20091220

आमहड्तालको पहिलो दिन ठाउँठाउँमा झडप, डीएसपी दिलिप चौधरी, सभासद यशोदा सुवेदीसहित केही प्रहरी र प्रदर्शनकारी गम्भीर घाइते


माओवादीको तीन दिने आमहड्तालको पहिलो दिन ठाउँठाउँमा झडप भएको छ । माओवादी कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै देशका विभिन्न स्थामा सवारीमाथि तोडफोड गरेका छन् भने केही जलाइदिएका छन्। काठमाडौंको बानेश्वरमा माओवादी कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी नायव उपरीक्षक दिलिप चौधरी सभासद यशोदा सुवेदीसहित केही प्रहरी र प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। घाइते डीएसपी चौधरीको अवस्था चिन्ताजनक छ । नयाँ बानेश्वरमा करिब तीन घण्टा झडप भएको थियो। झडपमा घाइते भएका डीएसपी दीलिप चौधरीको अवस्था चिन्ताजनक छ। नयाँ बानेश्वरमा झडपका क्रममा लडेपछि प्रदर्शनकारीहरुले घेरेर उनलाई कुटपिट गरेका थिए।


चौधरी कै कमान्डमा रहेको प्रहरीले दोस्रो चरणको आन्दोलनका क्रममा....



सिंहदरबार घेराउ गर्ने क्रममा हनुमानथान नजिक प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै माओवादी पत्रिका जनदिशाले उनको नाम पनि ‘जनताको निगरानीमा’ भनी छापेको थियो। कोपेनहेगनबाट स्वदेश फर्कनुभएका प्रधानमन्त्री माधवकुमार नेपालको सवारीका लागि बाटो खुलाउने क्रममा माओवादी कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। तर, प्रधानमन्त्री नेपालले बाटो परिवर्तन गरी एयरपोर्टबाट गौशला, कालोपुल हुँदै बालुवाटार पुग्नुभएको छ। प्रहरीले बाटो खुलाउनका लागि अश्रु ग्याँस प्रहार गरेपछि दुवै पक्षबीच झडप भएको छ। यसैगरी एक दर्जन प्रहरी घाइते भएको बताइएको छ।
माओवादी कार्यकर्ताले शहीद गंगालाल हृदय केन्द्रको गाडीमाथि गौशालामा आक्रमण गरी तोडफोड गरेका छन् । केन्द्रको १० जना स्टाफ सवार बा.१.झ ५१६८ नम्बरको गाडी माथि माओवादीले जथाभावी ढुङ्गा हानेका थिए ।
बन्दको अवज्ञा गरेको भन्दै माओवादी बिद्यार्थीहरुले आइतवार राजबिराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको क्याम्पस चिफको कार्यकक्षमा आगजनी गरेका छन् ।


माओवादीले प्रतिशोध साँध्दै सांघातिक आक्रमण गर्दा नेपाल प्रहरीका डिएसपी दीलिप चौधरी गम्भीर घाइते

आइतबार नयाँ वानेश्वरमा भएको झडपमा माओवादी कार्यकर्ताले टाउकोमा ढुंगा तथा फलामको रड प्रहार गर्दा उनको अवस्था चिन्ताजनक बनेको छ। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख चौधरी माओवादी निगरानीको सूचिमा थिए।
डीएसपी दीलिप चौधरी गम्भीर घाइते चौधरीको टाउकोमा चोट लागेपछि बेहोस भएका थिए। उनलाई उपचारका लागि तीनकुनेको कान्तिपुर अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनको होस खुल्न नसकेपछि थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज लगियो। प्रहरी अस्पतालमा होस खुले पनि थप उपचार असम्भव भएपछि डीएसपी चौधरीलाई बाँसबारीस्थित न्युरो अस्पताल लगिएको थियो। अस्पतालले डीएसपी चौधरीको शल्यक्रिया सफल भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ। घाइते चौधरीलाई उपप्रधानमन्त्री विजयकुमार गच्छदार र गृहमन्त्री भीम रावलले भेटी स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्। प्रधानमन्त्री माधवकुमार नेपाल पनि उनलाई भेट्न जाँदैछन्। नयाँ बानेश्वरको घटनामा १९ जना प्रहरी र ४० जना प्रदर्शनकारी घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार झडपका क्रममा मोटरसाइकलमा अल्झिएर लडेका चौधरीलाई माओवादी कार्यकर्ताले ढुंगा तथा फलामको रड प्रहार गर्न थालेका थिए।

माओवादीको आधिकारिक न्युजसाइट कृष्णसेनअनलाइनले २७ कार्तिकमा 'दमनकारी डीएसपीहरु दीलिप चौधरी र भोजराज ओझा जनताको निगरानीमा' शीर्षक दिएर चौधरी माओवादी निगरानीमा रहेको घोषणा गरेको थियो।

दोस्रो चरणको आन्दोलनका क्रममा भएको सिंहदरबार घेराउ कार्यक्रममा अनामनगर, हनुमानथानमा खटिएका चौधरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै माओवादीले उनलाई 'जनताको निगरानीमा' रहेको सार्वजनिक घोषणा गरेको थियो। त्यतिबेला हनुमानथानमा भएको झडपमा माओवादी सभासद अमिक शेरचन लगायतका प्रदर्शनकारी घाइते भएका थिए।

नयाँ बानेश्वरस्थित ट्रलिबस कार्यालयअगाडि भएको झडपमा करिब ४० जना घाइते भएका छन्।

यस्तो छ माओवादीको आधिकारिक न्युजसाइट कृष्णसेन अनलाइनले २७ कार्तिकको डेटलाइनमा लेखेको खबर :

"दमनकारी डीएसपीहरु दिलीप चौधरी र भोजराज ओझा जनताको नगरानीमा
काठमाडौं, २७ कात्तिक । शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने दुई जना डिएसपीहरु दिलीप चौधरी र डीएसपी भोजराज ओझा जनताको निगरानीमा परेका छन् । शाही शासनकालमा जनताहरुको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने प्रहरीकै शैलीमा हिजो बिहीबारको प्रदर्शनमा दमन गर्न आदेश दिने प्रहरी डिएसपीहरु दक्षिण गेटमा खटेका दिलीप चौधरी र सडक विभाग क्षेत्रमा खटेका भोजराज ओझालाई जनताले निगरानमा राखेका हुन् । कठपुतली सरकारको आडमा कलाकार र निहत्था जनतालाई गोली र अश्रु ग्यास हान्ने ति दुई प्रहरी डिएसपीले जनतामाथि अश्लिल गाली गर्दै दमन गरेका थिए ।
को हुन् दिलीप चौधरी ?
उपप्रधानमन्त्री विजय गच्छेदारकै जिल्लाका डीएसपी चौधरी गच्छेदारकै सिफारिसमा २०४९ सालमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए । जनयुद्धकालमा ओखलढुङ्गामा रहँदा उनले माओवादीको आरोपमा सर्वसाधारण जनतामाथि दमन गरेका थिए ।

गच्छेदारको सिफारिसमै वीरगन्जमा रहेर अकुत सम्पत्ति कमाउन सफल डीएसपी चौधरी जनआन्दोलनका बेला चाकरी गरी विदेश पुगेका थिए । उनी महानगरीय प्रहरी वृत्त बानेश्वरमा आउनुअघि जनकपुरमा कार्यरत थिए । भ्रष्ट प्रहरीका रूपमा चिनिएका चौधरीले प्रहरीको मुद्दा फाँटबाट राजेन्द्र अधिकारीमार्फत जनताबाट पैसा असुल्ने काम गर्दै आएका छन् ।

यसका साथै उनले बालुवाको अवैध कारोबारमा योगेन्द्र खरेलमार्फत पैसा कमाउँदै आएको समेत स्रोतले बतायो । आन्दोलनकारीमाथि दमन नगर्न त्यस क्षेत्रको नेतृत्व गरिरहनुभएका माओवादी नेता कृष्णबहादुर महराले प्रहरी अधिकृतहरूलाई आग्रह गरिरहँदा नेता महराको आग्रहका बाबजुद डीएसपी चौधरीले आन्दोलनकारीमाथि लाठी बर्साउन आदेश दिएका थिए ।"

आमहड्ताल फिर्ता लिन एकीकृत माओवादीलाई  आग्रह

राष्ट्रिय मानव अधिकार आयोग र नेपालस्थित राष्ट्रसंघीय मानव अधिकार उच्चायोग (ओएचसिएचआर) ले आमहड्तालले सर्वसाधारणको जनजीवन कष्टकर हुँदै गएको उल्लेख गर्दै तत्काल फिर्ता लिन आग्रह गरेको छ।

आयोगले संवादबाट सहमतिमा पुग्न सबै दलहरूलाई आह्वान समेत गरेको छ। 'यथाशीघ्र आमहड्ताल फिर्ता लिन एकीकृत माओवादीलाई आयोग आग्रह गर्छ' आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ। आयोगले शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र संयम अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ। ओएचसिएचआरले विशेषगरी काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। कोपनहेगन सम्मेलनबाट फर्किएका प्रधानमन्त्री माधवकुमार नेपाल आइतबार दिउँसो त्रिभुवन विमानस्थलबाट निवास जाने क्रममा प्रहरीले बाटो खुला बनाउने क्रममा नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रदर्शनकारीले डिएसपी दिलीप चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो। 'प्रहरीलाई सार्वजनिक राजमार्ग खुलाउने अधिकार भएको र प्रदर्शनकारीलाई शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार रहेको म बुझ्छु' कार्यालयद्वारा जारी विज्ञप्तिमा त्यसका प्रमुख रिचर्ड बेनेटले भनेका छन्, 'त्यसक्रममा उत्तेजनात्मक व्यवहार प्रदर्शन नगर्न र वार्ताबाट तनाव न्यूनीकरण गर्न म आग्रह गर्छु।'


अनेरास्ववियूले आक्रमणको कडा प्रतिकार गर्ने

  घाइतेलाई  सेनाको हेलिकोप्टरमार्फत् काठमाडौ लगियो

विजय नेपाल पोखरा, ५ पुस
पृथ्वीनारायण क्याम्पस छात्राबासमा शनिबार राति एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र वाईसीएलको एक समूहले आफ्नो संगठनका विद्यार्थीहरुलाई मरणासन्न हुने कुटपिट गरेको भन्दै त्यसको बिरोधमा अनेरास्ववियूले कडा प्रतिकारमा उत्रिने चेतावनी दिएको छ। चेतावनीस्वरुप अनेरास्ववियूले भनेको छ्, “खुकुरीको बदला खुकुरी र रगतको बदला रगत लिनेछौं।”
क्याम्पसको पुरुष छात्राबासमा बसिरहेका बेला शनिबार राति करिब १० बजेतिर ५०/६० जनाको संख्यामा अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसका अध्यक्ष गोविन्द केसीको नेतृत्वमा आएको टोलीले आफ्नो संगठनका विद्यार्थीहरुलाई साँघातिक आक्रमण गरेको अनेरास्ववियूले आरोप लगाएको छ।
उनीहरुको आक्रमणबाट अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका उपाध्यक्ष रोकाया नरेश, स्वविय सदस्य मनिष हमाल र प्राविधिक जिल्ला कमिटी सदस्य चन्द्र बुढा घाइते छन्। गम्भीर घाइतेमध्ये नरेश र मनिषको थप उपचारका लागि आइतबार दिउँसो सेनाको हेलिकोप्टरमार्फत् काठमाडौ लगिएको छ।
उनीहरुको काठमाडौको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भैरहेको छ। घाइतेमध्ये नरेशको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने नरेशको दुबै खुट्टा र बायाँ हात भाँच्चिनुको साथै टाउकोमा गम्भीर चोट छ। आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियूले घटनाको कडाप्रतिकार गर्ने चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा बोल्नु हुँदै अनेरास्ववियूका केन्द्रीय सदस्य दीलिप न्यौपानेले नियोजितरुपमा भएको आक्रमणको कडा निन्दा गर्दै खुकुरीको बदला खुकुरी र रगतको बदला रगत दिने बताउनुभयो।
सो क्रममा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य शिवजी गुरुङले अखिल क्रान्तिकारीसँग अब वार्ता, सहमति र सहकार्यको कुनै अर्थ नभएकोले प्रतिकारको विकल्प नभएको बताउनुभयो।
केहीदिन पश्चिमाञ्चल इञ्जिनियरीङ अध्ययन संस्थान लामाचौरमा दुई विद्यार्थी संगठनबीच भएको झडपको विषयलाई राजनीतिक रंग दिएर पृथ्वीनारायण क्याम्पसमा अखिल क्रान्तिकारीले सो घटना घटनाएको अनेरास्वयिूको दाबी छ।
यता, अखिल क्रान्तिकारीले आफ्नो तर्फ ३ जना विद्यार्थी घाइते भएको दाबी गरेको छ। अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसका अध्यक्ष गोविन्द केसीले आफूहरुले आक्रमण गरेको स्वीकार्दै अखिलले आफूमाथि आक्रमण गर्ने योजना बनाएको हुँदा आफू पनि तयार भएको प्रतिक्रिया दिनुभयो। उहाँले आफूहरुमाथि कोही आक्रमण गर्न आउँछ भने चूप लागेर नबस्ने बताउनुभयो।
गत बिहीबार इञ्जिनियरीङ अध्ययन संस्थानमा दुई विद्यार्थी संगठनबीच झडप हुँदा नेरास्ववियू प्रारम्भिक कमिटी अध्यक्ष लेखनाथ बराल घाइते भएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक