सो बैठकमा वर्तमान समसामयिक राजनीति, सो पार्टीले अघि सारेको नागरिक सर्वाेच्चताको नारा एवम् पार्टीको आगामी महाधिवेशनका विषयमा छलफल भएको उहाँले बताउनुभयो।

नयां नेपाल र हाम्रा नेता हरुको असली रुप तितो सत्यमा ब्यँग गरिए भन्दा बढी नै होला हगी ! 






आशफोर्डमा "अन्तराष्ट्रीयमण्चको खुल्ला दिवश"

२२ ओक्टोबर २००९ सगरमाथा गोरखा/नेपाली कम्युनिटी आशफोर्ड, केन्ट SGCAK ले स्थानिय आशफोर्ड बरो काउन्सिल को मातहातमा अन्तराष्ट्रीयमण्चको खुल्ला दिवशमा सदा झैं भाग लिई आफ्नो कम्युनिटीको भव्य रुपमा सहभागिता जनाएको थियो। उक्त दिवशको लागी स्थानिय बरो काउन्सिलका सम्पुर्न कम्युनिटीका समुदएहरुको सहभागी जनाउदै आ-आफ्नै शंस्कृत अनि परमपरा अनुसारको भेषभुशा साथै आफ्नै किसिम्को खानपिन अनि आफ्नै चलनचल्ती अनुसारको सरसमान हरुले सजिसजावट यो दिवश ज्यादै चाख लाग्दो र मनोरन्जानात्मक भयको थियो।
आशफोर्ड अन्तराष्ट्रीय मण्चकि अधक्ष श्रीमती जेनिफर ले कार्यक्रम दिंउसोको ४ बजेतिर सम्पुर्न कम्युनिटीका सह्भागि समुदायका माहानुभावहरुमा स्वागत गरी मेयर श्री जोन होलाण्डजिउ लाई सो कार्यक्रम अघी बडाउन को लागी सम्बोधन आग्रह गर्नु भयको थियो। मेयर श्री जोन होलाण्ड को सम्बोधनमा वाहांले यस अन्तराष्ट्रीयमण्च खुल्ला दिवशको मह्त्वोकांक्षी बुंदाहरु लाई प्रष्ट्याउदै यस्को मह्त्वो बारे प्रसंशा अनि अति खांचोको परिणाम हरु भन्नुभएको थियो। श्री मेयर जिउले उक्त दिवशको सम्बोधन मा "यदी आज संशार भरिनै यसरि हामी आशफोर्ड् बासी झैं एकर्कामा परसपर आदर, हातेमालो र सहयोगी भावाना बांड्दै लानेहो भन्देखी यो दुनिया आज जो छ त्यो भन्दा धेरै सान्ती र शुरक्षाको आभाष हुन्थ्यो " भन्नुभयो। वांहाले यो हाम्रो ठांउमा यसरिनै आंउदादिन हरुमा पनि एकर्कामा आंत्मासाथ गरी भेद्बभाव लाई होईन आदर र सहयोग लाई अगाडी सारी सान्तिशुरक्षा कायम भई रहोस भनेर कामना गर्नु भयो।

हुनपनी यो हाम्रो आशफोर्ड्, देशको पुर्बी सिमानामा पर्ने भएर होला यांहा हामी थुप्रै किसिम्का जातजातिहरु छौं जस्मा पुर्बीएसिया देखी लियर मध्यपुर्बी देशहरुबाट अनि साउथअमेरिका देखीलिएर प्रायजसो सबै युरोपियनहरु यांहा मिलेर बसेका छौं।

कम्युनिटीका अधक्ष श्री गोम्बा शेर्पा जिउको स्वागत्-धन्यबाद सबै उपस्थित माहानुभाव हरुसँग साटासाट भएपछाडी २००९ अन्तराष्ट्रीयमण्चको खुल्ला दिवश कार्यक्रम शुरु भएर सांझ ७ बजे तिर यस बर्षको उक्त कार्यक्रम लाई बिदाई गरिएको थियो।

पोपीराज राई,


SGCAK

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक