20091126

आफ्नै भविष्य अन्योल र अनिश्चित रहेका गिरिजाप्रसाद कोइरालासँग 'गफ' गरेर माओवादी अध्यक्ष प्रचण्डले कसरी आफ्नो भविष्य सुरक्षित हुन सक्ने देख्नुभयो ?

-देवप्रकाश त्रिपाठी

...............प्रचण्डहरूको बहकाउमा लोभिएर कोइरालाले काङ्गे्रस, प्रजातन्त्र र राष्ट्रिय एकताका सूत्रहरूको क्षयीकरणमा अविष्मरणीय तर अक्षम्य 'योगदान' पुर्याउनुभयो .................

आफ्नै भविष्य अन्योल र अनिश्चित रहेका गिरिजाप्रसाद कोइरालासँग 'गफ' गरेर माओवादी अध्यक्ष प्रचण्डले कसरी आफ्नो भविष्य सुरक्षित हुन सक्ने देख्नुभयो– कौतुहल जन्माएको छ। बुढ्यौली, कमजोर स्वास्थ्यस्थिति, हतास मनस्थिति र मजबुत स्वार्थस्थितिका कारण गिरिजाप्रसाद कोइराला देशवासीका निम्ति दिनानुदिन सहानुभूतिको पात्र हुँदै जानुभएको महसुस गर्न थालिएको छ। उहाँबाट लाभ प्राप्त गर्नेहरूको दृष्टिमा मात्र कोइरालाप्रतिको सम्मान जीवित रहेको देखिन्छ। सीमित प्रजातान्त्रिक अधिकारका लागि
काङ्गे्रस लडिरहँदा राजासँग सम्झौता गर्न आतुर कोइराला २०४६ को प्रजातान्त्रिक आन्दोलनको सहयात्री एमालेलगायत वामपन्थी (पाँचवाम) समूहहरूप्रति अत्यन्त कठोर दृष्टिकोण राख्नुहुन्थ्यो। उहाँ त्यसबेला 'माले,
मसाले र मण्डले' लाई एउटै देख्नुहुन्थ्यो र ठाउँ–कुठाउँ वामपन्थीहरूलाई अवाञ्छित टिप्पणी गरेर देशमा तनावको स्थिति सिर्जना गरिरहनुहुन्थ्यो। त्यसबेला काङ्गे्रसको दायाँपट्टि रहेको दक्षिणपन्थी शक्ति र बायाँपट्टिका सहयात्रीहरूसँगको सम्बन्धलाई सन्तुलित तुल्याउन नसकेका कारण कोइरालालाई सत्ताबाट विस्थापित गर्न चाहनेहरूको सक्रियता बढेको थियो। प्रचण्डहरूको वैधानिक मोर्चा जनमोर्चालाई त कोइरालाले उपेक्षा गर्नुहुन्थ्यो नै, प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको एमालेलाई समेत उहाँले राजनीतिमा अवाञ्छित ठानिरहनुभयो। जब कि त्यस समयमा एमालेसँगको सम्बन्ध मात्र सुमधुर तुल्याउन सकेको भए काङ्गे्रसको एकमना सरकार असमयमै विस्थापित हुनुपर्ने अवस्था नआउन पनि सक्थ्यो। विजय र राजनीतिक सफलताको उन्मादले २०४८–०५० ताक गिरिजाप्रसाद कोइरालालाई दुर्याेधनभन्दा अहंकारी बनाएको महसुस धेरैले गरेका थिए। उहाँको अहंकारको सिकार गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले पनि बन्नुपर्योँ। २०५६ सम्म त्यसरी वामपन्थीहरूलाई सहनै नसक्ने गिरिजाप्रसाद कोइरालाले त्यसपछिको पाँचै वर्षभित्रमा यति ठूलो वैचारिक छलाङ मार्नुभयो कि हिंसात्मक सङ्घर्षमा उत्रिएका माओवादी उहाँको मित्रशक्ति बन्न पुग्यो। माओवादीसँगको 'सहवास'कै क्रममा बीपी कोइरालाले अवलम्बन गर्नुभएको सिद्धान्त, नीति र रणनीति गिरिजाप्रसादले
भुल्नुभयो। उहाँले माओवादीको लहैलहैमा बरालिएर प्रजातन्त्रको आधारभूत मूल्य–मान्यतालाई मात्र होइन राष्ट्रिय एकता र सामाजिक सद्भावका सूत्रहरूलाई पनि ध्वस्त तुल्याउन योगदान पुर्याहउनुभयो। 'राजासँग आफ्नो घाँटी जोडिएको' सार्वजनिक अभिव्यक्ति दिएर देशभरिका प्रजातन्त्रवादीहरूलाई बीपीले के सन्देश दिन चाहनुभएको थियो भन्ने त गिरिजाप्रसाद कोइरालाले बुझ्न सक्नुभएन, राष्ट्रिय एकताको सूत्र बनेको धर्म र भाषाजस्ता कुराहरूमा करौंती चलाउन पनि उहाँ आश्चर्यजनक ढङ्गले राजी हुनुभयो। वास्तवमा नेपालको हिन्दू धर्मले तराई र पहाडबीच एकताको सूत्रको काम गरेको थियो भने बौद्ध धर्मले लुम्बिनी (तराई) देखि हिमाली भूखण्डसम्मलाई एउटै धागोमा उनेको थियो। नेपाली भाषाले पनि सम्पूर्ण नेपालीलाई एकताबद्ध तुल्याउँदै लगेको थियो। त्यसैगरी ब्राह्मण, क्षेत्रीलगायत केही निश्चित जात–जातिहरू देशको अधिकांश भूभागमा फैलिएर पनि राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरेको थियो। तर, प्रचण्डहरूको बहकाउमा लोभिएर कोइरालाले काङ्गे्रस, प्रजातन्त्र र राष्ट्रिय एकताका सूत्रहरूको क्षयीकरणमा अविष्मरणीय तर अक्षम्य 'योगदान' पुर्याउनुभयो। ०४६ चैतमा संविधानसभाको निर्वाचन र ०६५ जेठ १५ मा गणतन्त्र घोषणा गरिँदासम्म कोइराला माओवादीप्रति यति संवेदनशील हुनुहुन्थ्यो कि कसैले माओवादीलाई अलिक तिक्त आलोचना गर्दा पनि उहाँलाई दुखेको महसुस हुन्थ्यो। संविधानसभाको चुनाव–परिणामले घायल बनाएको कोइराला राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा पश्चात्तापको रापले पूरै सेकिनुभएको हो। तथापि उहाँभित्रको चरम अहंकार र सामन्तीपनको रागले उहाँलाई सार्वजनिक रूपमै गल्ती स्वीकार गर्न भने अवरोध पैदा गर्योर। उहाँको अस्थिर, अतिवादी र आत्मकेन्द्रित चिन्तन–शैलीका कारण काङ्गे्रस मात्र होइन प्रजातन्त्र नै सङ्कटमा परेको छ र देशचाहिँ महासङ्कटको भुमरीमा फसेको छ। तर, आश्चर्य देश यसरी बर्बादीको दुन्दुभीमा परिरहँदा पनि कोइरालामा उन्मुक्तिको चेत महसुस गर्न सकिँदैन। उहाँको अराजक तर आत्मकेन्द्रित र असैद्धान्तिक प्रवृत्तिका कारण काङ्गे्रसको नयाँ पुस्ता गम्भीर भएको छ र प्रजातन्त्र एवम् काङ्गे्रसको रक्षाका लागि सङ्गठित तथा सामूहिक सक्रियता दर्शाउन खोज्दै छ। काङ्गे्रस जुन सोचका साथ सङ्गठित हुन खोज्दै छ, त्यसले गिरिजाप्रसाद कोइरालाको औचित्य र सान्दर्भिकता समाप्त हुँदै गरेको स्पष्ट सङ्केत पनि दिएको छ। कोइरालाको नेतृत्वमा स्वयम् काङ्गे्रसजनले आफ्नो भविष्य देख्न छोडेका छन्, तर प्रचण्ड भने तिनै कोइरालामा आफ्नो भविष्य खोज्ने जमर्को गर्दै हुनुहुन्छ। हुनत बितेका चार वर्षभित्र माओवादीलाई जे–जस्ता सफलता प्राप्त भएका छन्, त्यसमा कोइरालाको अद्वितीय योगदान रहेको तथ्य लुकाएर लुक्ने आकार–प्रकारको छैन। तर, अब कोइराला वर्ष दिनअघिको हैसियतमा पनि काङ्गे्रसभित्र हुनुहुन्न।
प्रचण्ड जत्तिका चतुर राजनीतिकर्मीलाई काङ्गे्रसमा दुर्बल हुँदै गरेको कोइरालाको भूमिकाबारे कुनै ज्ञान नहोला भन्न पनि सकिन्न। तै पनि उहाँ गिरिजाप्रसादसँगकै संवाद र सहमतिलाई उच्च प्राथमिकता किन दिँदै हुनुहुन्छ? यस प्रश्नमा सूक्ष्म अध्ययन गर्ने हो भने रोचक तथ्यहरू जानकारीमा आउन सक्दछन्।
देशमा क्रियाशील राजनीतिक दलहरूमध्ये आफ्नो दललाई मात्र सही, ठीक र आवश्यक ठान्नुहुने प्रचण्डमा 'सुपेरिटी कम्प्लेक्स' गहिरो ढङ्गले रहेको देखिन्छ। दस वर्ष हिंसात्मक युद्धमा सामेल भएकै कारण प्रचण्ड माओवादी पार्टीलाई महान् र बाँकी पार्टीहरूलाई दोस्रो, तेस्रो दर्जाका 'अवाञ्छित' झुण्ड मात्र ठान्दै हुनुहुन्छ। उहाँ आफूबाहेक अरू कसैमा नेताको गुण र हैसियत पनि देख्नुहुन्न। तराईकेन्द्रित समूहहरूप्रति प्रचण्ड सकारात्मक रहने अवस्था रहेन, विचारकेन्द्रित मानिएका माओवादी, काङ्गे्रस र एमालेमध्ये एमालेभित्र केपी ओलीसँगको वैचारिक दूरी प्रचण्डले उपयोग गर्नै नसकिने गरी बढेको छ। रुक्मांगद प्रकरणमा झलनाथ खनालले धोका दिएको महसुस गर्नुभएका प्रचण्डले खनालसँगको अन्य कुनै विशेष संवाद र सहमतिलाई प्राथमिकतामा राख्न नचाहनुभएको बुझिन्छ। माधव नेपाल आफ्नो विरोधको केन्द्रबिन्दुमा रहनुभएकोले उहाँसँगको संवाद र सम्झौताले पनि प्रचण्डको चाहना पूरा गर्ने अवस्था देखिएको छैन। एमालेमा केपी, माधव र झलनाथबाहेक अरू कसैसँग संवाद र सहमति गर्नुपर्ने अवस्था नरहेको यदि प्रचण्डले ठान्नुभएको हो भने त्यो पनि अस्वाभाविक होइन। आफ्नो पार्टीलाई कमाण्डमा राख्न पूर्ण सफल प्रचण्डका निम्ति गिरिजाप्रसाद कोइराला उचाइदार नेता हुनुहुन्छ। आफ्ना चालबाजीहरू एमाले नेताहरूले सजिलै बुझ्ने र समयसमयमा अड्चन पैदा गर्न सक्ने, तर कोइराला र उहाँका निकटवर्तीहरू 'ब्वाँसोलाई शरीर कन्याउन दिएर आनन्द मान्ने साँढे' जस्ता भएकोले पनि प्रचण्डका निम्ति कोइराला प्राथमिकतामा पर्नुभएको हुनसक्छ। करिब दुई दशकदेखि गिरिजाप्रसाद कोररालाको चोरीऔंलाको इशारामा काङ्गे्रस नाच्दै आएको हुनाले सम्भवतः प्रचण्ड कोइरालाको त्यस्तो शक्तिप्रति आशक्त हुनुहुन्छ र प्रचण्डलाई कोइरालाभन्दा तलका देखिने नेतासँग संवाद गरेर आफूलाई घटाउने या समय बर्बाद गर्ने चाहना नभएको पनि हुनसक्छ। एमाले नेताहरूसँगको संवाद र सम्झौताभन्दा काङ्गे्रससँगको संवाद र सम्झौता नै रणनीतिक दृष्टिले प्रचण्डको प्राथमिकतामा परेको छ। कोइरालाबाहेक काङ्गे्रसका अन्य नेताहरू पनि प्रचण्डका चालबाजीप्रति जानकार र सचेत भएका हुनाले उनीहरूसँगको संवादलाई महत्व नदिइनु माओवादसम्मत छ भन्नुपर्ने हुन्छ। यसरी हेर्दा प्रचण्डसँग संवाद र सहमतिको निम्ति उपयुक्त पात्रकै अभाव रहेको निष्कर्ष पनि निकाल्न सकिन्छ। माओवादीले साढे तीन वर्षको खुला राजनीतिक अभ्यासमा प्राप्त गरेको सबैभन्दा ठूलो असफलता 'सबैको विश्वास गुमाउनु' हो। देशको आन्तरिक राजनीतिक शक्तिहरू माओवादी पार्टीको गन्तव्य र प्रचण्डको व्यवहारलाई शङ्का र अविश्वासका दृष्टिले हेर्दछन्। अन्तर्राष्ट्रिय जगत्को विश्वास पनि उसले बढाउन सकेको छैन। छिमेकी मित्रराष्ट्र भारतको विश्वास प्राप्त गर्दासम्म उकालो लागेको माओवादी अहिले सबैतिरबाट उपेक्षित र एक्लो हुँदै जानुको मूल कारण उसप्रति विकसित भएको अविश्वास नै हो। यस्तो अवस्थामा आफूलाई बदल्नु या धैर्य गर्नुको विकल्प माओवादीसमक्ष रहेको देखिँदैन। विचार र गन्तव्य बदल्न सकिँदैन भने रातारात सत्तामा पुग्ने सपना प्रचण्डले देखिरहनुको कुनै अर्थ र औचित्य छैन। कोइरालासँगको संवाद र सहमतिलाई सुकेको रूखमा फल खोज्ने प्रयासका रूपमा पनि लिन सकिन्छ। कोइरालासँग हुने हरेक संवादले प्रचण्ड र माओवादी पार्टीलाई अबका दिनमा लाभ होइन थप क्षति मात्र पुर्यााउने निश्चित छ। क्षतिलाई नै गन्तव्य बनाइएको हो भने कोइरालासँगको संवाद गरिरहे पनि हुन्छ, सडक–सङ्घर्षमा सक्रिय रहे पनि हुन्छ र संसद्को बैठकमा सधैं अवरोध खडा गरिरहे पनि हुन्छ, रोजाई माओवादीको।

Press Release from Nepali American Public Affairs Council (NAPAC)
Washington DC,
NAPAC President Dr. Shyam Karki visited the office of Senator Benjamin Cardin, who is also a member of the US Senate Committee on Foreign Relations.  He had extensive discussion with Jessie Hollidav, Foreign Policy legislative assistant to the Senator.  Dr. Karki was accompanied by Mr. Surendra Shrestha, a member of world famous Nepali music ensemble, Sur Sudha, and currently visiting the US.
Dr. Karki briefed Mr. Holliday on the latest developments in Nepal and stressed the need for US policy to positively engage with all political parties in Nepal for the promotion of democracy, human rights, peace and prosperity.
He also emphasized the fact that tourism, being one of the main industries of Nepal, can be adversely affected by the recently issued travel advisory by the State Department.  He stressed the need to revoke the advisory as early as possible to minimize its impact on tourism in Nepal.  
Dr. Karki stressed the need for reviewing the US aid policy to Nepal and pay special emphasis to projects that will promote skill/technology transfer as well as Nepali exports of garments, tea, handicrafts and herbal products. Both sides agreed that Nepalis educated in the US are the best goodwill ambassadors for both countries and opportunities need to be created for encouraging them to utilize their skills for the economic development of Nepal.  They also agreed on the need for Nepali Americans and the US policy makers to maintain an effective communication link to optimize US Nepal relationship for the mutual benefit of both countries through timely input and feedback of information.  As an initiation of this process, Dr. Karki was told that he will be informed about the congressional hearing process for the confirmation of newly appointed US Ambassador to Nepal.
Both sides agreed that the Senator and his staff will make special efforts to attend Nepali community events in Maryland and will also facilitate efforts in promoting cultural exchange programs and summer congressional internship for high school and college students.  It was also agreed that a meeting be held in two months to monitor their progress.  
NAPAC had successfully lobbied in the past to mobilize congressional support for the Democracy struggle and its delegation meets congressmen at regular intervals to discuss issues of mutual interest and mobilize congressional support for the interests of the Nepali community members. NAPAC delegation will be meeting a number of Senators and congressmen over the next two months to interact on the interests of Nepali Americans.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक