20091219

माओवादीले अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौता विपरीत गणराज्य घोषणा गरेकोमा भारतको चिन्ता र असन्तुष्टि


भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालमा एकीकृत नेकपा -माओवादी) ले अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौताविपरीत गणराज्य घोषणा गरेकोमा चिन्ता र असन्तुष्टि प्रकट गर्नुभएको छ।
प्रधानमन्त्री माधवकुमार नेपालस“ग शुक्रबार यहा“ भएको आधा घण्टा लामो भेटमा भारतीय प्रधानमन्त्री सिंहले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा चासो राख्नुभएको थियो। स्रोतका अनुसार सिंहले भारत नेपालको शान्ति प्रक्रिया यथाशीघ्र निष्कर्षा पुगोस् र नेपालमा स्थायी शान्ति कायम होस् भन्ने पक्षमा रहेको जानकारी...
गराउनुभएको थियो। पार्टर्ीीशेषले गणराज्य घोषणा गर्दा नेपालको संविधानसभा ओझेलमा पर्ने र शान्ति प्रक्रिया निष्कर्षउन्मुख हुन नसक्ने उहा“को भनाइ थियो। प्रधानमन्त्री सिंहले नेपालको समस्यालाई आफूले गहिरो गरी बुझेको बताउ“दै भारत सरकार नेपाललाई आवश्यक सहयोग गर्न सधै“ तयार रहेको आश्वस्त गराउनुभएको थियो। ँसंविधान निर्माण र शान्ति बहालीलाई प्रमुख प्राथमिकतामा राख्नुहोस्’ -सिंहको सल्लाह थियो।

प्रधानमन्त्री सिंहले नेपालजस्तो योग्य व्यक्ति प्रधानमन्त्रीको रूपमा पाउ“दा भारतलाई खुसी लागेको उल्लेख गर्दै कुनै समस्या परेमा टेलिफोनबाटै पनि आफूलाई जानकारी गराउन उहा“ले आग्रह गर्नुभएको थियो।

भेटमा प्रधानमन्त्री नेपालले माओवादीलाई लोकतन्त्रप्रति प्रतिबद्ध गराउन अन्तर्राष्ट्रिय दबाब आवश्यक भएको भन्दै नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई सहयोग पुर्याएकोमा प्रधानमन्त्री सिंहलाई धन्यवाद दिनुभएको थियो।

प्रधानमन्त्री नेपालले माओवादीलाई ँवार्ताबाट सबै समस्याको समाधान गरौं र संविधान निर्माणलाई अगाडि बढाऔं’ भनेर आग्रह गरे पनि माओवादीहरूले कुरा एकातिर काम अर्कातिर गर्ने गरेको जानकारी गराउनुभएको थियो।

प्रधानमन्त्री नेपालले सम्मेलनकै साइडलाइनमा चीनका प्रधानमन्त्री वेन जियाबाओस“ग कुरा हु“दा वेनले चीन प्रधानमन्त्री नेपाललाई स्वागत गर्न प्रतीक्षामा रहेको जानकारी गराउनुभएको थियो।
यसै गरी जापानका प्रधानमन्त्री युकियो हातोयामाले प्रधानमन्त्री नेपाललाई लुम्बिनीमा अन्तर्रर्ााट्रय बौद्ध सम्मेलन गर्न र एउटा बुद्धमर्ूर्ति स्थापित गर्न इच्छुक रहेको जानकारी गराउ“दै त्यसका लागि वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो।

प्रधानमन्त्री नेपालले अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको थियो। विदेशमन्त्री क्लिन्टनले समय मिल्नासाथ नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको जानकारी गराउनुभएको थियो।

प्रधानमन्त्री नेपाल र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच पनि सम्मेलनका क्रममा अनौपचारिक कुराकानी भएको थियो। राष्ट्रपति ओबामाले ँतपाईंले उपहार दिनुभएको खुकुरी मिसप्लेस भयो’ भनेपछि प्रधानमन्त्री नेपालले ँम अर्को पठाइदिउ“ला नि ¦’ भनी ठट्टा गर्नुभएको थियो।

यसै गरी प्रधानमन्त्री नेपालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन आइपुगेका अन्य देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूस“ग पनि भेटघाट गरिरहनुभएको छ। ती भेटघाटमा विदेशी सरकार तथा राष्ट्रप्रमुखहरूले नेपालको शान्ति प्रक्रिया चा“डै निष्कर्षा पुगोस् भन्ने चाहना व्यक्त गरेको प्रधानमन्त्री नेपालले जानकारी दिनुभयो।

ँविश्व समुदायले नेपालमा निर्धारित समयमै संविधान बनोस् र नेपाल स्थायित्वको बाटोमा अगाडि बढोस् भन्ने चाहना व्यक्त गरे’ -प्रधानमन्त्री नेपालले शुक्रबार पत्रकारहरूस“ग भन्नुभयो।

प्रधानमन्त्री नेपालले ब्राजिल, बंगलादेश, बोलिभियालगायतका राष्ट्रप्रमुख, सरकारप्रमुख र मन्त्रीहरूस“ग छलफल गर्नुभएको थियो। प्रधानमन्त्री नेपाल शुक्रबार डेनमार्कका लागि नेपाली राजदूत विजयलाल कर्ण्र्ाा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो र युरोपियन युनियन, रूसलगायतका नेपाली राजदूतहरूलाई बोलाई नेपाल भ्रमण वर्ष२०११ लगायत विभिन्न विषयमा छलफल गर्नुभएको थियो।-पुष्करलाल श्रेष्ठ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक