20091102

प्रथम राष्ट्रपती बनाइ दिन्छु भनी नराम्ररि धोका दिएका प्रचन्डद्वारा गिरिजालाई फेरी लालीपप, गिरिजा बाबु फेरी झुक्किएलान ?

माओवादीद्वारा बामदेव गौतमको भब्य स्वागत गरेको देखेर झलनाथ र माकुने चकित

पत्रकार उजिर मगरका अनुसार सडक आन्दोलनको दोस्रो दिन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई भेटी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याएर इतिहास निर्माण गर्न आग्रह गरेका छन्। सोमबार मध्यान्ह भएको गोप्य भेटमा दाहालले कोइरालालाई त्यस्तो आग्रह गरेका हुन्। 'तपाईं (कोइराला) सम्वाद र सहमतिबाटै अघि बढ्ने चहाना भएकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याएर इतिहास निर्माण गर्नुहोस्', दाहाल निकट स्रोतले नागरिकसित भन्यो। गतिरोध अन्त गर्न सबै प्रचण्ड लगायत सबैसँग कुराकानी गर्छु भनि सार्वजनिक धारणा दिएको भोलिपल्ट दाहाल-कोइरालाबीच आधा घन्टा गोप्य वार्ता भएको छ। 'शान्ति प्रक्रियाका लागि रत्नपार्कबाट तपाईंलाई सिंहदरबार पुर्‍याएकै हो। यस (शान्ति प्रक्रिया)लाई तार्किक निश्कर्षमा पुर्‍याउनुस',
दाहालको भनाइ उद्धिृत गर्दै स्रोतले भन्यो। कोइरालालाई भेट गरेपछि दाहालले भेटघाट बारे वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र कृष्णबहादुर महारासँग छलफल गर्न पार्टी केन्द्रीय कार्यालय पेरिश डाँडा पुगेका थिए। कोइरालाले सहमतिमा ल्याउन सक्छु मेरो आँट भएकाले समस्या समाधान गर्नका लागि प्रमुख दलका शिर्ष नेताहरु रहेको संयन्त्र बनाउनु पर्ने आइतबार कोइरालाले बताएका थिए। दाहालले विहान नागरिक समाजका देवेन्द्र पाण्डे, खगेन्द्र संग्रौला समेतसँग भेट गरी कोइरालासँग जाने बताएका थिए। 'शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन संवादबाट सहमति गर्नेमा कोइराला सकारात्मक छन्। छिट्टै भेट हुँदै छ', दाहालले कोइरालासँग गरेको आग्रहलाई पुष्टि गर्दै संग्रौलाले भने।
विहान पाण्डे निवासमा स्वयं दाहाल पुगेर नागरिक समाजका प्रतिनिधिसँग भेटघाट गरेका थिए। अन्य दलहरुले माओवादीले सडकबाटै सत्ता कब्जा गर्न खोजेको भन्ने आरोप मात्रै भएको कोइरालालाई दाहालले बताएका थिए। दुई दिन भएको आन्दोलनको भद्रताले त्यसलाई पुष्टि गरिसकेको भनि उनले कोइरालालाई बताएका थिए। वर्तमान सरकारले सेना समायोजन, नयाँ संविधान निर्माण गर्ने पक्षमा नदेखिएकाले आन्दोलनमा जानु परेको दाहालले कोइरालालाई बताएका थिए। नागरिक समाजका प्रतिनिधिहरुसँग दाहालले सडकमा जान आफूलाई विवस पारिएको बताएका थिए।

'हामी सेना समायोजन गर्न तयार छौं। सडकबाट सत्ता कब्जा गर्नेवाला पनि छैनौं। सडकबाट सत्ता गरिए पनि त्यो टिक्दैन। यसमा भ्रममा नपर्न सबैलाई आग्रह गरेका थिए', संग्रौलाले भने। बाइस दलले राष्ट्रपतिको कदम बारे एक अक्षर पनि छलफल गर्न नमाने पनि आन्दोलनको विकल्प नभएको उनले बताएका थिए। यसअघि सहमतीय सरकारका लागि प्रमुख तीन दलका शिर्ष नेताहरुबीच गृहकार्य भइरहेको छ। माओवादीले उठाउँदै आएको नागरिक सर्वोच्चताको मागलाई वर्तमान सरकारले सम्बोधन नगर्ने स्थिति देखिए पछि माओवादी, कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच सहमतीय सरकार गठनमा गृहकार्य भएको थियो। सहमतीय सरकारले राष्ट्रपति कदम बारे छलफल गराउने शर्तमा त्यस्तो गृहकार्य अघि बढेको हो। दलका प्रमुखहरुको उक्त गृहकार्य बुझेपछि राष्ट्रपति रामवरण यादवले कानुन व्यवसायीहरूसँग दलहरुले आफूप्रति आक्षेप लगाउने प्रयास गरिएको भनि गुनासो पोखेका थिए। माओवादीको आन्दोलन जारी रहेकै बेला गोप्य रुपमा कोइरालसँग भेट गरी दाहालले इतिहास रत्न गरेको आग्रहलाई राजनीतिक बृत्तमा महत्वका साथ हेरिएको छ।

एकातीर माओवादीहरु एमालेको नेतृत्वको सरकारबाट नागरिक सर्वोच्चता गुमाएको भन्दै सरकार बिरद्ध आन्दोलन गरिरहेकैबेला नेकपा माओवादीका कार्यकर्ताहरुले नेकपा एमालेका शिर्षस्थ नेता वामदेव गौतमलाइ बाराको सिमरास्थित विमानस्थलमा माला लगाएर स्वागत गरेका छन् । बाराको कलैयामा भोली हुने एक कार्यक्रममा सहभागी हुन आउनुभएका एमालेका शिर्षस्थ नेता वामदेव गौतमलाइ स्वागत गर्न एमाले कार्यकर्ता विमानस्थल नगएको खबर पछी माओवादी कार्यकर्ताले स्वागत गरेका हुन् । यसलाई राजनितिक दृष्टीले ठुलो महत्व तथा दुरगामी संकेतको रुपमा हेरेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक