20091108

गिरिजाबाबु थलिए, उपचारका लागि सिंगापुर जांदै प्रचन्ड हेटौंडामा उद्योगपतिको भोज खाँदै !

प्रचन्डका नारायणकाजी समानान्तर सरकार गठन गर्ने धम्की दिदै, कार्यकर्ता जिल्ल पर्दै !!!


कङ्ग्रेस सभापति तथा पूर्व प्रधान मन्त्री गिरिजाप्रसाद कोइराला अस्वस्थ भएका छन्। उनलाई फोक्सोमा पानी जमेपछि डा. अर्जुन कार्की, डा. गणेश अग्रवाललगायतका डाक्टरले कोइराला निवास महाराजगन्जमै उपचार गरिरहेका छन्। थप उपचारका लागि उनलाई मङ्गलबार सिङ्गापुर लगिने भएको छ। यसअघि प्रधान मन्त्री भएकै बेला यसरी नै उनको फोक्सोमा पानी जमेपछि उपचारका लागि बैङ्कक लगिएको थियो। केही दिन गङ्गालाल हृदय केन्द्रमा पनि उपचार गरिएको थियो। उता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज दिउसो राना निकटका रुपमा चिनिने नव उद्योगपति अजय सुमार्गीको हेटौंडास्थित घरमा खाना खाएर काठमाडौं फर्केकाछन् । एकीकृत नेकपा माओवादी मधेशी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीको वीरगंज सम्मेलनको कार्यक्रम सकेर राजधानी फर्कने क्रममा अध्यक्ष प्रचण्ड करिव २ घण्टा सुमार्गीको हेटौंडा-४ मा रहेको घर सुमार्गी कम्प्लेक्स मा बसेका थिए । प्रचण्डको टोलीका लागि उद्योगपति सुमार्गीले भोजको व्यवस्था गरेका थिए । स्थानीय तहमा कसैलाई पनि जानकारी नदिई प्रचण्ड सुमार्गीको घरमा खाना खान पसेका थिए । प्रचण्डसहित सिपि गजुरेल गौरव समेत रहेका थिए । निजी सुरक्षासहित करिव १२ बजेतिर आईपुगेका अध्यक्ष प्रचण्ड र राजाका निकट पात्रका रुपमा चिनिएका
सुमार्गीबीच समेत कुराकानी भएको स्रोतले बताएको छ । सर्वहारा बर्गका नेता प्रचण्ड र राजा निकट मानिने सुमार्गीबीचको हिमचिमलाई मकवानपुरेहरुले अर्थपूर्ण रुपमा लिएका छन् । अर्को गाडीमा आएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश भने सुमार्गी कहाँ नपसी सिधै चितवनतर्फ लागेका थिए । प्रचण्ड आईपुगेको थाहा पाएपछि सुमार्गी कम्प्लेक्समा आईपुगेका कार्यकर्ताहरुमध्ये थोरैलाई मात्र भुई तल्लामा प्रवेश दिईएको थियो भने अन्यलाई प्रवेश निषेध गरिएको थियो । प्रचण्डले कार्यकर्ताहरुलाई समेत भेट गरेका थिएनन् । मकवानपुरका सभासद्हरु दिलबहादुर घिसिङ प्रेमबहादुर पुलामी वाईसिएल जिल्ला अध्यक्ष लगायतका निकै थोरै व्यक्तिहरुले प्रचण्डलाई भेट पाएपछि अन्य कार्यकर्ताहरु भने आक्रोशित भएका थिए ।

यता एकिकृत माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्वायत्त गणराज्य फिर्ता लिएको विषयलाई माओवादीको कमजोरी ठाने समानान्तर सरकार गठन गर्ने चेतावनी दिएका छन्। उनले आफूहरुले भनेजस्तो राष्ट्रिय सरकार गठन नभए मुलुक दुर्घटनामा पर्ने पनि बताए। दलहरुसँगको सहमतिमा लचकता अपनाउनमात्र स्वायत्त गणराज्यको मुद्दा फिर्ता लिएकाले त्यसलाई कमजोरी नठान्न अन्य दललाई उनले चेतावनी दिए। अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको प्रथम विस्तारित केन्द्रीय बैठकको रामपुरमा भएको उदघाटन कार्यक्रममा बोल्दै उनले भने- कसैको दबाबमा स्वायत्त गणराज्यको मुद्दा फिर्ता लिएको हैन, यसलाई माओवादीको कमजोरी नठानियोस्। दलहरुले अझै पनि विदेशी चलखेलको पछाडि हिँड्न नछाडेको भन्दै माओवादीको मागमा पनि विदेशीकै इशारामा ढिला गर्दै गएको बताए। यसैबीच पत्रकारसँगको कुराकानीमा उनले आफूहरुले भनेजस्तो राष्ट्रिय सरकार गठन नभए मुलुक दुर्घटनामा पर्ने बताएका छन्।

मुलुक दुर्घटनामा परोस् भन्ने आफूहरुको इच्छा र चाहना नभएको भन्दै उनले राष्ट्रिय सरकार गठनमा अरु दलले बेवास्ता गरेको बताए।  उनले माओवादीका मागमा दलहरुले सहमति जनाउन ढिलाई गरे शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउन नसकिने दाबी गरे।माओवादीको आन्दोलन सत्ता प्राप्तिका लागि नभई नागरिक सर्वोच्च्ताका लागि भएकाले आन्दोलनमार्फत् नै आफ्नो लक्ष्य प्राप्त गरिछाड्ने उनले बताए। वार्ता र सहमतिबाटै नयाँ सरकार गठन गर्ने, दलबीच उच्चस्तरिय सम्यन्त्र गठन गरी राज्यलाई अगाडि बढाउने  माओवादीको इच्छालाई दलहरुको हेपाहा प्रवृतिले पेल्न खोजेको आरोप उनले लगाए। आन्दोलन दवाउन सेनासमेत परिचालन गरी बृहत् शान्ति सम्झौताविरुद्ध दलहरु जान खोजेको उनको भनाई थियो।

विजुक्छे राष्ट्रपति शासनको पक्षमा

देशमा देखिएको अन्यौलताको समाप्ती या त संकटकालमार्फत् राष्ट्रपति शासन र नयाँ निर्वाचनको घोषणा वा संसद् तत्काल स्थगित गरी अध्यादेशमार्फत् बजेट पारित गर्दा मात्र हुने धारणा नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छेले अगाडि सार्नु भएको छ। शनिबार दिउँसो भक्तपुरमा नेपाल समाचारपत्रसँग कुरा गर्दै अध्यक्ष विजुक्छेले नेपालमा देखापरेको अहिलेको संकट दलभित्र विदेशी चलखेलका कारण भएको बताउँदै संसद्को बहुमत सभासद्को र्समर्थन प्राप्त सकार निरीह बन्दै गएको र अल्पमतमा रहेको माओवादी गैर-जिम्मेवार बन्दै आएको अरोप लगाउनुभयो।  वर्तमान संकटको समाधान सरकारले आर्थिक संकट, खाद्यान्न अभाव र असुरक्षाको कारण देखाई संकटकाल घोषणा, राष्ट्रपति शासन साथै नयाँ निर्वाचनको मिति घोषणा एउटा उपाय हो भन्दै बजेट पारित गर्न संसद् अन्त्य गरी अध्यादेशबाट काम चलाउन सरकार अग्रसर हुनुपर्ने बताउनुभयो। लोकतन्त्र भनेको जनताद्वारा निर्वाचित सभासद्हरूको बहुमत हस्ताक्षर र र्समर्थनबाट सरकार सञ्चालन हुने हो भन्दै विजुक्छेले बहुमतको सरकार ढाल्ने गरी माओवादीले गरेको आन्दोलनप्रति सरकार निरीह बनेको भन्दै सरकारमा संलग्न दलहरूले माओवादीका माग गलत छन् भन्ने समाचार जनतासम्म पुर्याउन देशव्यापीरूपमा जागरण सभा गर्नुपर्ने उल्लेख गर्नुभयो। माओवादीले केही आन्दोलनका कार्यक्रम फिता लिनुलाई लज्जास्पद हारको संज्ञा दिँदै विजुक्छेले माओवादीले देशका पार्टीलाई फुटाउने, बझाउने खेलमा लागेको र यसै योजनाअनुसार प्रधानमन्त्रीका लागि झलनाथ खनाललाई उचाल्न थालेका छन् भन्दै खनालको नेतृत्वमा सरकार बने माओवादीले फेरि ३ महिनामा ढाल्ने दाबी गर्नुभयो। खनालको दिल्ली दौड पनि प्रधानमन्त्रीकै लागि भएको बताउँदै विजुक्छेले ओलीलाई एमाले अध्यक्षमा हराएर खनाल जिताउने खेल माओवादीकै भएको बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक