20091029

आज ठुलो एकादसी: एकैछिन भगवान सम्झेर यो मिठो भजन सुन्ने कि !



साउदीमा नेपाली-नेपालीबीच झगडा हुँदा एकको मृत्यु, चार जना जेलमा !
साउदी अरब- साउदी अरबको रियादस्थित पुरानो रियादको बाटॊमा पर्ने अल सुलईमान मजराहा कृषिमा तिहार मनाउने क्रममा नेपाली-नेपालीबीच टि भि च्यानलबारे झगडा हुँदा एकको मृत्यु भएको छ। चार जना साउदी अरबको जेलमा परेका छन् । विगत ५/ ६ महिनादेखि काम गर्दै आएका डिलबहादुर श्रेष्ठ तनहुँ, रामबहादुर तामाङ सिन्धुपालचोक, सन्तोषकुमार जमरकटेल बैरबन्द मोरङ खिपुरी, चित्रबहादुर चितवन छन्। ५ जना एकैसाथ काम गर्दै आएका थिए । तिहारको बेलुका भएको रात्रिभोजनमा टि.भि च्यानलबारे झगडा हुँदा ३४ वर्षीय सन्तोषकुमार जमरकट्टेललाई तनहुँका डिलबहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका रामबहादुर तामाङले पहिला हातपात गरेपछि रिसको झोकमा सन्तोषकुमार जमरकट्टेलले कोठाबाट धारिलो छुरी ल्याई सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई पहिलो प्रहार गर्दा देब्रे खुट्टामा लागेको थियो । दोस्रो प्रहार तनहुँका डिलबहादुर श्रेष्ठलाई पेटमा प्रहार गरी छुरी पेटबाट ननिकालिकन छुरी माथि उचालिदिएका थिए ।
साथीहरुको भनाईअनुसार डिलबहादुरलाई छिटो हस्पिटल लगेको भए बाँच्न सक्ने थिए । छुरी प्रहार गरिसकेपछि पनि सन्तोषकुमार जमरकट्टेल त्यहाँबाट भागेका भने थिएनन्। केही समयपछि भागेर काम गर्दै आएको (साउदी कपिल) कम्पनी मालिकलाई फोन गरी बोलाए पनि डिलबहादुरको रगत धेरै बगेका कारण अन्तिम अवस्थामा पुगिसकेको र हस्पिटल लैजाँदा लैजाँदै बाटोमा नै डिलबहादुर श्रेष्ठको मृत्यु भएको जनाए । मृतकलगायत् चारै जना अभियुक्त अवैधरुपमा भागेर काम गर्दै आएका थिए ।
हाल चार जना नेपालीलाई साउदी अरबको खलेदिया हिरासतमा राखिएको र सबै जनालाई छानबिनका लागि लगिएको छ । कारबाही गर्नका लागि अदालतलाई अझै दुई हप्ता लाग्ने बताए पनि अब यी नेपालीलाई साउदी सरकारको कानुनअनुसार कारबाही गर्दा मृत्यु दण्डसम्मको सजाय हुन सक्छ । - मोहन बानियाँ


 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक