' दिल्ली सम्झौता–२' मार्फत माओवादीहरूलाई काँधमा हालेर नेपाल भित्र्याउने र देशको कन्तबिजोग गराउने गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ भन्ने माधवकुमार नेपालको निर्मम ठट्टा सुनेर कांग्रेसीहरू नै पेट मिचिमिचि हाँस्न थालेका छन्।
नेपाली कांग्रेसका सर्वोच्च कमान्डर तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नोबेल पुरस्कारका लागि सिफारिस गरेर प्रधानमन्त्री माधवकुमार नेपालले तीनवटा फाइदा लिनुभयो। कोइरालालाई प्रशन्न तुल्याउने, राजनीतिप्रति ज्यादै निराश भएका जनतालाई प्रहसनको मज्जा दिने र नेपाल सरकारले गर्ने 'महत्वपूर्ण निर्णय' यस्तो पनि हुन्छ भनेर उदाहरण प्रस्तुत गर्ने उद्देश्यले सरकारले यस्तो ठट्टा गरेको हुनसक्छ। कुनैबेला सप्रिएको बरपीपल जस्तो देखिने नेपाली कांग्रेस आज दोबाटोमा भीख माग्न बसेको दरिद्रजस्तो घीनलाग्दो र टिठलाग्दो बनेको छ। पार्टीका कार्यकर्ताहरू कार्यक्रमविहीन, लक्ष्यविहीन, अवहेलित र भर्खर जागिर खोसिएका कर्मचारीझैं देखिन्छन्। केही टाठाबाठा र सुविधाभोगीबाहेक सबैको अवस्था उस्तै.....
उस्तै छ। २०४७ देखि २०६० सालसम्म केही नेता र तिनका प्रियजनले करोडौं रुपैयाँ कमाए। राजनीति, प्रहरी, प्रशासनदेखि कूटनीतिसम्म उनीहरूको हुकुम चल्थ्यो। नेपाल विद्यार्थी संघ र तरुण दलका ठिटाठिटीहरु 'पुराना मण्डलेभन्दा हजारगुणा मण्डले भएको' पत्रपत्रिकाले लेखे। 'कहिले सासूको पालो, कहिले बुहारीको' भनेझैं नेविसंघ र अनेरास्ववियुका ठाउँमा वाईसीएल उपस्थित भयो। कोइराला परिवार र खास गरेर 'गिरिजाबाबु' जस्तो 'परिपक्व', 'बुद्धिमान' र 'दूरदर्शी' नेताका कारण आज नेपाली कांग्रेसले च्याङ–काइसेकको क्वामिनताङ पार्टीको नियति भोगिरहेको छ। बितेका बीस वर्षमा बीसवटा सरकार देखिसकेका नेपाली जनताले गिरिजाप्रसाद कोइरालाको उदारता, विवेक, क्षमता, सहनशीलता, धैर्य, चातुर्य एवं इमानदारी देखिसकेका छन्।
गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई कोइरालाले देखाउनु भएको 'सम्मानपूर्ण व्यवहार' देखिसकेका छन्। कालापानी, नागरिकता, लाउडा, धमिजा महाकाली र टनकपुरजस्ता प्रश्नमा गिरिजाप्रसादको इमानदारी तथा राष्ट्रवाद टड्कारो देखिएको छ। लाखौं कार्यकर्ताको घोडा चढेर सिंहदरबारसम्म पुग्ने कोइरालाले कालान्तरमा धृतराष्ट्रले झैं सन्तानमोह देखाएको दृश्य पनि जनताले देखेका छन्।' दिल्ली सम्झौता–२' मार्फत माओवादीहरूलाई काँधमा हालेर नेपाल भित्र्याउने र देशको कन्तबिजोग गराउने गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ भन्ने माधवकुमार नेपालको निर्मम ठट्टा सुनेर कांग्रेसीहरू नै पेट मिचिमिचि हाँस्न थालेका छन्।
कोइरालाले किन नोबेल पुरस्कार नपाउने? उहाँमा के कमी छ? यस्ता धेरै प्रश्न उठ्छन्। कोइरालामा लेन्डुपदोर्जे र मिरजाफरको मात्र होइन, क्विजलिङको चरित्र पनि छ। बीपीपुत्र प्रकाश कोइराला साक्षी हुनुहुन्छ, गिरिजाप्रसाद कुनैबेला क्रान्तिबाट हार खाएर दलविहीन पञ्चायत व्यवस्थामा प्रवेश गर्न तयार हुनुभएको थियो। पद पाइन्छ भने सिद्धान्तलाई उहाँ गौण मान्नुहुन्छ। नैतिकतालाई उहाँ महत्व दिनुहुन्न। आफ्ना नेता दाजु र राजनीतिक गुरु बीपीको बाटो परित्याग गरेर पदका लागि उहाँ माओवादीको गणतन्त्रमा प्रवेश गर्नुभयो। भित्री लुगा नलगाएका गाउँले अवोध बालिकाले जामा उचालेर मुख छोपेझैं आफ्नो इज्जत बचाउन गिरिजाबाबुले सबै कुरा प्रदर्शन गर्नुभयो। भारतीय गुप्तचर संस्थाको निर्देशनमा आफूले युरेनियम ओसारेको र हवाई अपहरण गरेर भारु तीस लाख लुटेको वीरगाथा सुनाउने गिरिजाबाबुले 'प्रजातन्त्र' र 'लोकतन्त्र' ल्याएर हजारौं भिखारीलाई 'करोडपति' नै बनाइदिनुभयो। उहाँको व्यक्तिगत जीवनका बारेमा महाभारत नै लेख्न सकिने सामग्री छन्। सिंगापुरका ली क्वान यु, भारतका गुलजारीलाल नन्दा, पाकिस्तानका मोहमद अली जिन्ना, मलेसियाका महाथिर मोहम्मद, श्रीलंकाका रिचर्ड जयवर्द्धने अथवा दक्षिण अफ्रिकाका डेसमन्ड टुटुजस्ता नेताहरू गिरिजाबाबुका सामुन्ने सायद 'बामपुड्के' नै ठहरिन्छन्। नारायणहिटी हत्याकाण्ड उहाँको प्रधानमन्त्रीत्वकालमा भयो भने 'गणतन्त्र' घोषणा गर्ने काम पनि उहाँकै कार्यकालमा भयो। गिरिजाबाबुले धेरै कुरा सिध्याउनुभयो, तर एउटा पनि भरपर्दो पद्धति र व्यक्तित्व उठाउनसक्नु भएन। जताततै आगो सल्काउने, बिगार्ने, भत्काउने र राष्ट्राध्यक्ष बन्ने रहरमा यमराजहरूसँग पनि सम्झौता गर्ने कोइरालाजस्ता व्यक्तिले नोबेल पुरस्कार नपाएर कसले पाउँछ?
कोइरालाका प्रियजन, कार्यकर्ता, नातागोता र कोइरालालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने मन्त्रीगणहरूले काठमाडौंबाट स्टकहोमसम्म पैदलयात्रा गरेर भए पनि नेपालका 'महान् नेता' लाई नोबेल पुरस्कार दिलाउन प्रयत्न गरे हुन्छ। हेनरी किसिञ्जरदेखि बेन्जामिन डिजरेलीसम्म, बीपीदेखि नेहरूसम्म, सिसेरोदेखि मेकियाभेलीसम्म, एरिस्टोटलदेखि चार्ल्स द गालसम्म, गान्धीदेखि मण्डेलासम्म सबैका गुण गिरिजाबाबुका सामुन्ने फिक्का लाग्छन्। त्यसैले त कांग्रेसीहरूले उहाँलाई देउता मान्छ्न। नोबेल शान्ति पुृरस्कारद्वारा विभूपिषत ड्याग हेमरसोल्ड, किमदाय जुङ, उड्रो विल्सन, लेक वालेसा, कोफी अन्नानदेखि मिखायल गोर्वाचोभसम्मका दर्जनौं नेता र दार्शनिकको पंक्तिमा गिरिजाबाबुको नाम कहिले आउला? सबै त्यही दिनको प्रतीक्षामा छन्।
Save Nepal: Appeal to all Nationalist Nepalese
The appeal is to all Nationalists Nepalese regardless of political ideology, ethnicity or other affiliations. If you love Nepal then you must do your part to save Nepal. Any political institutions or events need to be evaluated in terms of two parameters – nationalism and democracy. Our support or opposition must hinge on it. We may even have partial common agenda with others as per the same criteria. In that context, we must unite and confront Maoists aggression today against the very foundation of our nation and the norms of the peaceful democracy. If you cannot stand up now then hold your peace and be ready to face the consequences of the communist dictatorship. The present government is too weak and leaderless to take the responsibility and act accordingly. Maoists have stated and acted repeatedly that they are against democracy and peace, and for imposing their dictatorship by intimidation and terror. Their daily actions are self-evident, needs no elaboration. They have even stooped low in inviting unprecedented ethnic strife. The leaderless present government is paralyzed with fear. It cannot even speak against Maoists aggressions, let alone take appropriate actions. The nation is going through such a stress, yet these leaders are for personal aggrandizements. There is not much time left for writing a well thought out constitution. The game plan of extreme left is to put polity in duress that the resulting constitution is a compromise to communist dictatorship. Let us remember the interim parliament where un-elected Maoists were included as members. It is the direct aggression against the very principle of democracy. And yet other political parties were forced to acquiesce. Thus it is imperative that nationalists should unite and come with a strong political program. If the aggression of the political extreme left is not responded, then that will be the reality. The political center and right are too weak and fragmented to put forth any coherent program. It is up to nationalists to publicly state the correct direction for the nation. We must highlight the Common Nationalist Agenda: 1. Peaceful democratic political process. 2. Multiparty parliamentary democracy. 3. Inadmissibility of the politics of violence and intimidation. 4. Recognition of our heritage, roots and values as an integral part of our nationhood. 5. Unacceptability of any political compromise leading to national disintegration. 6. The recognition of ‘Human rights’ to be an integral part of the polity. 7. Recognition of Nepal as a multi-cultural and multi-lingual nation. 8. It is the prerogative of the sovereign people of Nepal to decide on the salient characteristics of the nation, especially on Hindu Rastra and Constitutional monarchy. In this context we must insist upon peaceful public deliberations and referendums. 9. Hindu Rastra is not about theocracy, but the acknowledgment of our heritage, roots and values. Hinduism is not a religion but a collection of many Dharmas including Buddha Dharma. Dharma is about seeking truth ‘Satya’ and spiritual practices ‘Yoga.’ Religions are about social control, a set of doctrines to believe and a set of behaviors to follow. Thus, the secularism is necessary to control religions but irrelevant to Dharma. We must recognize that a nation is not merely a bunch of people put together, but equal citizens with pride in shared values and history. 10. Constitutional Monarchy is not about feudalism or the divine right, but acknowledgment of the cultural and unifying role of the Crown. The crown is important for supporting weak democratic institution, consensus building, check against centrifugal forces and potential dictatorship of extreme left or right. 11. Recognition of 1990 Constitution as the only constitution written and ratified so far by people in peace. It is the republican constitution as the sovereignty is with the people. It also has ample provisions for amendments if needed. All the political parties, including Maoists, abided by and have participated in the elections under it. The members of parliament, who wrote, elected under and sworn to protect it, have moral responsibility not to transgress it. 12. Recognition that the ethnically based federal system will disintegrate our nation along ethnic lines. The empowerment of marginalized subgroups must be addressed through decentralization, education, employment opportunities, political participation, and the recognition of Nepal as a multi-cultural state. 13. The Nepal Army is the non-political professional army loyal to the nation-state. We must keep our Nepal Army non-political and in the service of the people of Nepal. 14. The economic system must cater to responsible economic growth, better environment for investments and job creation; and be conscious to the environmental and social issues. The economic progress must be defined by both creation of and equity in wealth. It must also have the components of poverty alleviation and bringing in marginalized groups within. 15. We must oppose the irresponsible economic policies and expenditures towards cheap popularity, which will only lead to high inflation and economic chaos. 16. The unconstitutional parallel pseudo-government bodies must be opposed. 17. And last but not least, recognizing that corruption in general and political corruption in particular is the primary reason for the failure of democracy, we must oppose it vehemently. |
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक