20091202

जब राष्ट्रपती यादव महोदयले प्रधानमन्त्री माकुने लाई यसरी हकारे.......!!!


"तपाई कस्को लहैलहैमा काम गर्नु हुन्छ, चुरे पहाड नास भइसकेको छ, पश्चिममा हजौरौ विगा वनक्षेत्र माओवादीले कब्जा गरेर कार्यकर्तालाई बाँडेका छन्, लाखौ हेक्टर जनताको भुमि अझै माओवादीको कब्जा छ। संविधान निर्माणको अन्तिम दिन आइसक्न लाग्यो त्यसबेलासम्म संविधान नबने हुने अनिष्ट महसुस नै नगरेर सगरमाथाको पछि लागि क्याविनेटको मिटिङ बेस क्याममा गर्न लागेको भन्नेर हल्ला गराउँदै हिडेको" 

 राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री माधव कुमार नेपाललाई माओवादी घोषणा गर्न लागेको स्वायत्त गणराज्य घोषणा कार्यक्रमले देशलाई मुठभेडतर्फ लैजाने हुँदा रोक्नका लागि पहल गर्न आग्रह गरेका छन्। वर्तमान अवस्थाबारे छलफल गर्न मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्रीलाई डा यादवले उक्त आग्रह गरेका हुन्। राष्ट्रपतिको आग्रहपछि प्रधानमन्त्री नेपालले सत्ता साझेदार प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकका नेताहरुसँग छलफल गरेका थिए।  छलफल माओवादीसँग छलफल गरी रोक्नु पर्ने निष्कर्षमा पुगेका थियो। दलहरुसँगको छलफल लगत्तै गरिएको आग्रहलाई भने माआवोदीले अस्वीकार गरेको छ।
 स्वायत्त गणराज्यको सीमाकंनको विवादमा फसिरहेको माओवादीले घोषित मंसीर २६ गतेदेखि पुस ३ गतेसम्म घोषणा सभाको आयोजना गरिसकेको छ। प्रधानमन्त्रीद्वारा बोलाइएको छलफलमा संविधान सभाको काम माओवादीले गर्ने हो भने सविधान सभाकै अस्तित्व संकटमा पर्ने भन्दै माओवादीलाई चार दलको बैठकमा आउन आग्रह गरेपछि माओवादी नेतृत्वले आलटाल गरेको थियो। बैठकमा उपस्थित कांग्रेस कार्यवाहक सभापति सुशिल कोइराला, रामचन्द्र पौडेल, एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, भरतमोहन अधिकारी, रघुजी पन्त र फोरमका तर्फबाट अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले यो गम्भीर विषय भएकाले माओवादीले सामाजिक खलल पुग्ने गर्ने काम गरेको बताएका थिए।  भेटमा राष्ट्रपति यादवले प्रधानमन्त्रीलाई गैर जिम्मेवार भएको बताएका थिए। तपाई कस्को लहैलहैमा काम गर्नु हुन्छ भन्दै चुरे पहाड नास भइसकेको छ, पश्चिममा हजौरौ विगा वनक्षेत्र माओवादीले कब्जा गरेर कार्यकर्तालाई बाँडेका छन्, लाखौ हेक्टर जनताको भुमि अझै माओवादीको कब्जा छ। संविधान निर्माणको अन्तिम दिन आइसक्न लाग्यो त्यसबेलासम्म संविधान नबने हुने अनिष्ट महसुस नै नगरेर सगरमाथाको पछि लागि क्याविनेटको मिटिङ बेस क्याममा गर्न लागेको भन्नेर हल्ला गराउँदै हिडेको भनेर असन्तुष्टि पोखेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक