माओवादीले शान्ति सम्झौता विपरीतका क्रियाकलाप गरिरहेकाले त्यस सम्बन्धमा अनमिनलगायत अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ । माओवादीले कैलाली घटना सिंहदरबार घेराउ बन्दलगायतका क्रियाकलपा गरेर शान्ति सम्झौता उल्लंघन गरेको मन्त्रीपरिषदको ठहर छ । बैठकले छानविन आयोगको प्रतिवेदनपछिमात्र कैलाली घटनाका पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले गोपालमणि गौतमको अध्यक्षतमा १३ सदस्यीय भूमिसुधार आयोग गठन गर्ने निर्णय गरेको छ । बैठकले पूर्वराजा ज्ञानेन्द्रलाई करको दायारामा ल्याउने यसअघिको निर्णय कार्यान्वयन...
गर्ने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा मृत्यु भएका र घाइते भएकाहरुलाई क्षतिपूर्ति दिन दुई करोड बजेट निकासा गर्ने दलितसँग विवाह गर्नेलाई पुरस्कृत गर्न छुट्याइएको बजेट निकासा गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ। त्यस्तै बैठकले बुटवल धागो कारखानाका कर्मचारीलाई अनिवार्य अवकास दिनका लागि कारखानालाई अर्थमन्त्रालयमार्फ ऋण उपलब्ध गराउने निर्णय गरेको छ।
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक

0 comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक