20091206

कलेजमा स्नातक तहमा अध्ययनरत राजु धिताललाई अपहरण गरी हत्या

हतियार सहित आएका माओवादी लडाकूले प्रहरी हवल्दार र सशस्त्र प्रहरी नायब निरीक्षकलाई अपहरण गरे

काठमाडौंको थापाथलीस्थित एक कलेजमा स्नातक तहमा अध्ययनरत २२ वषीय राजु धिताललाई एक समूहले नेपालगन्जको धम्बोझीबाट अपहरण गरी हत्या गरेको रहस्य शनिबार खुलेको छ। यही मंसिर ९ गते अपहरणकारीको समूहले धितालको ९८४९३२०४९४ नम्बरको मोबाइलमा फोन गरी मामाको साइनो लगाई नेपालगन्जको धम्बोझी चोकमा बोलाएर अपहरण गरेको थियो। आफनै भे१ख ७९५ नम्बरको माइक्रो चढेर धम्बोझी पुगेका धिताललाई अपहरणकारीले मुख र आँखामा पट्टी बाँधिदिएर बेेपत्ता बनाएका थिए।
अपहरणको बेलुकादेखि नै धितालको मोबाइलबाट फोन गरी अपहरणकारीले परिवारसँग फिरौती रकम मागिरहेका थिए। नेपालगन्जबाट फिरौती रकम माग्दै काठमाडौं आइपुगेका चार जना अपहरणकारीलाई
प्रहरीले शनिबार दिउँसो काठमाडौंमा पक्राउ गरेपछि अपहरणको भोलिपल्टै धितालको हत्या गरेको रहस्य खुलेको हो। बाँके नौवस्था-७ बाँनियाभार घर भएका धिताललाई अपहरणकारीले काठमाडौं ल्याइएको छ भन्दै उनका बहिनी र आमालाई फिरौती रकमसाथ काठमाडौंमा बोलाएका थिए। महानगरीय प्रहरी अपराध महाशाखाको टोली र बाँके प्रहरीको संयुक्त पहलमा चार जनाको समूहमा रहेका अपहरणकारीलाई काठमाडौंमा पक्राउ गरिएको हो। प्रहरीस्रोतका अनुसार अपहरणकारीले धिताललाई अपहरण गरेकै समयमा हत्या गरेको प्रारम्भिक बयानमा बताएका छन्। अपहरणकारीले शुरूमा ५० लाख रुपियाँ फिरौती मागेका भए पनि बार्गेनिङ गरेेर १२ लाखमा कुरा मिलेको थियो। शुरूमा बहिनी तारा धिताललाई अपहरणकारीले गत १२ गते शुक्रबार बर्दियाको बाँसगढीमा पैसा लिएर आउन भनेका थिए तर पैसा बोकेर बसेकी बहिनीसँग उनीहरूले प्रहरी ल्याएको भन्दै रकम लिन गएका थिएनन्।

अपहरणकारीले बाँसगढीदेखि करिब डेढ किमिभित्र बोलाएर त्यहाँ जाँदा पनि पैसा लिन नआएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। त्यसपछि अपहरणकारीले दुइ दिनसम्म पीडितका परिवारलाई सर्म्पर्क नगरी तेस्रो दिन फोन गरेर त्रि्रो मान्छे छुटाउनु छ भने आजै काठमाडौं आउनू, होइन भने जे पनि हुन सक्ने’ धम्की दिएका थिए।

अपहरणकारीले काठमाडौं आउनू भनेपछि धितालकी बहिनी ताराले ँएक हातले पैसा, एक हातमा मेरो दाजु’ हुनुपर्छ भन्दा अपहरणकारीले उक्त प्रस्तावलाई स्वीकार गरेका थिए । उनीहरू पैसा लिएर काठमाडौं आएपछि अपहरणकारीले शंखमूलमा बोलाएका थिए।

पीडित परिवार पैसा लिएर शंखमूल पुग्दा अपहरणकारीले पुनः कलंकी बोलाएका थिए। प्रहरीको टोलीसहित कलंकी पुगेका पीडित परिवारलाई अपहरणकारीले भेट्न अस्वीकार गरी शनिबार मात्रै उक्त रकम लिने बताएका थिए। शनिबार भने तीनपटकको प्रयासपछि उनीहरू पक्राउ परेका थिए।

एनेकपा (माओवादी) का कार्यकर्ताले कैलालीको इलाका प्रहरी कार्यालय लमहीका प्रहरी हवल्दार रामबहादुर रोकाय र उग्रतारा गण टीकापुरमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक दीपेन्द्र पाण्डेलाई शनिबार दिउँसो अपहरण गरी बेपत्ता बनाएकोमा पाण्डेलाई बेलुका छाडेका छन्।  डयुटीमा रहेका सप्रनानि पाण्डेलाई हतियारसहित आएका माओवादी लडाकूले अपहरण गरेर लगेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको थियो। एक साताअघि माओवादी जनमुक्ति सेनाका ब्रिगेड कमान्डर युगान्त मैनाली भनिने दीपेन्द्रबहादुर शाहीलाई रक्सीले मातिएको अवस्थामा प्रहरीले पक्राउ गरेपछि माओवादीले आफना शिविरवरिपरि हिँड्ने प्रहरीलाई अपहरण गर्ने योजना बनाएका थिए। माओवादीको उक्त योजना थाहा पाएपछि प्रहरीले आफना मातहतका कर्मचारीलाई एक्लै नहिँड्न र्सकुलर जारी गरेको थियो। माओवादी जनमुक्ति सेना पाँचौं डिभिजनका सहकमान्डर अविनाशले प्रहरी अपहरण गर्ने योजना नरहेको भन्दै वक्तव्य जारी गरेको भोलिपल्टै कैलालीबाट सशस्त्र प्रहरी अपहरणमा परेका छन्। यसैबीच प्रहरीले जनाएअनुसार व्यापक खोजतलास गरेपछि  अपहरणमा परेका सशस्त्र प्रहरी नायब निरीक्षक दीपेन्द्र पाण्डेलाई वाईसीएलका कार्यकर्ताले शनिबार साँझ करिब ७ बजे अपहरणमुक्त गरेका हुन्। वाईसीएलका कार्यकर्ताले इन्सेकको रोहबरमा उनलाई इलाका प्रहरी कार्यालय लम्कीमा बुझाएका छन्।

तीन दलले र्सवसाधारण जनतालाई विश्वासघात र बेमाइनी गरे

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा उग्रवामपन्थी चिन्तनमा आधारित र्सवसत्तावाद या प्रजातन्त्रको आवरणमा नयाँ अधिनायकवाद आउने सम्भावना रहेको बताउनुभएको छ। नेपालगन्जमा शनिबार आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले तीन ठूला दलहरू एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकको समस्याप्रति जिम्मेवार बोध गर्नुका साटो सत्ताको फोहोरी खेलमा लागेकाले उक्त सम्भावना रहेको बताउनुभयो।

दलहरूले संविधानसभा भंग गरेर राष्ट्रपति शासन लागू गर्ने एक थरी र अर्कोतिर संविधानसभाको म्याद बढाउने षड्यन्त्र र दुष्साहस गरिरहेकाले त्यो दुवै नेपाली जनतालाई मान्य नहुने थापाले दोहोर्याउनुभयो। उहाँले भन्नुभयो- ँराष्ट्रपति शासन या संविधानसभाको म्याद बढाउने कार्य असंवैधानिक हो। त्यसले गर्दा २०६७ साल जेठ १४ भित्र संविधान बनाउनुको विकल्प छैन।’ निर्धारित समयमै संविधान लेखिएन भने त्यसपछि हुने रिक्तताले देशमा गृहयुद्ध या राष्ट्र विखण्डन हुन सक्ने उहाँले औंल्याउनुभयो। संविधानलेखनका लागि दबाब दिन राप्रपा नेपालले माघ १० देखि १४ गतेसम्म पहिलो चरणमा राजधानी केन्द्रि्रत दबाबमूलक आन्दोलन गर्ने उहाँले खुलासा गर्नुभयो।

माओवादीको गणराज्य घोषणाले जातीय र साम्प्रदायिक द्वन्द्व चर्काउने उहाँको टिप्पणी थियो। ँपार्टीच्छे यस्तो गणराज्य घोषणा गरियो भने मुलुकको अवस्था के होला-’ -थापाले प्रश्न गर्नुभयो।
पूर्वगृहमन्त्रीसमेत रहेका थापाले शान्तिप्रक्रिया धरापमा परेको, तोकिएको समयमा संविधान बन्ने सम्भावना क्षीण हुदै गएको, राष्ट्रियता संकटमा पर्दै गएको, लोकतन्त्रमा प्रश्नचिन्ह लागेको आरोप लगाउँदै तीन दलले र्सवसाधारण जनतालाई विश्वासघात र बेमाइनी गरेको बताउनुभयो।

राप्रपा नेपालका कोषाध्यक्ष तथा पूर्वमन्त्री राजीव पराजुलीले ६ महिनाभित्र मुलुक दुइ धारमा जाने र एक धारको नेतृत्व माओवादीले र अर्को धारको नेतृत्व राप्रपा नेपालले गर्ने दाबी गर्नुभयो। सुदूरपश्चिममा रहेका थापा भारतको बाटो हुँदै नेपालगन्ज आउनुभएको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक