20091123

सिंगापुर 'सम्झौता' विफल, प्रचण्डको उत्साह तीन दिनभित्रैमा निराशामा परिणत, प्रचण्ड बेचैन


सिंगापुरबाट फर्किंदा नया समीकरणप्रति निकै उत्साहित देखिएका माओवादी अध्यक्ष प्रचण्डको उत्साह तीन दिनभित्रैमा निराशामा परिणत भएको छ। सिंगापुरमा गिरिजाप्रसाद कोइरालालाई भेटेर फर्किदा एक दुई दिनमै नया समीकरण बन्ने आशा बाडेका प्रचण्डले पार्टीका नेताहरुबाट समेत आलोचना खेप्नुपरेको छ। त्यसमाथि भारतले भ्रमणको निम्तो त परै जाओस् वास्तासमेत गर्न छाडेपछि प्रचण्ड झनै बेचैन भएका छन्।
पार्टीको आन्तरिक कार्यक्रम भनेर गए पनि माओवादी अध्यक्ष प्रचण्डको सिंगापुर भ्रमण फगत गिरिजाप्रसाद कोइराला र भारतीय प्राध्यापक एसडी मुनीसाग भेट्नका लागि मात्र थियो भन्ने पुष्टि भइसकेको छ। सिंगापुरमा रहादा प्रचण्ड र कृष्णबहादुर महराले यी दुई बाहेक अरु कसैलाई नभेटेको
स्पष्ट भइसकेको छ। कोइरालालाई फकाएर देशको राजनीतिलाई आफू अनुकूल बनाउने, विशेषतः माधवकुमार नेपाललाई हटाउने र मुनीलाई प्रयोग गरेर भारतसाग बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रचण्डको प्रयास एक साता नपुग्दै लगभग विफल भइसकेको छ।
 प्रचण्डले युद्धकालीन रणनीति ब्यूाताउादै एकपक्षीय रुपमा संसद खुलाएर बजेट पारित गर्न दिने र सागसागै कठोर आन्दोलनको घोषणा गरेर सरकारलाई झुकाउने प्रयास गरेका छन्। तर गिरिजाप्रसाद कोइरालाबाट नै अपेक्षित सहयोग पाउने सम्भावना नदेखेपछि प्रचण्ड बेचैन भएको कांग्रेसका नेताहरु बताउाछन्। सिंगापुरबाट प्रचण्ड फर्किएलगत्तै कोइराला र प्रचण्डबीचको सिंगापुर 'सम्झौता'लाई लिएर सबैभन्दा बढी बिरोध कांग्रेसमै भयो। पछिल्लो समयमा कांग्रेसभित्र बलियो बनेको कोइरालाविरोधी धारले सिंगापुर सम्झौता बाहिर नआउादै चर्को विरोध गरेपछि कांग्रेसले संसदीय दलको बैठक नै बोलाएर वर्तमान सरकारलाई दिइआएको समर्थन थप बलियो बनाउने निर्णय गर्योर। कांग्रेसको यो निर्णय प्रधानमन्त्री माधवकुमार नेपाललाई आश्वस्त गर्नमात्र नभएर माओवादीलाई जवाफ पनि थियो।
गिरिजाप्रसाद कोइरालासागको सिंगापुर भेटबाट उत्साहित भएर आएका माओवादी अध्यक्ष प्रचण्डले तीन दिनको प्रयासपछि पनि कांग्रेस र सरकारलाई सोचेजस्तो लचिलो बनाउन सकेनन्। बरु जबर्जस्ती बजेट पारित गर्ने प्रयासमा सत्ताधारीहरु लागे। देशभित्र बहुमत प्राप्त र देशबाहिरबाट पनि भरोसायोग्य समर्थन पाएको पाएको सरकार माओवादीको आन्दोलनबाट कत्ति पनि बिचलित नभएपछि माओवादी थप अप्ठेरोमा परेको छ। उसले सहमतिका लागि स्पेश राखेरै पुस ५ पछिमात्र आमहड्तालको कार्यक्रम राखेको छ। तर कांग्रेसका शेरबहादुर, रामचन्द्र लबी र एमालेको माधव केपी लबीका साथै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको बिजय गच्छदार पक्ष अत्यन्त अनुदार बनेको ठहर माओवादीले गरेको छ।  अहिलेको राजनीतिक गतिरोध अन्त्य हुन्छ भने सरकारको नेतृत्व परिवर्तन गर्न समेत तयार रहेका कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल आफ्नै पार्टीभित्र कमजोर बन्दै गएको महसुस माओवादीले गरेको छ।
उता भारतले नेपालका राजनीतिक शक्तिहरुलाई महाकाली सन्धि पक्षधर र विरोधी गरी दुई कित्तामा राखेर व्यवहार गरेको विश्लेषकहरुले ठहर गरेका छन्। कांग्रेसको देउवा रामचन्द्र लबी, एमालेको माधव केपी लबी, बिजय गच्छदार, पशुपतिशमशेर र सूर्यबहादुरहरुलाई भारतले एकातिर राखेको छ भने का्रंग्रेसको कोइराला लबी, माओवादी र एमालेको संस्थापन पक्षलाई महाकाली विरोधी लबीका रुपमा भारतले कित्ताकाट गरेको चर्चा काठमाडौंका भारत विज्ञहरुबीच चलेको छ। यही कारण भारतले अहिलेसम्म प्रचण्डकोे भारत भ्रमण गर्ने चाहना पूरा नगरिदिएको चर्चा पनि चलेको छ। एमाले अध्यक्ष खनाललाई समेत भारतले आठ नौ दिनसम्म कुराएर मात्र प्रधानमन्त्री मनमोहन सिंहसाग भेट गराएको र सोनिया गान्धीले भेटै नदिएको टिप्पणी पनि बुद्धिजीवीहरुले गरेका छन्। भारत अहिलेको गठबन्धन कुनै पनि हालतमा नटुटाउने बरु यसमा उपेन्द्र यादवहरुलाई पनि मिसाउने पक्षमा देखिएपछि माओवादीले आफ्नो रणनीति परिवर्तन गरी सत्तारुढ दलहरुभित्र खेलेर उनीहरुबाटै सत्ता गिराउने बाटो अख्तियार गर्ने देखिएको छ। 

प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले ढ्यांग्रे शरीर एमालेमा राखेर नबस्न उपाध्यक्ष बामदेव गौतमलाई सुझाव दिएका छन्। पार्टीको अंचल सम्पर्क समन्वय कमिटीले मंसिर ६ गते शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री नेपालले शरीर एमाले र आत्मा चाहिा अन्तै भएकाहरुलाई पार्टीमा ठाउा दिन नहुने बताएका थिए। उनले कसैको नाम नलिए पनि बामदेव गौतमलाई संकेत गरेको कार्यकर्ताहरुले स्पष्ट बुझेका थिए। आफू प्रधानमन्त्री भएदेखि नै 'यो दक्षिणपन्थीहरुको गठजोडबाट बनेको सरकार हो, यसले शान्ति प्रक्रिया सफल बनाउादैन' जस्ता आरोप लगाएर हिंडेकोमा बामदेवप्रति आक्रोशित बनेका प्रधानमन्त्रीले अति भएर यस्तो जवाफ फर्काएको उनी निकट स्रोतले जनाएको छ। एमालेमा बसेर माओवादीको चिन्ता गर्नेहरुले एमाले छाडेर हिंड्नु राम्रो हुने सुझाव प्रधानमन्त्री नेपालले अचेल पार्टीका नेता कार्यकर्ताहरुसागको भेटमा पनि दिने गरेका छन्। उनले माओवादीबिना शान्ति प्रक्रिया पनि सफल हाुदैन, संविधान पनि बन्दैन र सरकार पनि चल्दैन भन्नेहरु एमाले हुनै नसक्ने बताएका छन्। प्रधानमन्त्रीले पछिल्लो समयमा उपाध्यक्ष बामदेव गौतम, अशोक राई, सचिव युवराज ज्ञवाली र केन्द्रीय सदस्यहरु राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, घनश्याम भुषाल लगायतको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष झलनाथ खनाललाई एकलकाटे ढंगले पार्टी चलाउन उक्साउनेहरु पनि उनीहरु नै हुन् भन्ने ठम्याइ प्रधानमन्त्री नेपालको रहेको चर्चा बालुवाटार वृत्तमा चलेको छ। -साँघु

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक