कांग्रेस र माओबादी बीच बैदेशिक भुमीमा कटु संझौता : झलनाथ खनाल
प्रधानमन्त्री माधवकुमार नेपालले एमालेका हित नचाहने नेताहरु पार्टीमा बसिरहन आवश्यक नभएको प्रतिक्रिया दिएका छन्। केन्द्रीय समन्वय कमिटीको केन्द्रीय भेलालाई शनिबार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै नेपालले आफ्नै पार्टीको बदख्वाई गर्दै हिड्नेहरुलाई पार्टीमा स्थान दिन आवश्यक नभएको बताए। 'शरीर मात्र एमालेमा हुने आत्मा एमालेमा हुन नस्कनेहरु एमालेमै छिपेर बसिरहेका छन्' प्रधानमन्त्रीले भने,'एमालेमा बसेर अरु पार्टीको प्रचार गर्दै हिड्न आवश्यक छैन।' नेपालले बर्तमान सरकार प्राकृतिक र स्वभाविक भएको दावी गर्दै जनप्रतिनिधिको बहुमत शक्तिको आधारमा बनेको सरकार कठपुतली हुन नसक्ने बताए। 'हुँदाखादाँको सरकार छोडेर छोड्दा प्राकृतिक हुनें। सरकार खाली राख्न भएन बहुमत सासदले बनाएको सरकार अप्राकृतिक हुने?' प्रधानमन्त्री नेपालले प्रश्न गरे। प्रधानमन्त्री नेपालले 'नागरिक सर्वोच्चता'को विषयमा पनि स्पष्ट हुन आवश्यक भएको बताए। 'नागरिक सर्वोच्चताको ......
परिभाषा कुनै एक दलले मात्र गर्न सक्दैन,' प्रधानमन्त्रीले थपे, 'माओवादी परिभाषा आफ्नो नेतृत्वको सरकार गठनमा केन्द्रीत छ।' माओवादीको नेतृत्वमा सरकार गठन गर्दैमा नागरिक सर्वोच्चता नहुने र त्यस विषयमा एमालेलाई पढाउन आवश्यक नभएको उनले बताए। 'प्रचन्डले पहिला तपाई राष्ट्रपति र म प्रधानमन्त्री भनेर मख्ख पारे' प्रधानमन्त्री नेपालले भने, 'त्यो त प्रचन्ड र रेखा नाचे जस्तै पो रहेछ।' 'पाँच पाँच घन्टा कोटेश्वर आएर, पार्टीलाई चिठी लेखर, केन्द्रीय कमिटीले निर्णय गरेर मलाई सभासद बनाउने अनि अहिले बदख्वाई गर्ने' नेपालले विगत कोट्याए, 'फकाएर मात्र हैन बिलौना गरेर मलाई लगेका हुन्।'
एमालेका अध्यक्ष झलनाथ खनालले एमालेले सिंगापुरमा गएर एउटा र हस्तीनापुरमा गएर अर्को कुरा नगरी कान्तिपुरमा समस्या समाधानका लागि छलफल गर्ने बताउनुभएको छ। नेकपा एमालेको पाँचौ सुनसरी जिल्ला अधिबेसनको उद्घाटनका क्रमामा बोल्दै अध्यक्ष खनालले सो कुरा बताउनुभएको हो। अध्यक्ष खनालले एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै नेपालको आन्तरिक समस्या सिंगापुर हस्तीनापुरमा नगै कान्तिपुरमा समाधान हुनुपर्नेमा जोड दिनुभयो।, उहाँले भन्नुभयो, चिसो ठाँउ चाहिएको हो भने नेपालमै थुप्रै हिम श्रृङ्खलाहरु छन्।, मेजर दुई पार्टी कांग्रेस र माओबादी बीच बैदेशिक भुमीमा कटु संझौता भएको बताउदै अध्यक्ष खनालले त्यस्तो संझौताले नेपाली भुमिमा काम नदिने दाबी गर्नुभयो। अहिले नेपाली जनताले कसैलाई प्रतिपक्ष नबनाएको बताउदै अध्यक्ष खनालले राष्ट्रिय सरकार अहिलेको आवस्यकता रहेको बताउनुभयो।,–उहाँले भन्नुभयो–अहिलेको सरकारलाई नै राष्ट्रिय सरकारको रुप दिन सकिन्छ।, आफु र आफ्नो पार्टी जहिलेपनि राष्ट्रिय सरकारको पक्षमा रहेको बताउदै उहाँले कहिले एक र कहिले अर्को पार्टी प्रतिपक्षमा बसेर सरकारलाई भाँजो हालीरहेको बताउनुभयो।
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

0 comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक