माओवादीले सिंहदरबार घेराउ गरेपछि सिंहदरबारका सबै गेटमा नारायण दल गणका सेनालाई ‘स्ट्यान्ड बाइ' गरिएको छ। घेराउका क्रममा हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै प्रहरी र सशस्त्र प्रहरीको ‘ब्याक अप' स्वरुप सेनालाई खटाइएको सुरक्षा स्रोतलाई उदृत गर्दै नागरिकन्यूजकर्मी भोजराज भाटले जनाएका छन्।
सिंहदरबारभित्र सेनाको उपत्यका पृतनापतिको कार्यालय, नारायण दल गण, क्याब्लरी गण र सुरक्षापरिषद कार्यालय छ। रातो झण्डा हातमा लिएका हजारौंको संख्यामा आएका माओवादी कार्यकर्ताहरुले सिंहदरवारलाई माइतीघर चोक, भद्रकाली, पद्मोदय क्याम्पस, जिल्ला प्रशासन कार्यालय क्षेत्र, घट्टेकुलो, हनुमानस्थान क्षेत्रबाट घेराबन्दी गरेका छन् । कार्यक्रममा माओवादीले काभ्रे, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरलगायतका जिल्लाहरुबाट ठूलो संख्यामा कार्यकर्ता उतारेका छन् । राजधानी आउने प्राय बसहरुमा रातो झण्डा गाडिएका छन् । बानेश्वरबाट, थापाथली चोक, पुतली सडक, दरवारमार्ग, रत्नपार्क लगायतका क्षेत्रमासमेत सवारी प्रवेश गर्न नपाएपछि राजधानीको सडक व्यवस्था अस्तव्यस्त भएका छन् । पैदल यात्रुलाईसमेत धर्नाकारीले अवरोध पुर्याएका छन् । 

सडक डिभिजन कार्यालय क्षेत्रमा, देव गुरुङले हनुमानस्थान, नेत्रविक्रम चन्दका पूर्वी गेट तथा गिरिराजमणि पोखरेलको कालिकिास्थानबाट घेराउ कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।
माओवादीले वरिपरिका जिल्लाबाट कार्यकर्ता उतार्नुको साथै सबै जनबगिर्ाय संगठनहरुलाई उतारेको छ । बिद्यार्थी, मजदूर, चिकित्सक, महिलालगायत सबैलाई घेराउनमा सहभागी गराएको । घेराउ कार्यक्रमलाई व्यवस्थित बनाउन योङ कम्युनिष्ट लिगका कार्यकर्ताहरु खटाएका छन् । कार्यकर्ताहरु बाजागाजसहित आएका छन् । बिभिन्न परम्परागत, आधुनिक तथा क्रान्तिकारी गीतसंगितले गर्दा संशिदरवार वरीपरिको क्षेत्र संगीतमय बनेको छ । युवायुवतीहरु नाचीरहेका छन् । बिच बिचमा नारावाजी गरिरहेका छन् । साना साना कार्यक्रमहरु गरेर मुक्तक, कविता, प्रहसनहरु देखाउने पनि गरि रहेको छ । संभावित दुर्घट्नाका लागि सरकारले निषेधित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । भद्रकाली, माइतीघर मण्डला, जिल्ला प्रशासन कार्यालय क्षेत्रमा प्रहरीले धर्नाकारीलाई रोकेको छ । सामान्यतय माओवादीले देखाउने उत्तेजक व्यवहारको बदलामा घेराउमा प्रहरीले रोकेको ठाउँमा बसेर धर्ना दिएका छन् । पहिलो पंक्तिमा नेताहरु घेराउमा बसेका छन् । उनीहरुको सुरक्षा तथा व्यवस्थित गर्न त्यसपछिको लाइनमा वाइसीएल र त्यसपछि मात्र कार्यकर्ता बस्ने गरेका छन्
गृह मन्त्रालयका प्रवक्त जयमुकुन्द खनालले निषेधित क्षेत्र उल्लंघन हुन नदिन तथा स्थितिलाई नियन्त्रणमा राख्न १० हजारको संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको बताए । केन्द्रीय सचिवालय भएकाले यहाँ कार्यरत कर्मचारी र काममा आउने सर्वसाधारणलाई सिंहदरवार भित्र आउन यथेष्ट सुरक्षा व्यवस्था गरिएको उनले दावी गरे । सिंहदरवारको पश्चिम गेटबाट कर्मचारीहरुलाई छिराउने उनले बताए । कतिपय मन्त्री र उच्च अधिकारीहरु माओवादी आन्दोलन सुरु हुनु अगावै सिंहदरवार प्रवेश गरिसकेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति नभए तेस्रो चरणको आन्दोलन अन्तर्गत आमहडतालमा उत्रिने बताएका छन् । आफूहरु छिटो गतरोध अन्त्य गर्ने पक्षमा रहेको भन्दै अर्को साता भित्रसम्ममा सहमति हुने विश्वास व्यक्त गरे । पार्टीको पूर्व घोषित कार्यक्रम अन्तर्गत सिंहदरवार घेराउको नेतृत्व गर्न भद्रकालीमा बसेका अध्यक्ष दाहालले संचारकर्मीसंग कुरा गर्दै उनले राष्ट्रपतिको कदम नसच्चिएसम्म गतिरोध अन्त्य हुन गार्हो भएको बताए । उनले भने-'हामी वार्ताबाट समस्याको निकास खोज्न चाहन्छौं तर सरकार यो समस्याको निकास चाँहदैन । किनभने उ संविधानससभा भंग गरेर शान्ति प्रक्रिया चुहाउन चाहेको छ ।' उनले आफूहरु शान्ति प्रक्रिया र संविधान लेखनकार्यलाई निष्कर्षमा पुर्याउन आन्दोलनरत् रहेको पनि दावी गरे ।
सिंहदरवार घेराउ कार्यक्रमका लागि जाँदै गरेको माओवादी कार्यकर्ता चढेको बस तनहुँको आँवुखैरेनी - ७ मा बुधबार राति दुर्घटना हुँदा एक जना माओवादी कार्यकर्ताको मृत्यु भएको छ । अन्य ५२ जना घाइते भएका छन् । राति करिव सवा वाह्र वजेको समयमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा गोर्खा केरावारीका २० वषर्ीय सुरेश तमु रहेका छन् । गम्भिर घाईते तमुलाई उपचारको लागि काठमाडौं लैजादैं गर्दा वाटोमा मृत्यु भएको हो । गोर्खाको छोप्राकबाट काठमाडौं आउन लागेको ना ३ ख ८३८२ नम्वरको वस सडकवाट करिव ५० मिटर तल मस्र्याङ्दी नदी किनारामा खस्दा दुर्घटना भएको हो । घाईते हुने माओवादी कार्यकर्ता मध्ये ४९ जनाको जनमैत्री अस्पताल काठमाडौं, १ जनाको विर अस्पताल र २ जनाको भरतपुर मेडिकल अस्पतालमा उपचार भई रहेको छ । घाईते मध्ये १० जनाको अवश्था गम्भिर रहेको प्रहरीले जनाएको छ । वसका घाईतेलाई प्रहरीले शुक्रवार विहान ५ वजेसम्म उद्धार गरेको थियो ।
Yaha gherau karyakramma bhag lina aayeka byakti durghatanama pari mrityu bhayeko chha aba tyaslai pani SHAHID ghosana garne ho ki
ReplyDeleteM. Lama